को हुन् नेपालको प्रथम सहिद लखन थापा मगर ?


सन् १९१४ मा भारत स्वतन्त्रता आन्दोलनमा अंग्रेज शासनविरुद्ध सैनिकले ठूलो विद्रोह गर्यो । त्यसलाई दबाउन र अंग्रेजलाई सहयोग गर्न जंगबहादुरको नेतृत्वमा २५ नेपाली पल्टनसहित पुरानो गोरखगणका लखन थापामगर, जयसिं चुमी रानामगर, कालीबहादुर गणका श्रीपत गुरुङल गायत लखनउ पुगेका थिए । विद्रोही आन्दोलन दबाउने क्रममा त्यहाँका जनतालाई अत्याचार गरी निर्मम तरिकाले हत्या गरेका दृश्य, नबाब अलि साहको दरबारको सम्पत्ति लुटपाट, भारतलाई स्वतन्त्रता दिलाउन बलिदानी दिने सहिदको संघर्षलाई नजिकबाट नियालेका लखनको हृदयमा नेपालमा जंगबहादुरको अत्याचारविरुद्ध आन्दोलन गर्ने ऊर्जा प्राप्त भयो ।
 राजा–महाराजाले ‘मेरा देशका लाटागाँडा जनताहरु’ भनेर सम्बोधन गरिने समयमा जनता पूर्ण अशिक्षित, धर्मकर्ममा बढी चासो राख्ने भएकाले जातीय देवीदेवताका शक्तिका नामबाट जनचेतना जगाउँथे लखन । नेपालको राजनीतिक इतिहासअनुसार ‘जंगेले नेपाल म्लेच्छलाई बेच्यो, दुनियाँलाई त्राहीत्राही पारिरहेको छ, जातपात, छुवाछुत झन् चर्काएको छ । जंगेलाई हटाएर नेपाल आमालाई पापको बोझबाट हल्का पार्नुपर्छ । नेपालमा सत्ययुग फिराऊ, मनकामना देवीले मलाई बरदान दिएकी छन् । भाइ हो ! तयार होऔं’ भनेर गाउँलेलाई ठाउँठाउँमा भेला गराएर चेतना फैलाउँदै उनी संगठित हुन आह्वान गर्थे । उनी नेपालमा बेलायतको जस्तो संसदीय प्रणाली लागू गर्न उत्प्रेरित थिए भने अंग्रेजको साम्राज्यवादी नीतिका कट्टर विरोधी । मृत्युदण्ड सन् १८७६ मा लखन थापाको नेतृत्वमा २ हजार जति युवाको सैनिक संगठनले गोरखाको बुङकोट काहुँले भंगारमा ठूलो किल्ला, तीनतले दरबार, पिटी, परेड खेल्ने टुँडिखेल बनाई आवश्यक हातहतियार जम्मा गरे । त्यतिबेला जंगबहादुरले आफू श्री ३ बाट श्री ५ बन्न युवराज सुरेन्द्रलाई हातमा लिइसकेका थिए । 

तर, पछि विद्रोह हुँदा श्री ५ हुन उनी असफल भए । चन्द्रागिरि भञ्ज्याङमा घाट लगाएर जंगबहादुरलाई मार्ने योजना लखन थापाले बनाए तर उक्त योजनाको पोल टीकादत्त जैसी (कसैकसैले बोर्लाङका थापाक्षत्रीहरु भन्छन) ले खोलेकाले ४०–५० दिनको सिकार खेल्ने कार्यक्रम १६ दिनमै स्थगित गरेर जंगबहादुर काठमाडौं फर्के । काठमाडौं फर्किनासाथ क्रोधित स्वरमा देवीदत्त बटालियनलाई जंगबहादुरले आदेश दिए, ‘लखनलाइ मनकामना बाराहीकै छेउमा झुन्ड्याई मार्नू !’ जङ्गबहादुरले पठाएको देवीदत्त बटालियनका सैनिकसँग बुङकोटमा घमासान लडाइँ गर्दागर्दै गोलीगठ्ठा र रासनपानी सकिएपछि लखन थापाले आत्मसमर्पण गरे । जयसिं चुमी रानामगर र उनका सहयोगीलाई जंगबहादुरको सैनिकले पक्री बाँसको पिँजडामा बाँधेर निर्ममतापूर्वक काठमाडौ पु¥याइ मारियो ।
 जंगबहादुरले ठूलो भूल भएको प्रायश्चित गर्दै केही सैनिकलाई लखन थापालाई नमार्नू भन्ने आदेश पठाए तर जैसी र थापाक्षत्रीले सुइँको पाउनासाथ बेनीघाटमा घाटेहरुलाई डरधम्की देखाई केही रकम दिएर आफ्नो पक्षमा पारे । तीन दिनपछि सैनिक पुग्दा १९३३ फागुन २ गते दरबार अगाडिको खिर्राको बोटमा उनलाई झुन्ड्याइएको थियो । सन्त ज्ञान दिलदास र कालु लम्साललाई बाहुन भएकाले मृत्युदण्ड दिइएन भने सुकदेव गुरुङलाई गोरखाको जेलमा यातनापूर्ण ढंगले हत्या गरियो । अन्य ५० जना सहयोगीलाई बाँसको पिँजडामा राखी काठमाडौं ल्याई टुँडिखेलको रुखमा झुन्ड्याइयो । लखन थापालाई मारेको खबर पाउनासाथ जंगबहादुरको मन बेचैनीले छटपटाउन थाल्यो । 
 उनी स्वयं बुङकोट गई लखन थापाको लाससँग क्षमा मागी पत्थरघट्टाको बाटो हुँदै फर्किंदा जंगबहादुरको पनि बाटैमा रहस्यमय मृत्यु भयो । स्थानीय जनविश्वास ‘म मरेको सात दिनभित्र त्यो जंगे पनि मर्नेछ । मलाई झुन्ड्याइएको बेला कोही पनि नरुनू र पीर नगर्नू, मेरो शरीर कुहेर भुइँमा खस्यो भने लखन थापा मरेर गएछ भनेर जान्नू । यदि त्यसै सुकेर सानो–सानो भई झुन्ड्याएको डोरीमा शरीर बिलाएमा लखन थापा जिउँदैछ भनेर बुझ्नू।  मलाई झुन्ड्याइएको डोरी सुरक्षित राख्नू, म एकदिन फर्केर आउनेछु,’ राणाका सेनाले बलिदानी दिनुअघि लखनले जनसमुदायलाई सम्बोधन गरेका थिए । स्थानीय गाउँलेलाई घटना गुपचुप राख्न कागजमा सहीछाप गराई राणाहरुले रुपैयाँ बाँडेका थिए । गाउँलेले उक्त रुपैयाँ आफूसँग नराखी सामूहिक रुपमा गोरखा दरबार परिसरमा लखन थापाको नाममा ठूलो घन्टा किनेर चढाएका थिए । लखन र उनका सहयोगीलाई मारेपछि उनको शरीर डोरीमा विलीन भएको र अन्यको कुहेर भुइँमा झरेकाले स्थानीय बासिन्दामा उनी मरेका छैनन, देउतामा परिणत भएको विश्वास छ । केही वर्षअघिसम्म लखनलाई झुन्ड्याइएको डोरी पेट दुख्ने र अन्य उपचारका लागि प्रयोग गर्दा सकिएको स्थानीय समुदायले बताएका थिए । 
उनको मृत्यु हिंसात्मक ढंगबाट भएकाले उनले पनि भयाँर पूजा (मगर जातिले सामूहिक रुपमा हिंसात्मक घटनामा मृत्युवरण भएकाहरुको स्मृतिमा गरिने पूजा) गर्ने गरेको हुँदा गोरखा, बुङकोट, काहँुले भंगारमा प्रत्येक वर्ष पुस महिनाको पहिलो पञ्चमीका दिन भयाँर पूजालाई ‘लखन्या पूजा’ भन्ने गरिन्छ । प्रथम सहिद घोषणा नेपालको राजनीतिक इतिहासमा निरकुंश जहानियाँ राणाशासनका प्रवर्तक जंगबहादुर राणा विरुद्ध जनतामाझ पहिलोचोटि जनस्तरबाट विद्रोह गरेका लखन थापाले प्रजातान्त्रिक आन्दोलन देश र जनताका निमित्त १९३३ फागुन २ गते आहुति दिएका थिए । 
उनले सहादत पाएको १२५ वर्षपछि २०५६ फागुन ११ गते राज्यले लखनलाई सहिद घोषणा गर्यो । प्रथम सहिदचाहिँ भनेन । सहिद घोषणा प्रक्रियामा असन्तुष्ट बनेका मगरहरुको साझा संस्था नेपाल मगर संघले २०६२ माघ १० गते संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयमा बुझाएको ज्ञापनपत्रमा लखन थापालाई प्रथम सहिद घोषणा गर्नुपर्ने माग थियो । ‘प्रथम सहिद घोषणा गर्न ऐतिहासिक प्रामाणिक तथ्य एवं अन्य विवरण आवश्यक पर्ने र 
निज अघि नेपालमा अन्य कुनै व्यक्तिले राष्ट्र, राष्ट्रियता, राष्ट्रिय एकता, अखण्डता, राष्ट्रिय एकीकरण, राजनीतिक स्वतन्त्रता, प्रजातन्त्रलगायत राष्ट्रिय जीवनका अन्य क्षेत्रहरुमा योगदान दिँदै प्राण आहुति गरेका छैनन् भन्ने यकिन प्रमाणित तथ्य तथा विवरण आवश्यक पर्ने भएकाले श्री ५ को सरकारबाट पहिल्यै सहिद घोषणा गरिसकिएको लखन थापालाई प्रथम सहिद घोषणा गर्ने तथ्यगत एवं व्यावहारिक हिसाबले पनि कठिनाइ पर्ने’ व्यहोराको पत्र सरकारले थमाएको थियो । 
नेपाल मगर संघ र प्रथम सहिद लखन थापामगर स्मृति प्रतिष्ठानले निरन्तर सरकारलाई कडा चेतावनीसहित ज्ञापनपत्र बुझाउँदै इतिहासकार, बुद्धिजीवीसँग गोष्ठी, अन्तरक्रियामार्फत दबाब दिइरह्यो । मगर सभासद समूह र समर्थक सभासदको हस्ताक्षरसहित सभासद शिवलाल थापा मगरले संविधानसभा, व्यवस्थापिका संसद सचिवालयमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव राख्दै ‘जंगबहादुर राणाको जहानियाँ शासनविरुद्ध जनविद्रोह गर्ने पहिलो व्यक्ति लखन थापा मगरलाई प्रथम सहिद घोषणा गरियोस् भन्दै निवेदन दिए । व्यवस्थापिका संसदमा सोही कुरालाई जोड दिँदै ‘प्रथम सहिद घोषणा गर्ने आधार र अकाट्य प्रमाण हुँदा पनि अझसम्म घोषणा नगरिएकाले प्रथम सहिदप्रति अपमान भएको ध्यानाकर्षण गरेपछि बाध्य भएर २०७२ असोज ३ गतेको नेपाल सरकार मन्त्रिपरिषदको निर्णयले ‘लखन थापा मगरलाई नेपालको प्रथम सहिद घोषणा गरिएको व्यहोरा जानकारीका लागि निर्देशानुसार गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयको पत्रमा उल्लेख गरिएको छ । 
सामान्य ज्ञानदेखि इतिहासकारबीच एकमत भए पनि जनस्तरमा परिचित लखन थापालाई भूमिगत रुपमा संविधान जारी गरिएको दिन १३९ वर्षपछि मात्र प्रथम सहिद घोषणा गरिएको छ । जनताबाट पहिले सम्मानित राष्ट्र, राष्ट्रियता, राष्ट्रिय एकता, अखण्डता, राष्ट्रिय एकीकरण, राजनीतिक स्वतन्त्रता, प्रजातन्त्रलगायत राष्ट्रिय अन्य विषय र क्षेत्रमा ठूलो योगदान दिँदै प्राण आहुति गरेको व्यक्तिलाई सहिद भनिए पनि प्रजातान्त्रिक आन्दोलनका लागि पहिलोचोटि निरकुंश जहानियाँ राणाशासक जंगबहादुर राणाविरुद्ध, जनस्तरबाट सशस्त्र विद्रोह गरेका लखन थापाले देशका लागि बलिदान दिएका थिए । उनको बलिदानी राज्यले स्वीकार्न १३९ वर्ष लाग्यो । तर, त्योभन्दा पहिल्यै इतिहासकारले उनी नेपालका प्रथम सहिद हुन् भनी दाबीसाथ लेखेका थिए । 
उनै प्रथम सहिद लखन थापाको आहुतिलाई सम्मान गर्दै उनलाई झुन्ड्याइएको स्थानमा सालिक स्थापना गरिएको छ । २०६२ र ६३ को जनआन्दोलनले राजा, महाराजाका फोडिएको सालिकको स्थानमा बुटवल, पाल्पा, पोखरा र धादिङमा लखन थापा मगरको सालिक स्थापना गरिएको छ । घोराही, दाङमा निर्माणाधीन सहिदपार्क, अन्य ठाउँमा सडक, चोक आदिको नामकरण प्रथम सहिद लखन थापाबाट गरिएको छ । 
नेपाल मगर संघ र प्रथम सहिद लखन थापा मगर स्मृति प्रतिष्ठान तथा अन्तर्राष्ट्रिय क्षेत्रमा मगर संघ, हङकङ, अमेरिका, अस्टे«लिया, क्यानाडा, बेल्जियम, कतार, साउदी अरब, मलेसिया, ओमान, बहराइन, जापानले प्रथम सहिद लखन थापा मगरको स्मृतिमा विविध कार्यक्रम गरी प्रथम सहिद घोषणा गर्न दबाब दिँदै आएका थिए ।

नेपाल राज्य र नेपाली राजनीतिका सबै दलहरुलाई थाहा छ कि क्याप्टेन लखन थापा मगर निरंकुश राणा शासनका विरुद्ध विद्रोह गरेर जंगे प्रधानमन्त्री जंगबहादुर राणाको गर्धनमा तरवार प्रहार गरेर सबै जनता र राष्ट्रको स्वतन्त्रता र प्रजातन्त्र प्राप्तिका खातिर जीवनकोे वलिदान दिने पहिलो नेपाली हुन् । विडम्बना दुई सय चार वर्षीय जहानिया राणा शासनको अन्त्य भएर २००७ सालमा प्रजातन्त्रको स्थापना भयो । २०१७ साल पछि ३० वर्ष सम्म एक तन्त्रिय पञ्चायती व्यवस्था चल्यो । २०४६ सालमा पञ्चायतको अन्त्य भइ देशमा पहिलो पटक संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रको स्थापना भयो । २०५२ फागुन १ गते देखि माओवादी शसस्त्र जनयुद्ध चल्यो द्धन्दको दश वर्षमा मुलुकमा धेरै धनजनको क्षति भयो र २०६२ मंसिर ८ गते तत्कालिन सात राजनैतिक दल र माओवादीको बीचमा १२ वुँदे दिल्ही सम्मौता भई निरंकुश राजतन्त्रका विरुद्ध लोकतान्त्रिक गणतन्त्र प्राप्तिका खातिर संयूक्त जनआन्दोलन अगाडि बढ्यो । परिणाम स्वरुप २०६३ बैशाख ११ गते निरंकश  राजतन्त्रले घुँडा टेक्न बाध्य भयो र मुलुकमा लोकतान्त्रिक गणतन्त्रको स्थापना भयो र नेपाली राष्ट्रिय राजनितिको रंगमञ्चबाट संवैधानिक राजतन्त्रको दीर्घकालिन अन्त्य भयो । नेपाली जनतामा खुशीयाली छायो । बहुजातिय स्वतन्त्रता, सामाजिक न्याय, सुसाशन, समृद्धि र बलियो सार्वभौम राष्ट्रियता सहितको वर्ग विभेद् नभएको उन्मुक्त समाजको उच्च आकांक्षा पैदा भएको थियो । पहिलो पटक जनताबाट निर्वाचित जनप्रतिनिधिहरुले मुलुकको मुल कानुन मानिने संविधान लेख्दै गर्दा प्रजातन्त्र,लोकतन्त्र र गणतन्त्र प्राप्तिका लागि ज्यानको बलिदान दिने शहीदहरुको उचित सम्मान, वेपत्ता योद्धाहरुको वास्तविक अवस्था  सार्वजनिक गर्ने , घाइते अपाङ्ग भएको व्यक्तिहरुको गाँस बाँस, स्वास्थ्य र शिक्षाको पूर्ण जिम्मा राज्यले लिने अपेक्षा आम जनतामा थियो । तर अपेक्षाकृत समान न्याय दिन राज्य असफल रह्यो । यसको परिणाम अमैm पनि मुलुकमा राजनितिक र सामाजिक मुक्ति संघर्षको तुष बाँकी रहन गयो । यति मात्र होइन यो गणतान्त्रिक राज्य र सरकारले प्रजातन्त्र प्राप्तिका लागि संघर्ष गर्ने संस्थापक पिताहरु प्रथम शहीद क्याप्टेन लखन थापा मगर , किसान आन्दोलनका सम्रात भिमदत्त पन्त र क्रान्तिकारी किसान आन्दोलनको योद्धा कामी बुढा मगर लगायतका वीर सपुतहरुको  बलिदान र योगदान प्रति उचित न्यायीक कदम चाल्नु पर्दथ्यो । यस मानेमा यो सरकार र राज्य पूर्ण रुपमा चुकेको छ । राज्यको आँखामा प्रजातान्त्रिक शहीद भनेर राणा कालका चार शहीदहरु घुमिरहदा उनीहरु भन्दा जेठा र बढी भन्दा बढी प्रजातान्त्रिक  संघर्ष गरेका यी तीन सपुतहरुलाई बिर्सनु पक्कै पनि सामान्य भुल नभएर चिन्तनगत समस्या हो भने प्रमाणित हुन आउँछ । तसर्थ यो सानो समय सन्दर्भ लेख मार्फत नजिकै आइरहेको १४४ औँ लखन स्मृति दिवसको सन्दर्भमा  नेपालका प्रथम शहीद ती क्याप्टेन लखन थापाको बारेमा केही संक्षिप्त चर्चा
१. को हुन् नेपालको प्रथम सहिद लखन थापा मगर ?  तत्कालिन गोरखा जिल्लाको बुङकोट गा.वि.स. काउले गाउँका (वृटिसद्वारा सञ्चालित इष्ट इन्डिया कम्पनी)को गोरखा फौजका एक सिपाहीको छोराका रुपमा जन्मिएका व्यक्ति हुन् लखन थापा । उनको जन्म हुने बेला बुबा आर्मीमै कार्यरत थिए र बुबा आमासँगै भारतमा बसेर लखन थापा मगरले साधारण शिक्षा हासिल गरेका थिए । तत्कालिन अवस्थामा नेपालमा राणा खानदान बाहेक अरुले शिक्षा पाउँने व्यवस्था थिएन । त्यसैले उनको शैक्षिक यात्रा भारतबाट अगाडि बढ्यो । जब लखन थापा मगर युवा हुँदै गए उनका बुवा आमा र आफन्तजनले गोरखा सैनिकमा भर्ति हुन साह्रै जोड गरे । तर सानै देखि देश प्रेमी र राष्ट्रवादी उनले आफन्त र घरपरिवारको त्यो प्रस्ताबलाई अस्वीकार गरे र नेपाल फर्किए । त्यतिबेला इष्ट इन्डिया कम्पनी मार्फत वृटिस सेनाले नेपालका विभिन्न भु–भागहरु अतिक्रमण गर्दै आफ्नो साम्राज्य जमाउँदै आइरहेको थियो । त्यही वृटिस साम्राज्यवादबाट नेपालको सुरक्षा गर्नुपर्छ , मातृभुमि बचाउँनु पर्दछ भन्ने भावना जागेर क्याप्टेन लखन थापा मगर तत्कालिन राणाहरुद्धारा गठित राणा फौजमा भर्ति भए र बहादुरीपुर्वक विभिन्न मोर्चाहरु संहाले । उनको बहादुरीता र युद्ध चातुर्यता तथा उत्कृष्ट युद्ध कौशलको कारण छोटो समयमै सेनाको महत्वपूर्ण पोष्ट अर्थात एसालतको पहिलो कमाण्ड क्याप्टेनी दर्जा पाउन सफल भए । 
२. लखन थापा मगरले सेनाबाट  विद्रोह किन गरे ?
क्याप्टेन लखन थापा मगर एक इमान्दार सैनिक मात्र थिएनन् उनी त्यति नै राष्ट्रवादी ,त्यति नै प्रजातन्त्र पे्रमी पनि थिए ।  त्यसैले उनले सोच्ने गर्दथे कि नेपाल राष्ट्र बचाउँनका लागि  जस्तो सुकै लडाई पनि लड्नु पर्दछ  तर आफ्नो राष्ट्रको रखवारी गर्दै गर्दा अन्य राष्ट्रको सार्वभौम अधिकार माथि कुनै पनि हस्तक्षेप हुनुहुदैन । तर तत्कालीन राणा प्रधानमन्त्री जंगबहादुर राणाले इष्ट इन्डिया कम्पनीसँग मिलेर भारतका विभिन्न ठाउँमा त्यहाँका जनताको सार्वभौम स्वतन्त्रता र वाक स्वतन्त्रता माथि दमन गर्न थाल्यो र त्यो अभियानमा क्याप्टेन लखन थापा मगरलाई पनि खटाउने काम ग¥यो । जंग बहादुर राणाको उक्त कदमले क्याप्टेन लखन थापा मगरलाई आफ्नो  सैन्य पेशा प्रति असाध्यै खिन्नता लाग्यो । यति मात्र होइन उनी चाहान्थे एउटा देशका सबै जनताले गाँस , बास,स्वास्थ्य शिक्षाको अधिकार समान रुपले पाउँनु पर्दछ  । चाहे जुन सुकै जात जातिको मानिस किन नहुन् सबैलाई राज्यले गर्ने व्यवहार समान होस् । तर देश त्यस्तो व्यवस्था थिएन ।  राणा र राजपरिवार बाहेक अरुलाई कुनै अधिकार दिइएको थिएन। नीति निमार्ण तहमा तत्कालिन राणाहरुले ब्राह्मण,क्षेत्री र ठकुरी बाहेक अन्य समुदायलाई निषेध नै  गरेका थिए । यस्तो खाले विभेद सही नसक्नु थियो । तर राणाका विरुद्ध आवाज उठाउने वित्तिकै राणाहरुको ठाडो आदेशमा तत्काल मृत्युदण्द पाउँनु पथ्र्यो । यस्तै राष्ट्रघात हस्तक्षेप, राजनैतिक र सामाजिक विभेदपूर्ण नीति प्रति असहमति जनाउदै  तिनै असमानताहरु तोडेर मुलुकमा ढिलो चाँडो समान प्रजातन्त्र , समान सामाजिक न्याय र समान सहअस्तित्व  सहितको शासन व्यवस्था स्थापना गर्न भनी क्याप्टेन लखन थापा मगरले सैनिक सेवाबाट विद्रोह गरी तत्कालिन राज्यको विरुद्ध विद्रोही सेना गठन ग¥यो र आफुलाई विद्रोही सेनाको चिफ जनरल घोषणा ग¥यो । अनि गोरखा , धादिङ, नुवाकोट,  कास्की र लम्जुङ्ग सम्मको भुगोललाई आफ्नो आधार इलाका बनाएर निरंकुश राज्यको विरुद्धमा  सार्वभौम स्वतन्त्र राज्य स्थापना माग सहितको  गतिविधि अगाडि बढाउँन थाल्यो । सानो तुकडीबाट शुरु गरेको फौजलाई वृद्धि गर्दै झण्डै २००० (दुई हजार) को संख्यामा पु¥याएका थिए । क्याप्टेन लखन थापा मगरको विद्रोहलाई दबाउन जंग बहादुर राणाले पटक–पटक आत्म समर्पण  गर्न खबर पठायो। तर आफ्नो विचार उद्देश्य र स्वाभिमानमा दृढ संकल्पीत लखन थापा मगरले बारम्बार निम्न मगरहरु अगाडि सारेर ती मागहरु सम्बोधन नभई आफ्नो विद्रोह नरोक्ने खबर पठाए । क्याप्टेन लखन थापा मगरको मागहरु यस प्रकार थियो ।  (अ)  हामी हाम्रो सार्वभौम स्वतन्त्रता जोगाउन जति कठोर र प्रतिबद्ध छौ त्यति नै लचिलो र प्रतिबद्ध दोस्रो मुलुकको सार्वभौम स्वतन्त्रता प्रति बन्न जरुरी हुन्छ । त्यसैले नेपाली युवाहरुलाई तलबको प्रलोभनमा वृटिस सेना मार्फत छिमेकी देश  भारतको स्वतन्त्रता माथि दमन गर्न लगाउने काम बन्द गरिनु पर्दछ ।  (आ)  चाहे जुन जाति धर्मका मानिस किन नहुन् सम्पूर्ण नेपालीले बराबर पढ्न, लेख्न र  बोल्न पाउँनु पर्दछ । राजा र प्रजालाई एउटै रथका दुई पाङ्ग्रा जस्तै बनाइनु पर्दछ । (इ)   नेपालमा बसोबास गर्ने विभिन्न जाति र समुदायहरुको पुख्र्यौली भाषा, धर्म, र संकार संस्कृतिको जर्गेना गरिनु पर्दछ र त्यस माथि लगाइको प्रतिबन्ध  हटाइनु पर्दछ ।  (ई)   मुलुक हाँक्नका लागि कुलिन शासन होइन जनताबाट निर्वाचित भएर जो सुकै नेपाली छोरी÷छोरा प्रधानमन्त्री बन्न पाउँने व्यवस्था हुनु पर्दछ । (उ)   उपरोक्त मागहरु यो राज्य र राणा प्रधानमन्त्रीले पुरा गरिदियोस् । मलाई भन्नै पर्दैन कि म आफै आफ्नो सेना विघटन गर्नेछु र स्वतन्त्रतापुर्वक बाँच्न पाउने, हिड्दुल गर्न पाउने समाजको एउटा नागरिक भएर बस्नेछु । तर मागहरु पुरा गर्नुको सट्टा जसरी आत्मसमर्पणको धम्की दिइएको छ यसको जवाफ प्रतिरोध युद्ध बाहेक अरु हुन सक्दैन । मैले आत्मसमर्पण गर्नु भन्दा नेपाल र नेपाली जनताको सार्वभौम स्वतन्त्रता र समानताको खातिर मर्नु नै जायज ठान्दछु । क्याप्टेन लखन थापा मगरको उपरोक्त दृढ जवाफबाट आतंकित राणा प्रधानमन्त्री जंगबहादुर राणाले झनै विवेक घुमाउन पुग्यो र कुरुर दमनमा उत्रियो । हजारौ फौजहरु परिचालन गर्नुका साथै सामदाम र दण्ड भेदका सयौ हड्कन्दाहरु प्रयोग गरेर क्याप्टेन लखन थापा मगरलाई घेराबन्दी बनायो ।
३. लखन थापा मगरको हत्याः  
अनेक षडयन्त्रका बावजुत अन्ततः राणा फौजले सबैतिरबाट लखन थापा मगर र उनका फौजलाई घेरा हाल्न पुगे र सम्पूर्ण रुपले घेरामा परिसके पछि क्याप्टेन लखन थापा मगरले जंगबहादुर राणालाई नै मारेर आफु मर्ने निधो गरे र जंगबहादुर आउने गौडामा  केही लडाकु फौजहरुसँग ढुकेर बसे । जब १९३३ फागुन १ गते राती जंगबहादुरको सवारी भयो । दर्जनौ फौजलाई अगाडि पछाडि राखेर सवार प्रधान मन्त्री विहानको ४÷५ बजेतिर उक्त स्थानमा आइपुग्दा वीर क्याप्टेन लखन थापा मगरले गोरखा बुङकोटको नजिकै रहेको गौँडामा बाटो माथि करिब ८ मिटर उचाईबाट हाम फालेर धारिलो तरवारले जंगबहादुर राणालाई प्रहार गरेका थिए । थापा मगरको प्रहारले सेतो घोडाबाट भुईमा झ¥यो र अगाडि पछाडिको फौजले तुरुन्त  एक्सन लिदा क्याप्टे लखन थापा मगरले थप आक्रमण÷प्रहार गर्न पाएनन् । लखन थापा आफ्नो दर्जन भन्दा बढी सहकर्मीहरु संगै गिरफ्तारमा परे । गिरफ्तार परेका क्याप्टेन लखन थापा मगर जयसिंह चुम्मी मगर लगायतलाई राणा सेनाले निर्घात यातना दियो र घाइते जंगबहादुर राणाको ठाडो आदेशमा १९३३ फागुन २ गते दिनको २ बजेतिर गोरखाको बुङकोट स्थित खिर्राको रुखमा झुन्ड्याएर बरबरता पुर्वक क्याप्टेन लखन थापा मगरको हत्या गरियो । जयसिंह चुमी मगर लगायत अरु पनि आधा दर्जन बढी मगरहरुको हत्या सँगै गरिएको बुझिन्छ । 
४. जंग बहादुरको मृत्यु लखन थापा मगरबाटः सबैभन्दा शक्तिशाली मानिएका राणा प्रधानमन्त्री जंगबहादुर राणाको मृत्युको कारण आजका दिनसम्म गोप्य राखिएको छ । तर विभिन्न तथ्यहरुले के पुष्टि गर्दछ भने जंगबहादुर राणाले क्याप्टेन लखन थापा मगरलाई म आफै काट्छु भनेर अगाडि बढ्दा क्याप्टेन लखन थापाको तरवार प्रहारबाट उनको मृत्यु भएको बुझिन्छ । ती प्रमाणहरु यसप्रकार रहेको छ । (क)   क्याप्टेन लखन थापा मगरलाई फाँसी दिदै गर्दा भनेका थिए कि मेरो मृत्युको ९÷१० दिनमा जंगबहादुर राणाको पनि मृत्यु हुनेछ र एक न एक दिन जहानिया राणा साशनको अन्त्य भई देशमा स्वतन्त्रता र समानता प्राप्त हुनेछ भनेर भनेका थिए । यसको अर्थ क्याप्टेन लखन थापा मगरलाई थाहा थियो कि आफ्नो प्रहारबाट जंगबहादुरलाई कति गहिरो चोट लागेको थियो र कति दिनमा मर्छ ? नभन्दै लखन थापा मगरलाई फाँसी दिएको ९ दिन पछि १९३३ फागुन ११  गते जंगबहादुर राणालाई मृत घोषणा गरियो । (ख)   दोस्रो प्रमाण जंगबहादुरको मृत्युलाई गुमनाम गोप्य राखियो र गोरखा जाँदा डायरिया (पखाला) लागेर त्यसैको कारण मृत्यु भएको भनेर राणा परिवारमा हल्ला गरियो तर जंगबहादुरको लास स्वयम उनकै भाइ भारदारहरुलाई पनि हेर्न दिएन ।  (ग)   निकै लामो समय पछि जंगबहादुरकोे मृत्युका बारेमा चर्चा परिचर्चा शंका उपशंका चलिरहँदा जंगबहादुर राणा गोरखा सवार हुँदा बाटोमा सेतो बाघको आक्रमणबाट घाइते भएको र यसैको कारण उनको मृत्यु भएको भनेर विभिन्न शंका उपशंकालार्ई मेटाउने कोशिस गरियो । ५.लखन थापा मगरलाई प्रथम राष्ट्रिय शहीद किन नमान्ने ? नेपालमा राणा शासन चलिरहेको थियो । देशमा एक खालको अन्धकार थियो । राणा र राजाहरु मालिक यहाँका जनताहरु दास जस्तै थिए । राणाको दिमागमा मानव स्वतन्त्रता भन्ने कुरा एक रति पनि थिएन । यता सर्वसाधारण जनताहरु जति नै पिँडा भए पनि फाँसी जानु पर्ने डरले चुइक्क बोल्दैनथे । यस्तो बरबर तानाशाही व्यवस्थाको विरुद्धमा राजनितिक, सामाजिक , सास्कृतिक, भाषिक र धार्मिक स्वतन्त्रता हुनु पर्दछ भनेर कुनै आयातित विचार विना आफ्नै विवेकले मुक्तिको लागि विद्रोह गर्ने  पहिलो नेपाली हुन् क्याप्टेन लखन थापा मगर । उनले परिकल्पना गरेको राजनैतिक स्वतन्त्रता, सामाजिक न्याय र बहुजातीय समतामुलक  समाजको लागि २००७ साल, २०२८ साल,२०३६ साल , २०४६ सालकका विद्रोह जनआन्दोलन र २०५२ देखि शुुरु गरिएको दश वर्षीय जनयुद्ध २०६२÷६३ को जनआन्दोलन र मधेश आन्दोलन तथा आदिवासी जनजाति आन्दोलनले समेत सहि सावित गरेको छ । यसर्थ आज भएका सबै प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको  सिलन्यास कर्ता क्याप्टेन लखन थापा मगर नै रहेको कुरा  यी सबै घटनाक्रमले पुष्टि गरिसकेको अवस्थामा  नेपालको प्रजातान्त्रिक आन्दोलनका प्रथम शहीद क्याप्टेन लखन थापा मगर नै हुन् भन्ने कुरामा विवाद गर्नु वेकार हुन्छ। अझ सबै शोषण दमन र उत्पीडनका विरुद्ध लडेर यो गणतन्त्र स्थापना गर्ने नेता र विद्धानहरुको लागि त लखन थापा मगरलाई प्रथम शहीद मान्नका लागि थप सोच्नु पर्ने कारण नै हुदैन । विना शर्त प्रथम शहीद र राष्ट्रिय विभुति घोषणा गरिनु पर्दछ । तर बदलिएको व्यवस्थाका पुराना चिन्तनबाट ग्रसित नेताहरुको बेइमानी र विभेदका कारण आज क्याप्टेन लखन थापा मगर कागजमा मात्र प्रथम शहीद घोषणा छ, व्यवहारमा साधारण शहीदलाई  गरिने सम्मको व्यवहार पनि भएको छैन । वास्तवमा किन यसो गरिएको होला ? हामी सहज अनुमान गर्न सक्छौ कि क्याप्टेन लखन थापा मगरलाई प्रथम शहीद घोषणा गरेर पनि प्रथम शहीदको रुपमा सम्मान गर्न नचाहेको कारण निम्न कारण हुन सक्छ । पहिलो कारण क्याप्टेन लखन थापा मगरले विद्रोह गर्दा उनी कुनै पनि नामको राजनीतिक पार्टीमा आवद्ध थिएनन् । मानौ त्यति बेला देशमा कुनै पनि राजनीतिक दल थिएन त्यस कारण   उनी स्वत स्फुर्त रुपमा विना राजनीतिक दल विद्रोह गरेका थिए । राणा कालका शहीद भनेर जसरी दशरथ चन्द ठाकुर, गंगालाल श्रेष्ठ ,धर्मभक्त माथेमा र रामविलास जोशीलाई सम्मान गरियो उनीहरुको योगदान लखन थापाको भन्दा कम भए पनि उनीहरु तत्कालिन नेपाल प्रजापरिषद लगायत भुमिगत पार्टीका संगठित सदस्य थिए । त्यसैले आजका प्रजातन्त्र,लोकतन्त्र र गणतन्त्रवादी शक्तिहरुले क्याप्टेन लखन थापा मगर गैर राजनीतिक व्यक्ति भएका कारण राजनीतिक विभेद गरेर प्रथम शहीदको सम्मान नगरेको हुन सक्छ ।  नेपालको राष्ट्रिय राजनीति राणा कालदेखि आजका दिन सम्म पनि उच्च जातीय अहंकारवादी सोँच र चिन्तन भएका शक्तिहरुको चंगुलबाट मुक्त हुन सकिरहेको छैन। नेपालको राजनीतिमा जबरजस्त रहेको उच्च जातीय अहंकारवाद, एकल जातीय, एकल धार्मिक र एकल सांस्कृतिक प्रभुत्ववादी चिन्तनले गर्दा क्याप्टेन लखन थापा मगरले उठाएको सार्वभौम राष्ट्रिय स्वतन्त्रता र प्रजातन्त्रको कुरा स्वीकार्दा स्वीकार्दै पनि उनले उठाएको  बहुजातीय पहिचान, बहुजातीय सहअस्तित्व सहितको समग्र सामाजिक न्यायको विचारधारा उच्च जातीय अहंकारवादी चिन्तन बोकेको नेताहरुलाई पाच्य भएको छैन । त्यसकारण प्रथम शहीद क्याप्टेन लखन थापा मगरलाई उपेक्षा गरेको हुन सक्छ ।क्याप्टेन लखन थापा मगरले प्रथम शहीदको सम्मान पाउनलाई कि त ब्रह्मण या क्षेत्री  भएर जन्मिनु पथ्र्याे कि त राज्य सञ्चालनको मुख्य साँचो मगर या कुनै पनि आदिवासी मुलका व्यक्तिको हातमा हुनु पथ्र्याे । यी दुबै प्रतिकुल हुँदा क्याप्टेन लखन थापा मगरको सिंगो इतिहास ओझेलमा पर्न गएको देखिन्छ । यसलाई जातीय विभेदको उदाहरण मान्न सकिन्छ ।
  ६. आगामी हाम्रो कदमः नेपालका प्रथम शहीद क्याप्टेन लखन थापा मगर कुनै जाति,  भुगोल, व्यक्तिगत स्वार्थको पक्षमा नभएर सिंगो नेपालको सार्वभौमिकता र जनताको समान प्रजातन्त्रका लागि लडेका एक प्रजातान्त्रिक राष्ट्रवादी योद्धा हुन् । त्यसैले कुनै राजनीतिक भेद्भाव नगरी, जातीय भेद्भाव नगरी उनलाई नेपालको प्रथम शहीदको सम्मान गरिनु पर्दछ र काठमाडौँको शहीद गेटमा चार शहीदहरुको साथमा उनको शालिक राखिनु पर्दछ र प्रत्येक वर्ष हुने माघ १६ गतेको शहीद दिवसलाई समय परिवर्तन गरी फागुन २ गतेलाई शहीद दिवसका रुपमा सार्वजनिक विदा दिइनु पर्दछ । यो नैतिक जिम्मेवारी नेपाल सरकारको हो । क्याप्टेन लखन थापा मगर शहीद मात्र होइनन् उनी  प्रजानन्त्रका पहिलो कल्पनाकार पनि हुन् । यसर्थ उनी एक युग पुरुष र विचारक हुन् । त्यसैले क्याप्टेन लखन थापा मगरलाई राज्यले राष्ट्रिय विभुती घोषणा  गरिनु पर्दछ । तब मात्र क्याप्टेन लखन थापा मगर प्रतिको सच्चा सम्मान हुन्छ । लखन थापा मगरसँगै क्रान्तिकारी किसान नेता कामी बुढामगर र जसको जोत उसको पोत अर्थात घर कसको पोट्नेको खेत कसको जोत्नेको मर्मस्पर्षी नाराका साथ किसान आन्दोलन हाँक्ने भिमदत्त पन्त लगायतका वीर योद्धाहरुलाई राज्यले उचित सम्मान र खोजीनिति गरिनु पर्दछ । जसका लागि स्वाभिमानी सबै नेपालीहरु एक मतका साथ उनीहरुको योगदान र बलिदानको सम्मान गर्नु पर्दछ ।  क्याप्टेन लखन थापा मगरलाई राष्ट्रिय विभुति घोषणा गर्न र प्रथम शहीदको सम्मान गर्नको लागि अब सरोकारवाला सबैले लखन थापा स्मृति प्रतिस्थानलाई राष्ट्रव्यापी र फराकिलो तथा पारदर्शि बनाई स्थापित गरिनुका साथै उक्त प्रतिस्थान मार्फत जनहित र राष्ट्रिय हितका ठुला साना सबै कामहरु अगाडि बढाइ क्याप्टेन लखन थापा मगर प्रतिको भ्रम चिरेर वास्तविक सत्यता आम जनतालाई बुझाउँनु पर्दछ ।
तपाइलेDigital currency exchangers

यो पनी पढौ:जनताका बीचमा गएर नयाँ जनमत लिने अवसर : गृहमन्त्री राम वहादुर थापामगर’वादल’
महान जनयुद्ध र जनआन्दोलनमा सहभागी भएर प्रभावित भएकाहरुलाई सम्मान र परिचयपत्र वितरण गर्ने मन्त्रिपरिषद्‌को निर्णय
संंसद पुन:स्थापना मुलुक प्रतिक्रान्ती/प्रतिगमन हुन्छ: गृहमन्त्री राम वहादुर थापा मगर(वादल)
देशैभर १६५ निर्वाचन क्षेत्रमै चुनावी आन्दोलनको मोर्चामा जुट्नुहोस्: गृहमन्त्री रामबहादुर थापा मगर(वादल)
संघर्षबाट प्राप्त उपलब्धि गुम्ने खतरा छ, निरंकुशतावादीहरू सल्बलाउन थाले- प्रचण्ड
यो त आन्दोलन होइन, यो त आन्दोलनको टेलर मात्रै हो : प्रचण्ड (सम्बोधनको पर्णपाठ)
केपी ओली वैशाखसम्म प्रधानमन्त्री हुन्छन्, त्यसपछि पत्तासाफ: प्रचण्ड
केपी ओली वैशाखसम्म प्रधानमन्त्री हुन्छन्, त्यसपछि पत्तासाफ: प्रचण्ड
संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओली र राष्ट्रपतिको असंवैधानिक र अलोकतान्त्रिक कदमलाइ महिला संगठनद्वारा विभिन्न आन्दोलनको घोषणा
“मैले बामदेव र बादलको साथ पाएँ भने देशको कायापलट गरिदिन्छु” पूरा पढनुहोस्
प्रचण्ड संसदीय दलको नेता बन्दै, संसद भवनमा बाेलाइयाे बैठक
नेकपाको दुइतिहाइ बहुमत पक्षको निर्णय:ओलीलाई पार्टी अध्यक्षबाट हटाएर साधरण सदस्य
यी हुन् नेकपा (प्रचण्ड-नेपाल समुह) को केन्द्रीय समितिका १० बुँदे निर्णय
प्रहरीको रासन सुविधा बढाउन तयार छुः गृहमन्त्री रामबहादुर थापा मगर(वादल)
गृहमन्त्री रामबहादुर थापा मगर (बादल)सँग नेपालका लागि युरोपेली सङ्घ(इयू)का राजदूत नोना देप्रेजले बुधबार शिष्टाचार भेटवार्ता
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को पहलमा हट्यो सोलु करिडोर प्रसारण लाइन निर्माणको अवरोध
हवाई प्रतिवन्ध हटाउन इयुलाइ गृहमन्त्री रामबहादुर थापा मगर (बादल)को अपिल
आगामी वर्ष पनि विद्युत् शुल्क घटाइने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को उद्घोष
गृहमन्त्री रामबहादुर थापा मगर‘बादल’ले जनताको सुरक्षा योजना र रणनीति बनाउन मातहतका निकायलाई कडा निर्देश
प्रदेशको नाम ‘मगरात–लुम्बिनी’ राख्न नेपाल मगर संघ र मगरात संयुक्त संघर्ष समितिको माग
एसपी ओम राना मगरको नया कडा एक्सन: वडा दशै,तिहार तथा छटमा सुरक्षा योजना सार्वजानिक
आज अनसन तोडिदै:डाक्टर केसी र सरकार विच के भयो सहमती? (पुर्णपाठ सहित)
प्रदेश नं.५ लाइ मानव पहिचान र सभ्यताको आधारमा मगरात गर्न मगर संघको माग नगरे अन्तराष्ट्रिय अदालतमा दर्ज गर्ने
प्रदेश नं. ५ नामाकरण ‘मगरात थरुहट अवध’ संसदमा प्रस्ताव दर्ता गर्दै एेतिहासिक कार्य
वलात्कार तथा हत्याका अपराधीलाइ कठघरमा ल्याउन कडा कदम चालिएको छ: गृहमन्त्री राम वहादुर थापा मगर(वादल)
गृहमन्त्री रामवहादुर थापा मगर’वादल’ भन्नुहुन्छ,’सिमाको सुरक्षाको लागी सवै एक हौँ।


मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar