भारतले वनाएको वाँधका कारणले नेपालको तराइ क्षेत्र डुवानमा परेको एक हस्तक्षेप हो’ गृहमन्त्री रामवहादुर थापामगर ‘वादल’


काठमाडौं । माननिय गृहमन्त्री रामवहादुर थापामगर ‘वादल’ले भारतले बनाएको बाँधका कारण नेपालको तराई क्षेत्र डुबानमा परेको बताएका छन् । 
सोमबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था  तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री थापाले भारतले नेपाललाई असर पुग्नेगरी बाँध बनाउनु एक किसिमको हस्तक्षेप भएको बताए । 
उनले भने, ‘भारतले एकतर्फी रुपमा बाँध बनाएको छ । बाँध बनाएपछि त्यसको निकास पनि दिनुपर्छ, उनीहरुले आफ्नो हितमा रहेर बाँध बनाएका छन् ।’
माननिय गृहमन्त्री रामवहादुर थापामगर ‘वादल’ले सरकारले निरन्तर पहल गरेपनि समस्या समाधानमा सार्थकता नदेखिएको बताए । भारतीय प्रधानमन्त्री नेपाल आएका बेला कार्यदल बनाए पनि उनीहरूले त्यसको कार्यान्वयन नगरेको उनको भनाइ छ । 
उनले नेपालको डुबान रोक्न भारतले निकास दिन आवश्यक रहेको बताए । 
यस्तै माननिय गृहमन्त्री रामवहादुर थापामगर ‘वादल’ले बाढीपहिरो र डुबान रोक्नका लागि सरकारले उपयुक्त नीति योजना बनाउन आवश्यक रहेको बताए । 

विपत्तिबाट आत्मरक्षा गर्ने नागरिकको पनि पूर्णदायित्व भएकाले यसतर्फ जनचेतना जगाउन पनि आवश्यक भएको उनले बताए। पहाडमा बाढी पहिरोबाट क्षति हुनुको मुख्य कारण अव्यवस्थित बसोबास रहेको उनको भनाइ छ ।  जोखिमयुक्त स्थानमा एकीकृत बस्ती बसाउन आवश्यक रहेको मन्त्री थापाले बताए । 
उनले भने, ‘भूकम्प आउँछ त्यसलाई रोक्न सकिँदैन तर भूकम्पप्रतिरोधी घर बनाउनुपर्छ । सरकारले यस किसिमको नीति बनाउन आवश्यक छ । हाम्रो अज्ञानताका र कमजोरीका कारण पनि प्राकृतिक विपत्तिबाट क्षति हुने गरेको छ । बाढीमा बगेको दाउरा लिन जाँदा बगाउँछ भन्ने अज्ञानताको कारण पनि क्षति हुने गरेको छ ।’ 
माननिय गृहमन्त्री रामवहादुर थापामगर ‘वादल’ले प्रकृतिको नियमलाई रोक्न नसक्ने बताउँदै मानवीय कारणबाट उत्पन्न विपत्तिबाट क्षति पुग्ने बताए । 
यस्तै अवैज्ञानिक विकास नीतिका कारण पनि प्राकृतिक विपत्ति निम्त्याउने गरेको उनले बताए । मनसुन उच्च अवस्थामा पुग्ने भएकाले पहिरोको डर रहेको र कहाँ क्षति हुनसक्छ भन्ने बारेमा सरकारले अध्ययन गरिरहेको बताए ।  विपत व्यवस्थापनका लागि स्थानीय तहलाई स्रोत साधन सम्पन्न बनाउने माननिय गृहमन्त्री रामवहादुर थापामगर ‘वादल’को भनाइ छ । 
तपाइलेDigital currency exchangers

यो पनी पढौ:मगर अभियान आफ्नो गति र विधिमा चालू:नेपाल मगर संघ केन्द्रीय समिती एवम् अन्तर्राष्ट्रिय मगर महासंघ अध्यक्ष नविन रोका मगर
लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नक्सा जारी गर्न सरकारलाइ मैले निर्देशन दिएको हुँ,कोही महान राष्ट्रवादी होइन’ -प्रचण्ड’
थप कोरोना ७० जना,कुल संक्रमितको संख्या १६,७१९ जना पुग्यो, थप मृत्यु ३ जना, मृत्युको संख्या३८ जना पुग्यो
नेकपा वहस: अहिले पार्टीभित्र कुनै विचार सिद्धान्तको होइन,संगठनात्मक कार्यविभाजनको लडाइ हो’नेकपा सचिवालय सदस्य एवम् गृहमन्त्री ‘वादल’
तपाइ फेसबुक ,ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar