यी हुन् नेकपा (प्रचण्ड-नेपाल समुह) को केन्द्रीय समितिका १० बुँदे निर्णय


नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठकले पार्टीको अध्यक्षमा वरिष्ठ नेता नेपाललाई चयन गरेको छ।

काठमाडौंको बबरमहलमा मंगलबार बसेको प्रचण्ड–माधव समूहको केन्द्रीय समिति बैठकले प्रधानमन्त्री एवं पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीले ऐतिहासिक राजनीतिक परिर्वतन, संविधान, लोकतन्त्र, पार्टी एकताको विरुद्धमा कार्य गरेकाले पार्टी अनुशासनको गम्भीर उल्लंघन गरेको ठहर गर्दै पार्टीको अन्तरिम विधान अनुसार अनुशासनको कारवाही गरि पार्टी अध्यक्षको जिम्मेवारीबाट मुक्त गर्दै सो स्थानमा माधवकुमार नेपाललाई सर्वसम्मति चयन गरेको हो। 

बैठकले पुस ५ गते भएको संसद विघटन गर्ने सरकारको निर्णयलाई असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश, प्रतिगामी र स्वच्छेचारी ठहर्दै भत्सर्ना गरेको छ । साथै बैठकले अबिलम्ब संसदको कार्य सञ्चालन गर्न तथा सो निर्णयको विरुद्धमा संघर्ष गर्ने घोषणा पनि गरेको छ ।

बैठकले स्थायी समितिमा रिक्त रहेको स्थानमा कृष्ण बहादुर महरालाई नियुक्त गर्ने स्थायी समितिको बैठकको निर्णयलाई सर्वसम्मति अनुमोदन पनि गरेको छ। 

बैठकमा पार्टीको आन्तरिक समस्या र समाधानका बारेमा स्थायी कमिटीका बैठकमा अध्यक्ष पुष्पकमल दाहालबाट प्रस्तुत प्रस्तावहरु अध्ययनका लागि केन्द्रीय सदस्यहरुलाई वितरण गरिएको छ। त्यसैगरी बैठकमा अध्यक्ष दाहाल, वरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपालले पार्टीको आन्तरिक जीवन र पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा जानकारी गराएका थिए।

अध्यक्ष दाहालले पार्टी भनेको विचार र विधि भएको स्पष्ट पार्दै पार्टी एकताको मर्म अनुसार आधिकारीक प्रतिनिधित्व रहेकाले वास्तविक प्रतिनिधित्व तर्फ एकिकृत हुन आव्हान गरे। उनले मंगलबार नै बालुवाटारमा भएको भनिएको कथित भेला पार्टीलाई चोइट्याउन खोज्ने गतिविधि मात्रै भएको भन्दै एकताको पक्षमा निरन्तर लाग्ने प्रतिवद्धता जनाए। अध्यक्ष दाहालले वर्तमान परिस्थितिका बारेमा पुरा गर्नुपर्ने कार्यबारे पनि सदस्यहरुलाई दिशानिर्देश गरेको पार्टी प्रवक्ता श्रेष्ठले बताए।

त्यस्तै नेकपाका बरिष्ठ नेता झलनाथ खनालले पार्टी एकता र कम्युनिष्ट आन्दोलनबारे स्पष्ट पार्दै भ्रममा परेका सबैलाई एकीकृत पार्टीको पक्षमा उभिन आव्हान गरे। 

बालुवाटार बैठकले प्रवक्ताबाट हटाएकोबारे संञ्चारकर्मीको जिज्ञासामा प्रवक्ता नारायणकाजी श्रेष्ठले तथाकथित गुटको भेलाको निर्णयसँग प्रवक्ता पदको सम्बन्ध नभएको प्रतिक्रिया दिए। उनले आफू कुनै ब्यक्तिको, गुटको प्रवक्ता नभई नेकपाको प्रवक्ता भएको र बैठकले अझ उत्साहसाथ अघि बढ्न निर्देश गरेको बताए। यस समूहको अर्को केन्द्रीय समिति बैठक विहिबार बिहान साढे ११ बजेका लागि बोलाईएको छ। 


तपाइलेDigital currency exchangers

यो पनी पढौ:नेकपाको नयाँ अध्यक्ष बने माधवकुमार नेपाल
प्रहरीको रासन सुविधा बढाउन तयार छुः गृहमन्त्री रामबहादुर थापा मगर(वादल)
गृहमन्त्री रामबहादुर थापा मगर (बादल)सँग नेपालका लागि युरोपेली सङ्घ(इयू)का राजदूत नोना देप्रेजले बुधबार शिष्टाचार भेटवार्ता
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को पहलमा हट्यो सोलु करिडोर प्रसारण लाइन निर्माणको अवरोध
हवाई प्रतिवन्ध हटाउन इयुलाइ गृहमन्त्री रामबहादुर थापा मगर (बादल)को अपिल
आगामी वर्ष पनि विद्युत् शुल्क घटाइने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को उद्घोष
गृहमन्त्री रामबहादुर थापा मगर‘बादल’ले जनताको सुरक्षा योजना र रणनीति बनाउन मातहतका निकायलाई कडा निर्देश
प्रदेशको नाम ‘मगरात–लुम्बिनी’ राख्न नेपाल मगर संघ र मगरात संयुक्त संघर्ष समितिको माग
एसपी ओम राना मगरको नया कडा एक्सन: वडा दशै,तिहार तथा छटमा सुरक्षा योजना सार्वजानिक
आज अनसन तोडिदै:डाक्टर केसी र सरकार विच के भयो सहमती? (पुर्णपाठ सहित)
प्रदेश नं.५ लाइ मानव पहिचान र सभ्यताको आधारमा मगरात गर्न मगर संघको माग नगरे अन्तराष्ट्रिय अदालतमा दर्ज गर्ने
प्रदेश नं. ५ नामाकरण ‘मगरात थरुहट अवध’ संसदमा प्रस्ताव दर्ता गर्दै एेतिहासिक कार्य
वलात्कार तथा हत्याका अपराधीलाइ कठघरमा ल्याउन कडा कदम चालिएको छ: गृहमन्त्री राम वहादुर थापा मगर(वादल)
गृहमन्त्री रामवहादुर थापा मगर’वादल’ भन्नुहुन्छ,’सिमाको सुरक्षाको लागी सवै एक हौँ।


मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar