गृहमन्त्री रामबहादुर थापा मगर‘बादल’ले जनताको सुरक्षा योजना र रणनीति बनाउन मातहतका निकायलाई कडा निर्देशन


दशैँ तिहारजस्ता चाडपर्वमा कालोबजारी र महंगी नियन्त्रणका अनुगमन र कारवाही गर्न प्रमुख जिल्ला अधिकारीहरुलाई कडा निर्देशन
काठमाडौँ, २७ असोज । गृहमन्त्री रामबहादुर थापा मगर‘बादल’ले कोरोनाका कारण उत्पन्न भएको आर्थिक र सामाजिक असरका कारण अपराधका घटनाहरु बढ्न सक्ने भन्दै तिनलाई रोक्नेगरी सुरक्षा रणनीति बनाउन निर्देशन दिएका छन्।

आज भर्चुअल रुपमा आयोजना गरिएको प्रदेश नं १ को प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई संवोधन गर्दै गृहमन्त्री थापाले कोरोनाका कारण अपराधका नयाँ शैली बढ्न थालेको भन्दै यसलाई रोक्नेगरी सुरक्षा योजना र रणनीति बनाउन मातहतका निकायलाई निर्देशन दिए ।
उनले भने, ‘ नयाँ चुनौतीहरुलाई सफलतापुर्वक सम्पन्न गर्न, जनताको जिउधनको सुरक्षा गर्न अहिलेको सुरक्षा रणनीतिलाई परिमार्जन गर्दै उच्चस्तरको सुरक्षा योजना र रणनीति बनाउन आजको यो गोष्ठीले सहयोग गर्ने मैले विश्वाँस लिएको छु । ’

उनले पछिल्लो समय लैङ्गिक हिंसा र बलत्कारका घटना बढेको बताउँदै यस्ता घटनामा चनाखो र संवेदनशिल हुन निर्देशन दिए । गृहमन्त्री थापाले अन्तर्राष्ट्रिय सिमानाका बन्दलाई यथावत राख्ने निर्णय भएको बताउँदै सिमा नाका नियन्त्रण र नियमनलाई प्रभावकारी बनाईराख्न आग्रह समेत गरे।

उनले प्रहरी समायोजन सम्बन्धी प्रस्ताव पास भईसकेकोले अब समायोजनको प्रक्रिया अघि बढ्ने र छिट्टै प्रदेश प्रहरी गठन हुने विश्वास व्यक्त गरे ।

मन्त्री थापाले दशैँ तिहारजस्ता चाडपर्व नजिकएको भन्दै कालोबजारी र महंगी नियन्त्रणका लागि नियमित रुपमा बजा अनुगमन र कारवाही गर्न प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिए । गृहमन्त्री थापाले चाडपर्व लक्षित प्रदेशस्तरीय र जिल्लास्तरीय सुरक्षा योजना बनाउन पनि मातहतका नियकालाई निर्देशन दिए ।

प्रदेशस्तरी भर्चुअल सुरक्षा गोष्ठी

कोरोनाका कारण सातै प्रदेशमा लामो समयदेखि प्रदेशस्तरीय सुरक्षा गोष्ठी रोकिएकोमा आज प्रदेश नं १मा भर्चुअलरुपमा प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न भएको छ ।

गोष्ठीलाई गृहमन्त्री रामबहादुर थापा मगर‘बादल’ले प्रदेश १का मुख्यमन्त्री शेरधन राई, सोही प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्की, गृहसचिव महेश्वर न्यौपाने, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख लगायतले सम्वोधन गरेका थिए । गोष्ठीमा १ नम्बर प्रदेशका १४ जिल्लाकै प्रमुख जिल्ला अधिकारीहरुले जिल्लाको सुरक्षास्थित तथा अन्य गतिविधिबारे रिपोर्टिङ गरेका थिए । सो गोष्ठी बैशाखमै गर्नुपर्नेमा कोरोनका कारण रोकिएको थियो ।
तपाइलेDigital currency exchangers

यो पनी पढौ:प्रदेशको नाम ‘मगरात–लुम्बिनी’ राख्न नेपाल मगर संघ र मगरात संयुक्त संघर्ष समितिको माग
एसपी ओम राना मगरको नया कडा एक्सन: वडा दशै,तिहार तथा छटमा सुरक्षा योजना सार्वजानिक
आज अनसन तोडिदै:डाक्टर केसी र सरकार विच के भयो सहमती? (पुर्णपाठ सहित)
प्रदेश नं.५ लाइ मानव पहिचान र सभ्यताको आधारमा मगरात गर्न मगर संघको माग नगरे अन्तराष्ट्रिय अदालतमा दर्ज गर्ने
प्रदेश नं. ५ नामाकरण ‘मगरात थरुहट अवध’ संसदमा प्रस्ताव दर्ता गर्दै एेतिहासिक कार्य
वलात्कार तथा हत्याका अपराधीलाइ कठघरमा ल्याउन कडा कदम चालिएको छ: गृहमन्त्री राम वहादुर थापा मगर(वादल)
गृहमन्त्री रामवहादुर थापा मगर’वादल’ भन्नुहुन्छ,’सिमाको सुरक्षाको लागी सवै एक हौँ।
नेकपाका बरिष्ठ नेता झलनाथ खनाल अस्पताल भर्ना


मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar