डा. महावीर पुन मगरको जीवन : देश समृद्ध बनाउने सपनाले आविष्कार केन्द्र जन्मियो


डा. महावीर पुन मगर वैज्ञानिक तथा सामाजिक अभियान्ताका रूपमा परिचित छन् । अमेरिकाको नेब्रास्का विश्वविद्यालयबाट विज्ञानमा स्नातकोत्तर गरेका पुनको देशलाई विकासको गतितिर अग्रसर गराउनेमा विशेष योगदान छ ।

वायरलेस प्रविधिद्वारा देशका ग्रामीण क्षेत्रमा सूचना प्रवाह गर्ने लक्ष्य बोकेर नेपाल वायरलेस सञ्जाल परियोजनामार्फत इन्टरनेट सञ्जाल विस्तार गर्न सफल महावीर त्रिभुवन विश्वविद्यालयभित्र रहेको राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष पनि हुन् ।

जनस्तर र विदेशीको सहयोगबाट स्थापित केन्द्रले ड्रोन, बायोमेडिकल, कृषि, शिक्षा, स्वास्थ्य लगायतका २० भन्दा बढी क्षेत्रमा नयाँ–नयाँ अनुसन्धानको काम गरिरहेका छ । यो केन्द्रबाट उनी नयाँ सोच भएका युवालाई उद्यमी बन्न र मुलुकको आर्थिक विकासमा योगदान दिन प्रेरित गर्दै निःशुल्क अध्ययन, अनुसन्धानको वातावरणसमेत मिलाउँदै आएका छन् ।

‘इन्टरनेट हल अफ फेम’, ‘समग्र सामाजिक नवीनता पुरस्कार’, एसियाको नोबेल पुरस्कारले चिनिने ‘रोमन म्यागासेसे अवार्ड’ जस्ता महत्त्वपूर्ण सम्मान प्राप्त पुनलाई नेपालको विज्ञान र अनुसन्धानमा उल्लेखनीय योगदान गरेको भन्दै अमेरिकाको नेब्रास्का विश्वविद्यालयले मानार्थ ‘डाक्टर’समेत दिएको छ ।  देश समृद्ध बनाउने सपना र लक्ष्यका साथ अगाडि बढिरहेका महावीर पुन मगरको जीवनका विभिन्न पाटा रातोपाटीको ‘मेरो जीवन’ स्तम्भमा उनकै शब्दमा :

मेरो कुनै जागिर, व्यवसाय छैन । राष्ट्रिय आविष्कार केन्द्रमा बसेर पनि मैले गर्ने खास केही हुँदैन । यहाँका भाइबहिनीको गोठालो बस्ने हो । त्यो हिसाबले मसँग फुर्सदैफुर्सद छ ।

मेरो खाना

खानेकुरामा मलाई मनपर्ने नपर्ने भन्ने केही छैन । त्यो खाएर स्वस्थ्यमा असर गर्दैन, मरिँदैन, शरीरमा जाँगर दिन्छ र फाइदा हुन्छ भने जे पनि खान्छु । मेरा जिब्राले स्वाद छुट्याउँदैन ।

म एक्लै कहिल्यै रेस्टुरेन्ट जान्नँ । साथीभाइसँग जाने हो । त्यहाँ उनीहरुले जे मगाउँछन्, त्यही खान्छु । पकाउन रुचि छैन । आवश्यक पर्यो भने पकाउँछु । मैले पकाउने भनेको सबैथोक एक ठाउँमा हालेर खिचडी हो ।

मेरो फिट्नेस

फिट्नेसकै लागि छुट्टै एक्सरसाइज गर्दिनँ । हिँडडुल गर्दा, काम गर्दै शरीरलाई एक्सरसाइज हुनेगर्छ । जिम, मर्निङवाकको बानी छैन ।

मेरो पोसाक

म पोसाक यस्तो प्रयोग गर्छु भन्ने छैन । जसले जे दियो, त्यही लगाउने हो । जाडोमा बाक्लो र गर्मीमा पातला लगाउँछु । अरूले नपत्याउन पनि सक्छन् । मैले पहिरन नकिनेको ३० वर्षभन्दा बढी भयो होला ।

धेरै मानिसलाई मैले कपडा किन्दैन भन्ने थाहा छ । उहाँहरुले पुराना, नयाँ जे दिन्छन् त्यही लगाउँछु ।

राम्रो, नराम्रो, यो कलर, त्यो कलर भन्ने छैन पहिरनमा । विदेशका विशेष कार्यक्रममा जानुपर्यो भने कोटपाइन्ट लगाउँछु । अन्य समय पहिरनको मतलब गर्दिनँ ।

मेरो अध्ययन

मैले पुस्तक नछोएको १५, १६ वर्ष भयो । अमेरिकामा पढ्दाखेरी धेरै पुस्तक पढेँ । नेपाल फर्किएपछि गाउँघर डुल्ने, समाजसेवा गर्ने गर्दा पुस्तक हेर्ने समय भएन । पहिले विज्ञान र विभिन्न नलेजका पुस्तक पढ्थेँ ।

मेरो घुमफिर

फ्री भएका कारणले घुमफिर गर्दिनँ । काम विशेषले धेरै ठाउँ घुमेको छु । कामको सिलसिलामा देशको करिब ४० जिल्ला पुगेँ । विदेशको २८ देश टेकेको छु ।

साइटसिन गर्न, त्यतिकै घुम्न कुनै ठाउँ जाँदिनँ । कामको सिलसिलामा जाने हो । जे काम छ, त्यो गर्ने, फर्किने हो । धेरै देश घुमेर संसार बुझिसकँे । जुन देश गए पनि ढुङ्गा, माटोले बनेको हुन्छ । त्यसैले अहिले कतै जान मन लागेको छैन ।

मेरो फुर्सद

फुर्सद जहिले पनि छ । किनभने मेरो कुनै जागिर, व्यवसाय छैन । राष्ट्रिय आविष्कार केन्द्रमा बसेर पनि मैले गर्ने खास केही हुँदैन । यहाँको भाइबहिनीको गोठालो बस्ने हो । त्यो हिसाबले मसँग फुर्सदैफुर्सद छ ।

मेरो खेलकुद

जीवनमा खेल खेल्ने, यसमा रमाउने त्यस्तो मौकै मिलेन । स्कुल पढ्दा अलिअलि भलिबल खेल्ने गरिन्थ्यो । त्यो पनि रहरले हो ।

मेरो मोबाइल

अहिले मसँग सामसुम ब्रान्डको एउटा मोबाइल छ । त्यो २४ घण्टा मेरो साथमा रहन्छ । मोबाइल अहिलेसम्म आफैले किनेको पनि छैन । साथीहरुले जेजस्तो दिन्छन्, त्यस्तै चलाउने गर्दछु । फोन गर्न, उठाउन, सामाजिक सञ्जाल चलाउन मोबाइल प्रयोग हुन्छ ।

मेरो टिभी

टिभी मसँग छँदा पनि छैन, हेर्दा पनि हेर्दिनँ । कतैजाँदा होटलमा बस्दा टिभी भएको रूम छ भने टिभी त्यहाँ हेर्ने हो । टिभीमा जोग्रफी, डिस्कभरी, एनिमल प्लानेट हेर्छु ।

मेरो चलचित्र

मैले पछिल्लो समय फिल्म हेरेको सन् २००० मा हो । त्यो समय क्याराभान भन्ने फिल्म हेरेको थिएँ । त्यसपछि फिल्म हलमा टेकेको छैन । अमेरिकामा ४ वर्षबस्दा जम्मा दुईटा फिल्म हेरेको थिएँ । अहिले फिल्म हेरौँ भन्ने लाग्दैन ।

मेरो पेसा

मेरो पेसा घुम्ने, गफ गर्ने, नयाँ पुस्ताको आविष्कारमा साथ दिने हो । पैसा कमाउने कुनै पेसा छैन । आविष्कार गर्न खोज्नेका लागि वातावरण मिलाउने काम गर्छु ।

अहिलेसम्म मैले केही आविष्कार गरेको छैन । म आविष्कार गर्न भनेर आएको पनि होइन । समाज सेवा गर्ने उद्देश्यले म नेपालमा बसेको हो । समाजसेवाका क्रममा विभिन्न सामाजिक विकासका काम गरियो । जस्तै गाउँगाउँमा इन्टरनेट थिएन, त्यो लैजाने काम भयो । गाउँघरका लागि भनेर माइक्रो हाइड्रो बनाउने काम भयो । चाैरी पालनदेखि विभिन्न काम भए ।

अहिले राष्ट्रिय अनुसन्धान केन्द्र खोलेर प्रयोगको वातावरण मिलाउने गरेको छु । प्रतिभाशाली व्यक्तिहरुलाई फकाएर फुल्याएर काम गर्ने, अनुसन्धान गर्न लगाउने काममा केन्द्रित छु । त्यो काम कुनै विषयसँग केन्द्रित छैन । जुनसुकै विषयका पनि हुनसक्छन् । यो केन्द्रको म अध्यक्ष हो ।

मेरो सपना

नेपाल समृद्ध बनाउने सपना र लक्ष्य छ । १३ वर्ष शिक्षण पेसामा रहेकाले अमेरिका रहँदा शिक्षा क्षेत्रमा केही काम गर्ने सपना थियो । नेपाल फर्किएपछि त्यो सपना परिवर्तन भयो । समाजसेवाका लागि गाउँघर घुम्न थालियो । त्यो क्रममा नेपालमा सानोतिनो काम गरेर देश समृद्ध बनाउन सकिन्न भन्ने बुझेँ । देश समृद्ध बनाउने सपना देखेको कारणले आविष्कार केन्द्रको जन्मभयो ।

१३ वर्ष शिक्षण पेसामा रहेकाले अमेरिका रहँदा शिक्षा क्षेत्रमा केही काम गर्ने सपना थियो । नेपाल फर्किएपछि त्यो सपना परिवर्तन भयो । समाजसेवाका लागि गाउँघर घुम्न थालियो । त्यो क्रममा नेपालमा सानोतिनो काम गरेर देश समृद्ध बनाउन सकिन्न भन्ने बुझेँ । देश समृद्ध बनाउने सपना देखेको कारणले आविष्कार केन्द्रको जन्मभयो ।

मेरो प्रेम

विसं २०५३ तिर मैले प्रेम विवाह गरेको हो । सामाजिक कामको सिलसिलामा गाउँघर डुल्दा एक युवतीसँग प्रेम बस्यो । प्रेम भएको तीन वर्षपछि उनीसँग मागी विवाह गरेँ । अहिले दुईवटा छोरी छन् । श्रीमती र छोरीहरुलाई पोखरामा राखेको छु । म काठमाडौँ बस्छु ।

मेरो गीतसङ्गीत

गीतसङ्गीत मनपर्छ, सुन्छु । तर यसमा लत बस्ने भन्ने भएन । पहिले रेडियोमा सुनिन्थ्यो नारायण गोपाल, भक्तराज आचार्यका गीतहरु । अहिले गीतसङ्गीत नसुनेको धेरै भयो ।

मेरो मापसे

मापसे गर्न थालेको अहिले ३० वर्षभयो । अमेरिकाबाट फर्किएर समाजसेवा गर्न थालेपछि मापसे गर्न थालेको हो । पहिले खादिन थिएँ ।

अहिले मापसेमा ब्रान्डसँग मतलब छैन । जे पनि खान्छु । कहिले कहिले मातिने गरेर पनि खान्छु ।

मेरो भुल

जीवनमा भुल भए होलान् । भुल नभएको भए जीवन अहिलेको अवस्थासम्म आइपुग्दैन थियो । भुल भन्ने जानेर गरिँदैन । अचानक गर्ने हो । भुललाई मैले कहिल्यै ठूलो ठानेको छैन । भुलबाट सिक्नुपर्छ भन्ने मेरो धारणा हो ।

जसले भुल गरेर सिक्दैन त्यो चाहिँ ठूलो भुल हो । पहिले साथीहरु पढेर इन्जिनियर, ठूला अफिसका हाकिम भएको देख्दा गरिब परिवारमा जन्मिएर पढ्न नसकेकोले भुल भयो भन्ने लाग्थ्यो ।

तर अहिले त्यो भुल होइन भन्ने लाग्न थालेको छ । म डाक्टर, इन्जिनियर बन्न लागेको भए अहिले जति गर्न सक्दैन थिएँ होला सायद ।

मेरो रोग

भगवानको कृपाले अहिलेसम्म त्यस्तो ठूलो रोग केही छैन । फिट एन्ड फाइन छु ।

मेरो राशि

जन्म महिना, दिन र समयले राशि थाहा पाउने हो । मलाई भने आफ्नो जन्मदिन थाहा छैन । नाम अहिले महावीर हो । त्यो नामबाट ‘सिंह’ राशि हुन्छ । यो राशि, ग्रहदशामा म विश्वास पनि गर्दिनँ ।

मेरो मृत्यु

मृत्यु जीवनको एउटा प्रोसेस हो । जन्मने र मर्ने कुरो सत्य हो । एक दिन मृत्यु अवश्य हुन्छ । मृत्युमा कसैको केही लाग्दैन ।
तपाइलेDigital currency exchangers

यो पनी पढौ:जनताका बीचमा गएर नयाँ जनमत लिने अवसर : गृहमन्त्री राम वहादुर थापामगर’वादल’
महान जनयुद्ध र जनआन्दोलनमा सहभागी भएर प्रभावित भएकाहरुलाई सम्मान र परिचयपत्र वितरण गर्ने मन्त्रिपरिषद्‌को निर्णय
संंसद पुन:स्थापना मुलुक प्रतिक्रान्ती/प्रतिगमन हुन्छ: गृहमन्त्री राम वहादुर थापा मगर(वादल)
देशैभर १६५ निर्वाचन क्षेत्रमै चुनावी आन्दोलनको मोर्चामा जुट्नुहोस्: गृहमन्त्री रामबहादुर थापा मगर(वादल)
संघर्षबाट प्राप्त उपलब्धि गुम्ने खतरा छ, निरंकुशतावादीहरू सल्बलाउन थाले- प्रचण्ड
यो त आन्दोलन होइन, यो त आन्दोलनको टेलर मात्रै हो : प्रचण्ड (सम्बोधनको पर्णपाठ)
केपी ओली वैशाखसम्म प्रधानमन्त्री हुन्छन्, त्यसपछि पत्तासाफ: प्रचण्ड
केपी ओली वैशाखसम्म प्रधानमन्त्री हुन्छन्, त्यसपछि पत्तासाफ: प्रचण्ड
संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओली र राष्ट्रपतिको असंवैधानिक र अलोकतान्त्रिक कदमलाइ महिला संगठनद्वारा विभिन्न आन्दोलनको घोषणा
“मैले बामदेव र बादलको साथ पाएँ भने देशको कायापलट गरिदिन्छु” पूरा पढनुहोस्
प्रचण्ड संसदीय दलको नेता बन्दै, संसद भवनमा बाेलाइयाे बैठक
नेकपाको दुइतिहाइ बहुमत पक्षको निर्णय:ओलीलाई पार्टी अध्यक्षबाट हटाएर साधरण सदस्य
यी हुन् नेकपा (प्रचण्ड-नेपाल समुह) को केन्द्रीय समितिका १० बुँदे निर्णय
प्रहरीको रासन सुविधा बढाउन तयार छुः गृहमन्त्री रामबहादुर थापा मगर(वादल)
गृहमन्त्री रामबहादुर थापा मगर (बादल)सँग नेपालका लागि युरोपेली सङ्घ(इयू)का राजदूत नोना देप्रेजले बुधबार शिष्टाचार भेटवार्ता
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को पहलमा हट्यो सोलु करिडोर प्रसारण लाइन निर्माणको अवरोध
हवाई प्रतिवन्ध हटाउन इयुलाइ गृहमन्त्री रामबहादुर थापा मगर (बादल)को अपिल
आगामी वर्ष पनि विद्युत् शुल्क घटाइने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को उद्घोष
गृहमन्त्री रामबहादुर थापा मगर‘बादल’ले जनताको सुरक्षा योजना र रणनीति बनाउन मातहतका निकायलाई कडा निर्देश
प्रदेशको नाम ‘मगरात–लुम्बिनी’ राख्न नेपाल मगर संघ र मगरात संयुक्त संघर्ष समितिको माग
एसपी ओम राना मगरको नया कडा एक्सन: वडा दशै,तिहार तथा छटमा सुरक्षा योजना सार्वजानिक
आज अनसन तोडिदै:डाक्टर केसी र सरकार विच के भयो सहमती? (पुर्णपाठ सहित)
प्रदेश नं.५ लाइ मानव पहिचान र सभ्यताको आधारमा मगरात गर्न मगर संघको माग नगरे अन्तराष्ट्रिय अदालतमा दर्ज गर्ने
प्रदेश नं. ५ नामाकरण ‘मगरात थरुहट अवध’ संसदमा प्रस्ताव दर्ता गर्दै एेतिहासिक कार्य
वलात्कार तथा हत्याका अपराधीलाइ कठघरमा ल्याउन कडा कदम चालिएको छ: गृहमन्त्री राम वहादुर थापा मगर(वादल)
गृहमन्त्री रामवहादुर थापा मगर’वादल’ भन्नुहुन्छ,’सिमाको सुरक्षाको लागी सवै एक हौँ।


मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar