सालपा विकास वैंकको सिइयोमा योगेन्द्र पुन मगर नियुक्त


•पदम थापा मगर
सालपा विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (CEO) मा योगेन्द्र पुन मगर नियुक्त हुनु भएको छ ।

अहिलेसम्म कार्यभार सम्हाल्दैआउनुभएका प्रमुख कार्यकारी अधिकृत ईश्वरमान राईको कार्यअवधी सकिएकोले नयाँ कार्यकारी प्रमुख नियुक्त गरेको सालपा विकास बैंकका अध्यक्ष टंक राईले बताउनुभयो । १६ वर्ष अगाडि Management Trainee गरेर बैंक अफ काठमाण्डौमा Junior officer बाट बैंकिङ क्षेत्रमा प्रवेश गर्नुभएका मगरले पछिल्लो समय लक्ष्मी सनराईज बैंकको बागमती प्रदेश प्रमुखको जिम्मेवारी सम्हाल्नु भएको थियो ।

२०८१ जेठ १ गतेदेखि सालपा विकास बैंकको कार्यकारी प्रमुख सम्हाल्ने भएपछि छिट्टै नै IPO खुलाएर ५ जिल्ले हुनेवित्तिकै प्रदेश स्तरको बनाउनको लागि बैंकको कर्मचारीले मात्र नभई सम्पूर्ण शेयरधनीहरुले पनि बैंकमा बचत र मुद्दतीको लागि जोड दिनुपर्ने नवनियुक्त सिइयो योगेन्द्र पुन मगरले बताउनु भयो । दुर्गम खोटाङ जिल्लाबासीहरुले वित्तिय क्षेत्रमा पहुँच पुर्याउन र बैंकिङ कारोबार गर्न सजिलो होसभनी २०६९ साउन १ गते सानो पुँजीमा विशेष व्यवस्था बमोजिम ‘ख’ वर्गको एक जिल्ले बैंक स्थापना गरेका थिए । बैंकले सुरुमा एउटा मात्र जिल्लाको ईजाजत प्राप्त गरेकोले सोही अनुसार हालसम्म खोटाङ जिल्ला भित्रका सदरमुकाम दिक्तेल, हलेसी, ऐंसेलुखर्क, सिम्पानी, चिसापानी र बाक्सिला बजार गरी ६ वटा स्थानमा शाखा सञ्चालन गरेको छ ।

राष्ट्र बैंकबाट थप चारवटा जिल्लामा कार्यक्षेत्र विस्तार गर्ने अनुमति प्राप्त भएको पहिलो वर्ष भित्र उदयपुर जिल्लामा १, सुनसरी जिल्लामा २, मोरङ जिल्लामा १ र झापा जिल्लामा १ वटा गरी ५ वटा शाखाहरु विस्तार गर्ने योजना रहेको अध्यक्ष राईले बताउनुभयो ।सालपा विकास बैंकको सिइयोमा योगेन्द्र पुन मगर नियुक्त

सालपा विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (CEO) मा योगेन्द्र पुन मगर नियुक्त हुनु भएको छ ।

अहिलेसम्म कार्यभार सम्हाल्दैआउनुभएका प्रमुख कार्यकारी अधिकृत ईश्वरमान राईको कार्यअवधी सकिएकोले नयाँ कार्यकारी प्रमुख नियुक्त गरेको सालपा विकास बैंकका अध्यक्ष टंक राईले बताउनुभयो । १६ वर्ष अगाडि Management Trainee गरेर बैंक अफ काठमाण्डौमा Junior officer बाट बैंकिङ क्षेत्रमा प्रवेश गर्नुभएका मगरले पछिल्लो समय लक्ष्मी सनराईज बैंकको बागमती प्रदेश प्रमुखको जिम्मेवारी सम्हाल्नु भएको थियो ।

२०८१ जेठ १ गतेदेखि सालपा विकास बैंकको कार्यकारी प्रमुख सम्हाल्ने भएपछि छिट्टै नै IPO खुलाएर ५ जिल्ले हुनेवित्तिकै प्रदेश स्तरको बनाउनको लागि बैंकको कर्मचारीले मात्र नभई सम्पूर्ण शेयरधनीहरुले पनि बैंकमा बचत र मुद्दतीको लागि जोड दिनुपर्ने नवनियुक्त सिइयो योगेन्द्र पुन मगरले बताउनु भयो । दुर्गम खोटाङ जिल्लाबासीहरुले वित्तिय क्षेत्रमा पहुँच पुर्याउन र बैंकिङ कारोबार गर्न सजिलो होसभनी २०६९ साउन १ गते सानो पुँजीमा विशेष व्यवस्था बमोजिम ‘ख’ वर्गको एक जिल्ले बैंक स्थापना गरेका थिए । बैंकले सुरुमा एउटा मात्र जिल्लाको ईजाजत प्राप्त गरेकोले सोही अनुसार हालसम्म खोटाङ जिल्ला भित्रका सदरमुकाम दिक्तेल, हलेसी, ऐंसेलुखर्क, सिम्पानी, चिसापानी र बाक्सिला बजार गरी ६ वटा स्थानमा शाखा सञ्चालन गरेको छ ।

राष्ट्र बैंकबाट थप चारवटा जिल्लामा कार्यक्षेत्र विस्तार गर्ने अनुमति प्राप्त भएको पहिलो वर्ष भित्र उदयपुर जिल्लामा १, सुनसरी जिल्लामा २, मोरङ जिल्लामा १ र झापा जिल्लामा १ वटा गरी ५ वटा शाखाहरु विस्तार गर्ने योजना रहेको अध्यक्ष राईले बताउनुभयो ।
घरबेटीले निकालेका दाङका मृगौला पिडितलाई मगर संसारद्वारा रु.२,१८,५०० सहयोग प्रदान
मगर संसार ग्रुपद्वारा बाग्लुङ की आयुष्मा पुन मगरलाई रु.५,६२,२८० रुपिया सहयोग प्रदान
मगरात स्वायत्त पहिचान सहितको संघीय लोकतान्त्रीक गणतन्त्र नेपाल नै किन ?

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar