बेलायतका प्रथम भिसी (भिक्टोरिया क्रस) कुलवीर थापा मगर को शालिक अनावरण


•एम्वी मगर
सन् १८८९ डिसेम्बर १५ मा पाल्पा जिल्लामा जन्मिएका थापा १९१५ मा फ्रान्सको लू युद्धमा देखाएको बहादुरीका लागि भिक्टोरिया क्रस (भिसी) प्रदान गरिएको थियो ।

थापा २६ बर्षको हुँदा १९१५ मा युद्धमा निस्किएका थिए । सेप्टेम्बर २५, १९२५ मा फ्रान्समा उनले जर्मन फर्स्ट लाइन खाडल (ट्रेन्च)मा एक घाइते सैनिक भेटेका थिए ।

आफू समेत घाइते अवस्थामा रहेका उनले मेल्टन माउब्रेका लिसेस्टरशायर रेजिमेन्टका सिपाही २० वर्षीय बिल केइटलीलाई खाड्लबाट उद्धार गरी स्याहार गरेका थिए ।

त्यो अवस्थामा उनलाई दुष्मनहरुले जतिबेला पनि आक्रमण गर्न सक्थे । तर उनले आफ्नो प्रवाह नगरी ति घाइते सोल्जरको स्याहार सुसार गरेर बसिरहे ।

उक्त सिपाहीलाई सुरक्षित बनाइसकेपछि उनले अन्य दुई घाइते गोर्खाहरुको उद्धार गर्न गए । दुष्मनहरुको क्षेत्रबाटै जोगिएर उनले ती घाइते सैनिकहरुलाई एक पछि अर्काे गरेर सुरक्षित स्थानमा ल्याएर उपचार गराए । यसरी उनले तीन जनाको जीवन बचाएर बहादुरी देखाए । कुनै पनि बेला दुष्मनको गोलीले ठोक्न सक्ने त्रासलाई उनले प्राथमिक मानेनन् । उनलाई सकेसम्म सोल्जरहरुको जीवन बचाउनु नै प्राथमिक लाग्यो ।

हल्लाहरुका अनुसार उनी तेस्रो पटक गोर्खा सैनिकलाई बोकेर खाडलबाट बाहिर निस्किएर आफ्नो काँधमा घाइते सैनिकलाई बोकेर नो–मेन्स ल्याण्ड अर्थात मान्छेलाई जान निषेध गरिएको क्षेत्र पार गर्दै थिए, त्यस अवस्थामा जर्मन सैनिकहरुले उनलाई तालि बजाएर सम्मान गरेका थिए ।

२५ सेप्टेम्बर देखि ८ अक्टोबर २०१५ सम्म भएको लू युद्धमा उनले देखाएको यसप्रकारकारको साहसलाई लिएर सम्मानस्वरुप भिक्टोरिया क्रस प्रदान गरिएको थियो ।

हेम्पशायर न्यूजका अनुसार यसरी भिसी पाउनेमा लु युद्ध लड्ने उनको पहिलो समूह थियो । जसमा उनी परेका थिए ।

उनले त्यो युद्ध लडे र सर्जेन्टको दर्जा बराबरको हवलदारको दर्जा प्राप्त गरी रिटायर्ड भए ।

अल्डरशट क्षेत्र गोर्खालीहरुसँग विशेष सम्बन्ध भएको क्षेत्र मानिन्छ । १० क्वीन्सको आफ्नै गोर्खा रसद रेजिमेन्ट अझै पनी गेल ब्यारेकमा तैनाथ छ।

निवृत भएका गोर्खा सोल्जरहरु तथा उनीहरुको परिवारहरुले अल्डरशट, फ्रानब्रो, चर्च क्र्रकमको ठूलो क्षेत्र ओगटेका छन् ।

२०१६ मा रशमोर बरो काउन्सिलले रेजिमेन्टलाई बरोको स्वतन्त्रता प्रदान गर्यो जुन एक स्थानीय अधिकारीले प्रदान गर्न सक्ने सर्वोच्च सम्मान हो ।

बहादुर सैनिक थापाको सम्मान स्वरूप सन् २०१५ मा बेलायतको हुलाक रोयल मेलले उनको तस्विर अंकित फस्ट क्लास हुलाक टिकट बनाएको थियो ।

प्रथम विश्व युद्धमा घाइते एक ब्रिटिश र दुई गोर्खा सैनिकलाई बचाएर बहादुरी प्रदर्शन गरेका थापाको सन् १९५६ अक्टुबरमा निधन भएको थियो ।

बेलायतमै पहिलो पटक ऐतिहासिक रुपमा प्रथम गोर्खा भीसी बिजेता कुलबिर थापाको शालिक निर्माण गरी अनावरण गर्न पाउँदा निकै हर्षको महसुस भएको गोर्खा मेमोरियल प्रोजेक्टका प्रवक्ता ओम थापा काउचाले बताए ।

‘यो शालिकले बेलायतमा नेपाली गोर्खाजहरुको शान, मान, इज्जत तथा उनीहरुले दिएको बलिदानीपूर्ण त्यागलाई सधै जीवन्त बनाउनेछ’, काउचाले लण्डन नेपाल न्यूजसँग भने, ‘यो हामी सबै गोर्खालीहरुको निम्ती गर्वको विषय हो, अल्डरशटमा अब बीर गोर्खालीको वीरता सधै देख्न सकिनेछ ।’

कार्यक्रमको लण्डन नेपाल न्यूजले प्रत्यक्ष प्रशारण गरेको थियो।




तपाइलेDigital currency exchangers

यो पनी पढौ:संघर्षबाट प्राप्त उपलब्धि गुम्ने खतरा छ, निरंकुशतावादीहरू सल्बलाउन थाले- प्रचण्ड
यो त आन्दोलन होइन, यो त आन्दोलनको टेलर मात्रै हो : प्रचण्ड (सम्बोधनको पर्णपाठ)
केपी ओली वैशाखसम्म प्रधानमन्त्री हुन्छन्, त्यसपछि पत्तासाफ: प्रचण्ड
केपी ओली वैशाखसम्म प्रधानमन्त्री हुन्छन्, त्यसपछि पत्तासाफ: प्रचण्ड
संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओली र राष्ट्रपतिको असंवैधानिक र अलोकतान्त्रिक कदमलाइ महिला संगठनद्वारा विभिन्न आन्दोलनको घोषणा
“मैले बामदेव र बादलको साथ पाएँ भने देशको कायापलट गरिदिन्छु” पूरा पढनुहोस्
प्रचण्ड संसदीय दलको नेता बन्दै, संसद भवनमा बाेलाइयाे बैठक
नेकपाको दुइतिहाइ बहुमत पक्षको निर्णय:ओलीलाई पार्टी अध्यक्षबाट हटाएर साधरण सदस्य
यी हुन् नेकपा (प्रचण्ड-नेपाल समुह) को केन्द्रीय समितिका १० बुँदे निर्णय
प्रहरीको रासन सुविधा बढाउन तयार छुः गृहमन्त्री रामबहादुर थापा मगर(वादल)
गृहमन्त्री रामबहादुर थापा मगर (बादल)सँग नेपालका लागि युरोपेली सङ्घ(इयू)का राजदूत नोना देप्रेजले बुधबार शिष्टाचार भेटवार्ता
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को पहलमा हट्यो सोलु करिडोर प्रसारण लाइन निर्माणको अवरोध
हवाई प्रतिवन्ध हटाउन इयुलाइ गृहमन्त्री रामबहादुर थापा मगर (बादल)को अपिल
आगामी वर्ष पनि विद्युत् शुल्क घटाइने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को उद्घोष
गृहमन्त्री रामबहादुर थापा मगर‘बादल’ले जनताको सुरक्षा योजना र रणनीति बनाउन मातहतका निकायलाई कडा निर्देश
प्रदेशको नाम ‘मगरात–लुम्बिनी’ राख्न नेपाल मगर संघ र मगरात संयुक्त संघर्ष समितिको माग
एसपी ओम राना मगरको नया कडा एक्सन: वडा दशै,तिहार तथा छटमा सुरक्षा योजना सार्वजानिक
आज अनसन तोडिदै:डाक्टर केसी र सरकार विच के भयो सहमती? (पुर्णपाठ सहित)
प्रदेश नं.५ लाइ मानव पहिचान र सभ्यताको आधारमा मगरात गर्न मगर संघको माग नगरे अन्तराष्ट्रिय अदालतमा दर्ज गर्ने
प्रदेश नं. ५ नामाकरण ‘मगरात थरुहट अवध’ संसदमा प्रस्ताव दर्ता गर्दै एेतिहासिक कार्य
वलात्कार तथा हत्याका अपराधीलाइ कठघरमा ल्याउन कडा कदम चालिएको छ: गृहमन्त्री राम वहादुर थापा मगर(वादल)
गृहमन्त्री रामवहादुर थापा मगर’वादल’ भन्नुहुन्छ,’सिमाको सुरक्षाको लागी सवै एक हौँ।


मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar