वलात्कार तथा हत्याका अपराधीलाइ कठघरमा ल्याउन कडा कदम चालिएको छ: गृहमन्त्री राम वहादुर थापा मगर(वादल)


काठमाडौँ — बझाङकी सम्झना कामीलगायतमाथि भएको बलात्कार तथा हत्याका आरोपितलाई कानुनको कठघरामा ल्याउन सरकारले कडा कदम चालेको माननिय गृहमन्त्री राम वहादुर थापा मगर(वादल)ले बताएका छन् ।

सम्झनाको असोज ७ गते बलात्कारपछि हत्या भएको थियो । हत्यामा संलग्न राजेन्द्र बोहोरालाई पक्राउ गरिएको मन्त्री थापाले बुधबार प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकलाई जानकारी दिए ।

‘बझाङको घटना होस् कि सिरहा तथा काठमाडौंको, दोषीहरूलाई कानुनको कठघरामा ल्याउन कडा कदम चालिएको छ,’ थापाले बैठकमा भने । बलात्कार र हत्याका घटना न्यूनीकरणका लागि राज्यले कानुन र नियम निर्माण गरे पनि प्रभावकारी हुन नसकेको थापाले बताए । ‘राज्यका तर्फबाट हामीले यस किसिमका घटना रोकथाम र नियन्त्रणका लागि कानुन र नियम बनाएका छौं । यसका साथसाथै जनतामा जागरण ल्याउने अभियान पनि गर्दै आएका छौं । यस्तो हुँदाहुँदै पनि घटना रोक्न सकेका छैनौं,’ उनले भने ।

सप्तरीमा पनि परिवार र पञ्चायतले बलात्कारको घटनाबारे बालिकालाई उजुरी गर्न नदिएपछि उनले आत्महत्या गरेको गृहमन्त्रीले बताए ।

‘झन्डै ६–७ जना प्रत्येक दिन देशमा हाम्रा दिदी–बहिनी, छोरीहरू बलात्कृत भइरहेका छन् । यसलाई रोक्न निष्ठापूर्वक प्रयत्न गरिरहेका छौं । कानुनमा अझ कडाइ गर्नुपर्ने हो कि भन्ने भइरहेको छ । हामीले बनाएका कानुन पर्याप्त छैनन् कि भन्ने प्रश्न उठेको छ,’ उनले भने । पछिल्लो समय यस्ता मुद्दामा मेलमिलाप गराउनेलाई पनि कानुनी कारबाही गर्नुपर्ने कुरा उठेको जनाउँदै गृहमन्त्री थापाले उनीहरूविरुद्ध पनि कारबाही चलाइने बताए ।

बैठकमा प्रहरी महानिरीक्षक शैलेन्द्र थापाले पनि पछिल्लो समय बालिकामाथि यौन–दुर्व्यवहारका घटना बढेको बताए । सम्झनाको बलात्कार तथा हत्याका आरोपी राजेन्द्र बोहोराले अपराध स्वीकार गरेको संसदीय समितिलाई उनले जानकारी दिए । ‘सम्झना कामीको घटनामा प्रहरीले पक्राउ गरेका व्यक्तिले अपराध स्विकारेको अवस्था छ,’ थापाले भने, ‘यसअघिको घटना मिलाउने व्यक्तिहरूविरुद्ध पनि मुद्दा चलाइने भएको छ । अघिल्लो घटनामा प्रहरीलाई उजुरी दिएको भए सम्झना कामीमाथि यो घटना हुने थिएन । उक्त व्यक्ति अहिले पुर्पक्षका लागि थुनामा हुने थियो ।’

बलात्कारका घटनामा अधिकांश नजिकका व्यक्ति संलग्न हुने भएकाले रोक्न गाह्रो भएको महानिरीक्षक थापाले बताए । यद्यपि यस्ता घटनामा प्रहरीले अनुसन्धान गरेको र ८० प्रतिशत अपराधी पक्राउ गरिएको उनको भनाइ छ । प्रदेश २ र प्रदेश ५ का सीमावर्ती जिल्लामा हुने घटनाका अपराधी भने भारततिर भाग्ने गरेकाले पक्राउ गर्न नसकिएको थापाले बताए ।
तपाइलेDigital currency exchangers

यो पनी पढौ:मगर उत्थान समाजको सभामा: मगरहरु एकता भनेको नै मगर व्लडको रिलेशन हो:अन्तर्राष्ट्रिय मगर महासंघको अध्यक्ष:नविन रोका मगर
मगरात स्वयक्त प्रदेशको समिक्षा विषयक भर्चुअल विचार गोष्ठी हुदै
गृहमन्त्री रामवहादुर थापा मगर’वादल’ भन्नुहुन्छ,’सिमाको सुरक्षाको लागी सवै एक हौँ।
मगर संघ वेलायतले ७ लाख ५५ हजार नेपाल मगर संघ केन्द्रिय समितिको अध्यक्ष नविन रोका मगरलाइ हस्तान्तरण
प्रधानमन्त्री ज्यु, नेताको सम्धी नहुनु कुलमान घिसीङको अपराध हो?
नेपाल मगर संघ केन्द्रीय समिति र अन्तर्राष्ट्रिय मगर महासंघको संयोजनमा राहत वितरण
पहिरोमा बेपत्ताहरुको खोजी, उद्दार र राहतमा जुट्न सम्पुर्णमा नेकपा कार्यकारी अध्यक्ष ‘प्रचण्ड’को अनुरोध
मेरो परिवारले गरेको संघर्ष नदेख्ने ,पद पाएको मात्र देख्ने’ नेकपा कार्यकारी अध्यक्ष प्रचण्ड
गृहमन्त्री रामवहादुर थापा मगर’वादल’ कडा निर्देशन, लिपुलेकमा तैनाथ सुरक्षाकर्मीलाइ भारतिय सेनाका गतिविधीहरु सुक्ष्म रुपमा अनुगमन गर्नु
वालुवाटारमा नेकपाको स्थायी कमिटी बैठक सुरुहुदै
विप्लवका छोरा वने डाक्टर, भन्छन्,-सरकारी अस्पतालमा काम गर्दै बाँकी पढाइ पूरा गर्छु भन्ने सोचेको छु,
सोचेझैं छैन कोरोना भाइरस,के हो यथार्थ ? डा.शेरवहादुर पुनमगर
आदिवासी जनजाती आन्दोलन असफल भएको हो?
देशैभर विभिन्न ६ जिल्ला कोरोनाभाइरस संक्रमणमुक्त
प्रधानमन्त्री ओलीले अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हाल्यो
विचल्ली परेका तुरुन्त उद्धार गर्न र यथोचित राहात प्रदान गर्न नेपाल सरकारको सम्वन्धित निकायलाइ नेपाल मगर संघको जोड्दार माग
भिक्टोरिया क्रसप्राप्त स्वर्गिय तुलवहुादुर पुन मगरको नाममा रेलसेवा नामकरण गर्ने



मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar