मगरात भुमी इतिहास पहिचानमा जोडिएको भुमे/भुम्या/भूम्हेँ पर्व महान साँस्कृतिक चाड हो।


मुख्यसचिव
सविन पुलामी मगर’साकार’
नेपाल मगर संघ प्र.नं. ३(नेवा:ताम्सालिङ्ग मगरात) समिती

भूम्हेँ/भुमे/भूम्या

 मगरात प्रदेश भूम्हेँ खास गरी दुई संक्रान्तिमा मनाइन्छ । भू अथवा बलको पूजा असार संक्रान्ति र म्हेँ अथवा आगोको पूजा उभौलीको अन्त्यसँगै उधौलीको सुरुवात साउने संक्रान्तिमा मनाइन्छ । त्यसैले नै साउने संक्रान्तिलाई राँके संक्रान्ति भन्ने गरेको पाइन्छ । भू अर्थात बलको पूजा ग¥यो भने पहिरो जाँदैन भन्ने परम्परागत मान्यता तथा जनविश्वास छ भने म्हेँ अथवा आगोको पूजा गरी घाट, गंगा, खोला पार ग¥यो भने कालकुस्त भई ग्रह शान्ति हुन्छ, केही लाग्दैन भन्ने प्रचलन पनि छ । भूम्हेँलाई दुई भागमा अध्ययन गर्न सकिन्छ ।

अ) भू/बल/नाम्क
आ) म्हेँ/तिवार/राँके

अ) भू/बल/नाम्क
भूम्हेँ पर्व मान्नका लागि विभिन्न चरणहरु पार गरेर एक वर्षमा भूम्हेँलाई सफल बनाइन्छ । तिनै चरणहरु निम्न प्रकार छन् । जुन यस प्रकार छन् ।
१) बाजा फुकाउने
२) नाँच सिक्ने र गुरुबा गुरुमा छान्ने
३) फूल तिप्ने
४) फूल र न्याँहो गीत
५) पुजारी र वली पाठो
६) तामा खोसाल्ने
७) थान चोखाउने र घर लिप्ने
८) मुर्ला (पूजा गर्ने र नाच्नेमा बिचमा गाडने)
९) पूजा गर्ने
१०) पाठा (मार) तान्ने
११) नामचुन
१२) मुर्ला नुल्ने
१३) ज्यासिने (एक पक्षले अर्को पक्षलाई भोज खुवाउने)

१५) लोको/नोकोबाङगे (भूम्हेँ नाँच)
बाङ भनेको चउर हो र लोकोबाङ भनेको नाच्ने चउर हो । कतै नोकोबाङ पनि भन्ने गर्दछन् । अहिलको अवस्थामा भूम्हेँ नाँचको नाम नै लोकोबाङगेमा प्रचलित भएको छ । यो नाँच नाँचन महिला एक लाइन र पुरुष एक लाइन गरी दुई लाइनमा हुन्छन् । पुरुष भित्रपट्टी र महिला दाहिने पंक्तिमा हुन्छन् । मुर्लालाई बीचमा पर्ने गरी गोलाकार दाइनेबाट घुम्दै नाँच्दछन् । पुरुषहरु खुट्टामा पैजन, चौबन्दी, खाडी, लालपटुका, बाङ्ग्रा, टोपी, लगाई कोठीमोहरा भिरेर नाँच्दछन् भने महिला पनि त्यस्तै गुन्यू, चोली, पटुका, रुमाल, इत्यादि लगाई आफ्नो औकातले भ्याएको गरगहनाहरु लगाई पछ्यौरी लिएर नाँच्दछन् ।

मगरहरु प्रकृति धर्म मान्ने र उनीहरुको कला, संस्कृति पनि प्रकृतिसँगै गाँसिएको छ । किनकि लोकोबाङ्गे शब्द पनि प्रकृतिसँगै गाँसिएको छ । नाचको नाम मात्र लोकोबाङ्गे यसभित्र पनि विभिन्न प्रकृतिसँगै जोडिएको भूम्हेँ नाँचहरु छन् । केही नाँचहरु लोप हुँदै गइसकेका छन् भने ठाउँ अनुसार फरक फरक नाँचहरु छन् । खास गरी लोकोबाङ्गे नाँच बाइस चाला (ताल) हुन्छ भन्छन् अग्रज मगरहरु । जे भएपनि तिनिहरुलाई खोज्नु हामी सबैको दायित्व हो । ठाउँ अनुसारका केही लोकोबाङ्गे नाँचहरु यस प्रकार छन् ।
१) सलामी
२) नौबाङ्गे (गुरु चाला)
३) वै (व) तिने (तिप्ने)
४) दोरे
५) तीन पाइले
६ खरगै कोने
७) चौबाने
८) गाईदुहुने
९) सुर्तीबान
१०) कण्ड बसाल्ने
११) रिकुई झयाँई
१२) पछ्यौँरा फाल्ने
१३) सप्काउने
१४) दल्कनी
१५) खन्जनी
१६) बटुवा चाला इत्यादि

आ) म्हेँ/तिवार/राँके
मगरहरु वर्षमा दुई ऋतुहरु मान्ने गर्दछन् । साउने संक्रान्तिदेखि पुस मसान्तसम्मको अवधिलाई उँदेली (उधौली) र माघ संक्रान्तिदेखि असार मसान्तसम्मको अवधिलाई उँभेली (उभौली)का रुपमा मान्ने गरिन्छ । साउने संक्रान्तिमा आगोको पूजाका साथै उँभेलीको विदाइ र उँदेलीको स्वागतको रुपमा मानिन्छ ।

साउन एक गते घरहरु लिपपोत गरी भाडाकुडाहरु सफा सुघर गरी बेलुकीपख रोटी हाल्दछन् । घरको मुख्य पुरुष वा कन्या केटाले चार ओटा आगोको राँको बनाउँछन् । सबै तयार भइसकेपछि घरको बाहिर अग्लो ठाउँमा एउटा राँकोलाई बाड्दछन् । र, रोटी, र रक्सी चढाई तीन वटा राँकोलाई सल्काएर कराउँदै जति सकिन्छ उति टाढा फाल्दछन् । जति टाढा गयो उति ग्रहहरु शान्ति हुन्छन् भन्ने गर्दछन् । राँकोेहरुलाई तिनै दिशा उत्तर, पश्चिम र दक्षिणतिर फालिन्छ । कोही कोही अगुल्टो पनि फाल्ने गर्दछन् । यस्तो गर्नाले रोगव्यादि, ग्रहदशा लाग्दैन भन्ने परम्परागत मान्यता छ । राँको फाल्दा कोही कसरी कराउँछन् कोही कसरी तर धेरै जसो यसरी कराउँछन् । काना झे, दुन्डा झे, ……रुघा लैजाऊ, मुघा लैजाऊ, कालकुस्त नौग्रह तुरुन्तै गंगापारी लैजाऊ ।

यो एउटा मगरहरुको प्रकृतिप्रतिको समर्पण र पुर्खौदेखि सामाजिक संस्कार पनि हो । राँके तिवार भूम्हेँसँगै जोडिएकोले केही ठाउँमा साउने संक्रान्ति पश्चात भूम्हेँमा नाचिने नाचहरु पनि यसै संक्रान्तिसँगै गरिन्छ । एक वर्षको भूम्हेँको अन्त्य पनि यसै संक्रान्तिसँगै गरिन्छ । विशेषगरी रुकुमको तकसेरामा राँके जात्राका नामले मेला लाग्दछ भने रोल्पाको वा खोला र सेरम घुस्बाङमा राँकेतिवार रामको नामले मेलाहरु लाग्दछन् ।

तिवार ठाउँ अनुसार फरक फरक ढंगले मेलाहरु गरिन्छ । रुकुमको लुगुममा एउटा चौतारो छ जहाँ सबै मगर थरका झाँक्रीहरुले वर्षको पालोगरी एक एक पठाइन्छ । त्यसपछि जम्मा भएका झाँक्रीहरुले मेला बनाउँदछन् । यस मेलामा झाँक्रीहरुका सामान बोक्ने (चुन्मे अथवा झाँक्रीहरुका चेली बिहे गर्ने मान्छे)हरुले र गाउँका सबै उमेरका मान्छेहरु मिलेर ङन्तिराम (सिस्नु मेला) बनाउँछन् । सिस्नुलाई जसलाई पायो उसैलाई हान्छन् । साथै हिलोले छेपाछेप गरी हिलो मेला गर्ने चलन पनि छ । यो मेला रुकुमको मगर खाम बोल्ने समुदायमा गर्ने गरिन्छ । यसरी असार र साउनको संक्रान्तिहरुमा भूम्हेँ अथवा बन (नाम) जमिन र म्हेँ (आगो)को पूजा गरी एक वर्षको भूम्हेँ पर्वको अन्त्य गरिन्छ ।

भुमेको भूमिमा सांस्कृतिक उत्सव

मगरात भुमी,इतिहास पहिचानमा जोडिएको मगर समुदाय भूमे खामभाषी मगरहरुको मुख्य चाड हो । स्थानीय खाम भाषामा यसलाई ‘नाकोवाङे’ पनि भन्ने गरिन्छ । परापूर्व कालदेखि हरेक वर्ष असार १ गतेदेखि हप्ता १० दिनसम्म यो पर्व मनाउने चलन छ ।

त्यसको तयारी भने १ महिना अघिदेखि नै हुन्छ। जेठ १ गते बाजा फुकाएर सुरु हुने यो पर्वमा मुख्यगरी प्रकृतिको पूजा गरिन्छ । एकातर्फ हिउँदे बाली भित्रिएको खुशीयाली र अर्कोतर्फ वर्षे बाली सप्रियोस भनेर भूमि पूजा गर्ने यो पर्वको विशेषता हो । बाजागाजा बजाउन शुरु भयो भने प्रकृतिमा भएकाका चराचुरुङी किरा फट्यांग्रा संगीत सुन्न बहिर निस्कन्छन् र बालीनालीलाई असर हुँदैन भन्ने जनविश्वास रहिआएकोे छ ।

मगर जाति मध्यपहाडी भेगमा बसोबास गर्ने बासिन्दा हुन् । यिनीहरुको आफ्नै कला संस्कृति, रहनसहन र भाषा छ । मगर क्षेत्र भाषिक हिसाबले तीन क्षेत्रमा बिभाजित छ । कालीगण्डकी पूर्वलाई बाह्र मगरात भन्ने गरिन्छ भने त्योभन्दा पश्चिम अठार मगरात तथा डोल्पा क्षेत्रलाई काइके मगरात क्षेत्रको रुपमा चिनिने गर्दछ ।

यिनीहरु परापूर्वकालदेखि नै अग्ला भीर काल्नामा बस्ने कृषिकर्म गर्ने चलन थियो । वर्षातको समयमा ती भीरपाखा पखेरामा बाढीपहिरो जाने र धनजनको क्षति हुने हुँदा यस्तो दैवी प्रकोस नहोस् र बालीनाली सप्रियोस् भनेर भूमे पूजा गर्दै आएको मगर समुदायका अगुवाहरु बताउँछन् ।

मगर जातिले कुनै देवी देवताको पूजाआजामा भन्दा पनि बढी आफ्नै पूर्खा र प्रकृतिको पूजामा विश्वास गर्दछन् । मगरहरु खासमा प्रकृति धर्म मान्छन् ।भूमे गाउँपालिका वडानम्बर ६ का देवबहादुर बुढामगर भूमे आदिवासी जनजातिको वार्षिक पर्व भएको बताउँछन् । ‘हामी अरु धर्म संस्कृतिमा भन्दा प्रकृतिमा भर पर्ने हुँदा यही समयदेखि भन्ने यकिन नभए पनि परापूर्वकालदेखि नै भुमे पर्व मनाउँदै आएका छौं ।’

मगर बस्तीहरुमा भूमि बाराह, सिद्ध बाराह आदिको पूजा गरेको समेत देख्न सकिन्छ । यो दिनमा मगर समुदाय बसोबास गर्ने बस्तीहरुमा सानोतिनो मेला नै लाग्ने गर्दछ । यसैले यस भूमे पर्वलाई गाउँघरमा भूमे मेला पनि भन्ने गरिन्छ ।

यो पूजा अठार मगरात क्षेत्रमा असार १ गते एकैदिन गर्ने गरे पनि गाउँअनुसार भूमे पूजा गर्ने आआफ्नै चलन छ । गाउँठाउँ अनुसारको विशेषता र कथा पनि हुने गर्दछ भुमेको ।

भूमेमा फूलको महिमा

भुमे शुरु हुनुभन्दा दुई दिनअघि नै नजिकैको पहाडमा बुकीमध्यको दुर्लभ मानिने रथबिरथ फूल टिप्न जाने गरिन्छ । यो फूलको पनि आफ्नै महत्व छ । यो फूल लामो समयसम्म ओइलाउँदैन । यो फूल टिप्न प्राय गरेर मगर समुदायका युवायुवती जाने गर्दछन् ।दुई दिनअघि फूल टिप्न गएकाहरु असार १ गते बिहान आफ्नो भेषभुषामा सजिएर उतैबाट नाचगान गर्दै फर्किन्छन् । एक लाइनमा यसरी आउँदै गरेको दृश्य साँच्चिकै हेर्नलायक देखिन्छ।

यता भूमेथानमा सम्पूर्ण तयारी गरिसकिएको हुन्छ । सम्पूर्ण गाउँलेहरु आफ्नो मौलिक पहिरनमा भूमे थानमा जम्मा भएका हुन्छन् । यसपछि भूमेथानमा पूजापाठ गर्नुका साथै भेंडाको बली दिने गरिन्छ । जम्मा भएका सबैले मान्यजनबाट बुकीपाटनदेखि लिएर आएको रथबिरथ फूल लगाउने र अशिर्वाद लिने चलन छ । यसरी फूल लगाउँदा आपसी सदभाव, सामाजिक, भाइचारा सम्बन्ध पनि फूल जस्तै नओइलाओस् भन्ने कामना गरिन्छ ।

आशिर्वाद लिइसकेपछि भूमे थानलाई बीचमा पारेर सबै गोलो घेरा बनाएर नाचगान गर्दछन् ।

लोप हुँदै नाचका ताल

मगर समुदयमा यो नाच भूमे नाचको नामले प्रख्यात छ । मगर समुदायको मुख्य पर्व भूमेको अवसरमा युवायुवती, बालबालिकादेखि बृद्धबृद्धासम्म नाचगान गरेर रमाइलो गर्ने गर्दछन् । दमाह झ्यालीसहित पञ्चेबाजा बजाएर त्यसैको तालमा नाचिने यो नाचमा भूमे गीत पनि गाउने गरिन्छ ।यो नाचको २२ ताल हुने भए तापनि अहिले केही तालहरू लोप भइसकेका छन् । त्यसैले थबाङका युवा समाजसेवी उदय मगर भन्छन्, ‘यसको जगेर्नाका लागि युवा वर्गलाई अग्रपंक्तिमा आउन जरुरी छ ।’

पर्वबाट गाउँपालिकाको नामाकरण

भूमिको पूजा, सामूहिक जीवनशैली र अग्रजको सम्मान यो पर्वको प्रमुख विशेषता हो। रुकुमका हुकाम, मैकोट, तकसेरा, राङ्सी, जाङ, लुकुम, काँक्री, क्याङ्सी, मोराबाङ, महत, काँडा, रोल्पाका थवाङ, मिरुल, जेलवाङ, कुरेली, उवालगायतका मगर समुदायको सघन बसोबास रहेका वस्तीहरुमा यो पर्व भब्यरुपमा मनाउने गरिन्छ ।

मगरजातिहरु विशेष गरी धार्मिक संस्कृतिका हिसाबले प्राकृतिक पूजक हुन्, जसमा भूमिलाई पूज्ने गरिन्छ । यस भेगमा मगर जातिको बाहुल्यता र अन्य जाति मिश्रित रुपमा रहेका छन् । ‘हाम्रो पहिचानको लागि यो गाउँपालिकाको नामकरण गर्दा भूमे गाउँपालिका राखेका हौं,’ भूमे गाउँपालिका अध्यक्ष रामसुर बुढामगरले भने, ‘स्थानीय भाषा संस्कृतिको सरक्षणको लागि पनि हामीले हाम्रा पर्वहरु धुमधामका साथ मनाउने गरेका छौं ।’

यो संस्कृति आफैमा पहिचानको आधार बनेको छ । त्यसैले त मगर समुदाय मगर हुनुमा गौरव गर्छन् ।

असार १ गतेदेखि शुरु भएर असार ५ गतेसम्म यो पर्व भव्य रुपमा मनाउने गरिन्छ । 

अथार मगर भाषा (खाम) बोल्ने मगर समुदायले परा पुर्व कालदेखि नै अति महत्वका साथ मनाउँदै आएको यो चाड यस क्षेत्रका मगरहरुले मनाउने मुख्य चाड हो । खासगरी मगरहरु कविला युग र सो समयको आसपासको समयमा जिविकाको लागि वन, जंगल, खानी आदिहरुमा प्रकृतिसंग जुझ्दै जीवनयापन गर्ने क्रममा अधिकांश समय बनजंगलमै बस्ने गर्दथे । कर्मथलो प्रायः घरभन्दा बाहिर प्रकृतिसंगको सामिप्यतामा बढी हुने गर्दथ्यो । यो अवसरमा हरेक वर्षको आषाढ महिनाको एक गतेको समयलाई केन्द्र मानेर स्थानानुकुलता अनुसार बैशाख देखि भदौ महिनाको हरेक संक्रान्तिहरुमा भेला हुने र उक्त भेलालाई वार्षिक जनगणनाको रुपमा पनि लिन थालियो । उक्त अवसरमा अनुपस्थित रहनेलाई मृत घोषणा गरी उसको किरिया काज समेत गरिदिने (कुनै स्थानमा मात्र) तथा अन्य स्थानमा घर परिवारमा नराम्रो हुँन्छ, बिपत्ति आउँछ त्यसकारण यो पर्व सबैले मनाउँनुपर्छ भन्ने मान्यता रहेको थियो । यो पर्व मनाएमा प्राकृतिक बिपत्तिबाट बच्ने विश्वासका साथ प्रकृतिको पुजा गर्न थालियो । पुजा संग संगै २२ चालमा नाच समेत नाच्ने गरिन्छ । स्थानिय  भाषामा यस पर्वलाई नोगोबाङ्गे पनि भन्ने गरिन्छ । यस पर्व मनाउनुको प्रमुख कारण आफू बसेको ठाउँको भूमी र भूमी देवतालाई पूजा गरेर मात्रृभुमिप्रति श्रद्वा र आदर प्रकट गर्नु हो । साथै यो पर्व मनाएपछि दैवी विपत्तिबाट जोगिन गरिने कर्म र जोगाएको उपलक्ष्यमा गरिने उत्सवको रुपमा पनि लिने काम गर्दछ । भने एकातिर मगर राज्यसत्ता चलेको बेला राज्यको बिधिबिधान बनाउने एक वर्षभरीका लागी नियम कानून बनाउने, सो बनाउने जनप्रतिनिधि (भद्र भलाद्मी) को चयन गर्ने, जनताको संख्याको लगत लिने आदी काम गरिने बिशेष दिनको रुपमा लिने चलन रहेको छ । त्यसैले यो पर्व मगरको ऐतिहासिक राज्यसत्ता र संस्कृतिसंग ठुलो महत्व राख्ने महत्वपूर्ण चाडको रुपमा बुझ्न सकिन्छ । भूम्या पर्व मगर जातीले सञ्चालन गरेको ऐतिहासिक अथार, बाह्र राज्यसत्ताहरु संग समेत सम्बन्ध रहेको मगर गाउँका बुढापाकाहरुको भनाई रहेको छ ।

खासगरी बिशेष गरेर उत्तरी क्षेत्रको पहाडी इलाकामा बसोबास गर्ने मगर समुदायले यो मनाउने गर्दछन् । मगर समुदायको बसोबास प्राय पहाडी क्षेत्रमा हुँने र भौगोलिक बिकटताका कारण पनि पहाडी क्षेत्रमा प्राकृतिक प्रकोप, दैबि बिपत्ति बढी हुँने हुँनाले भूमिका पुजारी मगर समुदायले त्यसको रोकथामका  लागि भूम्या पर्व मनाउन सुरु गरेको यस क्षेत्रका अग्रजहरुको भनाई रहेको छ । भूमे पर्व भूमि देवतालाई पूजा गर्नु हो । यसको पूजा गरेपछि प्राकृतिक प्रकोप, दैबि प्रकोपबाट बच्न सकिने मान्यता रहेको छ । यस पर्व अथार मगरात क्षेत्रमा खास बोल्ने मगर समुदायले निकै लामो समयदेखी मनाउँदै आएका छन् । बिशेष गरेर राप्ती अञ्चल(मगरात प्रदेश)को रोल्पा, रुकुम, प्युठान, सल्यान, दाङ तथा धौलागिरी अञ्चलको बाग्लुङ, म्याग्दी लगायतका जिल्लामा यस पर्वलाई बिशेष महत्वका साथ मनाउने गरिन्छ । असार एक गते मनाईने भूम्या पर्वको तयारी एक महिना अगाडीबाट नै गर्ने चलन रहेको छ ।

भूमे मनाउने बिभिन्न बिधि र प्रक्रियाहरु रहेका छन् । असार १ गते बाट सुरु हुँन्छ भन्ने गरिए पनि यसको तयारीका लागि गाउँका सारा मानिसहरु एक महिना अगाडीबाट नै त्यसको तयारीमा जुटिसकेका हुँन्छन् । असार महिना लाग्दाको एक दुई हप्ता पहिले नै गाउँको एक खुल्ला स्थानमा भूम्या पर्वको नाचगान तथा जमघटका लागी नोगोपो (नाच्ने ठाउँ) को सरसफाई गरिन्छ । भूम्याका लागि आवश्यक पर्ने बाजागाजा बजाउनका लागि गाउँका दमाईहरु समेत तयार भएपछि नाच्ने तथा मेला लाग्ने स्थानको सरसफाई पछि गाउँका भद्र भलाद्मी, बुढापाका अग्रजहरुको उपस्थितिमा गाउँभरीका सम्पुर्ण गाउँलेहरु उपस्थित भएर जेठ मसान्तको अघिल्लो दिन बिधिवत रुपमा भूम्या पर्वको उद्घाटन गर्ने चलन रहेको छ  ।यस पालि भने कोरोना भाइरस(कोभिड -१९)ले गर्दा मगरसहित नेपाली समाज रोइरहेको छ।नेपाल वहुजाती ,बहुभाषिक ,बहुसाँस्कृतिक देश ,यो कुनै जाति एक नेपालीको मात्र होइन ,सम्पर्ण आदिवासी जनजाती सवै नेपालिहरु साझा देश हो,मगर समुदायको ,भाषा,लिपी,सँस्कृती,परम्परा ईतिहास ,भुगोल सहित जोडिएको पहिचान अाधारित नाम हो मगरात। मगरात ऐतिहासिक पहिचान भएकाले कुुनै जात बिशेषको माग नभई राजनैतीक र ऐतिहासिक माग हो।”५ नम्बर प्रदेशको नााङ्कन मगरात पहिचान सहितको संघिय लोकतान्त्रिक गणतन्त्र नेपाल स्थापित गराउन सम्पुर्ण मगरहरु ,सबै पार्टी मोर्चामा गोलवन्द हुनपर्छ।राजनिती गर्न सिकाएको मगर संघले हो, पहिचान कुरो उठाएको मगर संघले हो।फाइदालिने काम राजनैतिक पार्टीले गरेको हो त्यसैले चाहियो भने मगरले संसार हल्डाउन सकिन्छ। मगर²फुटेर होइन जुटेर एकभएर लड्न सक्नुपर्छ। मगरहरु कुरो पार्टीला लाने हो पार्टीको कुरा मगर भित्र होइन।। सामाजिक चेतना सगै राजनैतिक चेतनाको आवश्यक सबै मगरहरु हुनुपर्छ।मगरात हाम्रो घर हो जहाँ हाम्रो भाषा,संस्कृती, धर्म, सामाजिक मूल्यमान्यता राजनैती ईतिहासले बास गर्छ अनि नेपाल हाम्रो देश हो । जहाँ हामी सबै जाति मिलेर बस्छौ र त नेपालले एउटा देशको हैसीयत प्राप्त गरेको छ ,एउटा मात्रै जातिले नेपालको देश बन्न संभव छैन त्यसैले राज्यले आजको दिनसम्म हाम्रो पहिचान, अस्तित्व र अधिकार खोसेर हामी रित्तै बाच्न बिवश छौ त्यो अधिाकार फिर्ता दिनु पर्दछ सबै नेपाली बराबर हुनुपर्दछ ।तपाइ एक पार्टीवाट अर्को पार्टीमा जान सक्नु हुन्छ फेर्न सक्नु हुन्छ। मगर मगर नै हो मगर फेर्न कुनैहालता फेर्न सक्दैन। हामी मगर नै हुन्छौँ न बाहुन हुन्छौँ,न क्षेत्री। सामाजिक परिवर्तन सगै राजनैतिक परिवर्तन – पार्टी विचार फरक भए पनी साझा मुद्धा मगरातमा एक हुनुपर्छ। मगरात पहिचान मेटाउनु हामीलाई मेटाउनु नेपाल मेटाउनु नै हो । त्यसैले जीवन मरणको यो अधिकार प्राप्तीको लडाईम मगरातका सम्पूर्ण बाहुन, क्षेत्री, दलित अन्य जातिहरु र संसार भरका मगरहरु यो मगरात आन्दोलन अभियानमा सहभागी भएर सहयोग गरेर आन्दोलन अभियान सफल पार्न तपाइ हामी एक हुनुको विकल्प नै छैन लाफाहरु।तपाइ हामी दाया वाया फर्किन थालियो भने फुटाउ र राज गर निती अगाडी वडिरहेको छ हामिले बुझ्न जरुरी छ, मगरात पहिचान मागेर होईन लडेर पाईन्छ ।विगतमा यो देशको निम्ती लडेका हौ, निरन्तर लडिरहनु पर्छ। मगर -मगर फुटेर होइन एक भएर आवाज उठाउन आबश्यक छ।मगरात भुमी इतिहास पहिचानमा जोडिएको भुमे/भुम्या/भूम्हेँ पर्व महान सास्कृतिक चाड राष्ट्रियरुपमा मनाउन तपाइ हामी सवैको कर्तव्य हो।जय मगरात, जय मगरात सहित संघीय गणतन्त्र नेपाल । झोर्ले,जेदो, सिमेपउ।धन्यवाद।।

यो पनी पढौ:मगरात भुमी इतिहास पहिचानमा जोडिएको भुमे/भुम्या/भूम्हेँ पर्व महान साँस्कृतिक चाड हो।
सर्लाहीमा भारतीय नागरिक जवर्जस्ती नेपाल प्रवेश गर्न खोजेपछी सशस्त्र प्रहरी बलद्धारा १० राउण्ड हवाई फायरिङ
तमुवान मगरात(गण्डकी)प्रदेशमा ३७ जना कोरोना,कुल संक्रमितको संख्या १८८ जना पुग्यो।
तपाइ फेसबुक ,ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar