कोेरोना महामरी : शक्तीसाली चिनले आफ्नै विमानमा सहयोगको समाग्री पठायो! धन्यवाद छ चिन!

काठमाडौं । नेपालमा नयाँ एकजना कोरोनाका संक्रमित फेला परेपछि चीनले फेरि पनि सहयोगी भाव देखाएको छ । कोरोना भाइरसको सम्भावित जोखिमसँग जुध्न तयार रहेको नेपाललाई दिइने सहयोग सामाग्रीसहित चिनियाँ विमान नेपाल आउँने भएको छ । विश्वव्यापी महामारी बनिसकेको कोरोना भाइरस (कोभिड(१९) को संक्रमण नियन्त्रण गर्न चीन सरकारले नेपाल सरकारलाई आवश्यक स्वास्थ्य सामग्री सहयोग गर्ने जानकारी पहिले नै दिएको थियो ।त्यही स्वास्थ्य सामाग्रीसहित चिनियाँ विमान नेपाल आउन लागेको हो । चीनको ग्वान्जाउबाट सहायता सामग्री बोकेको विमान काठमाडौं आउन लागेको हो । नेपाल सरकारले आफूसँग कोरोना भाइरसविरुद्ध पर्याप्त औषधि उपकरण नभएको जानकारी गराएपछि चीन सरकारले उक्त सामग्रीसहितको विमान काठमाडौं पठाउन लागेको हो ।

तयारी अवस्थामा रहन जंगी अड्डाको निर्देशन दिएको छ
कोभिड १९ को जोखिमलाई ध्यान दिई सैनिक हेडक्वार्टर जंगी अड्डाले लक डाउनसहितको जटिल अवस्थाको सामना गर्नेगरी पूर्वतयारी गर्न देशभरका आठवटै पृतनालाई निर्देशन दिएको छ।
 कोरोना भाइरसको संक्रमण देखिएका १ लाखभन्दा बढी मानिस उपचारपछि निको भएका छन्। अमेरिकाको जोन होप्किन्स विश्वविद्यालयले तयार पारेको सूचीमा नेपाली समयअनुसार मंगलबार बिहान ८ बजेको तथ्यांक हेर्दा १ लाख ९ सय ८५ मानिस उपचार पछि निको भएका हुन्।

कोरोना भाइरसको उद्गमस्थल मानिएको हुवेइमा मात्र ५९ हजार ८ सय ८२ जना उपचार पछि निको भएका हुन्। यसैगरी इरानमा ८ हजार ३ सय ७६ जना पनि उपचारपछि निको भएका छन्।इटलीमा ७ हजार ४ सय ३२ जनामा उपचार सफल भएको छ भने स्पेनका ३ हजार ३ सय ५५ जना उपचारपछि घर फर्किएका छन्। दक्षिण कोरियाका ३ हजार १ सय ६६ जना घर फर्किए भने फ्रान्सका २ हजार २ सय उपचारपछि घर फर्किएका छन्।कोरोना भाइरसको संक्रमणका कारण १६ हजार ५ सय ८ जनाको मृत्यु भएको छ भने संक्रमित हुनेको संख्या ३ लाख ७८ हजार ६ सय ७९ पुगेको छ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar