मगरात राज्यको मगरहरुको बाराही मी जोङ चाड के हो?


बाराहीमीजोङ ‘ मगर जातिको एक विशुद्ध ,पारम्परिक र सबैभन्दा मुख्य चाड़ हो । मगर भाषामा ईश्वर वा देवतालाई ‘ बाराही ‘ अनि पूजा वा आराधनालाई ‘ मीनाट ‘ भनिन्छ । आफ्नो परिवार , छरछिमेक एवं समस्त मानव जातिको हित र सुरक्षाको लागि आफ्नो इष्टदेव , पुर्खा तथा कुलदेवताको पूजा – आराधना गरिने दिनलाई ‘ बाराहीमीजोङ ‘ भनिएको हो । यो चाड़ सामान्यत : मङ्सीरको पूर्णिमादेखि शुरु भएर पञ्चमीको दिन भव्यतासाय समापन हुन्छ । वर्षभरिको कुन्दमुलहरु चढाइन्छन् । या चाड़ घर – घरमा र कहिलेकाहीं सार्वजनिक रुपमा पनि मनाउने गरिन्छ ।बाराहीमीजोङको अवसरमा गरिने पूजा घरको मूल अथवा गाउँको मूल या मगर पुजारी भुसालले सञ्चालन गर्ने गर्छ । पूजामा कुनै विशेष आकृतिलाई पुजिंदैन । सात तला भएको त्रिकोणीय आकारमा निर्माण गरिएको बाराहीइम ( मन्दिर ) – मा फलफूल , कन्दमल र सतबीउ – पलबीउ , चामल , अण्डा आदि अर्पण गरीधप ( सूनपाती – भैरुङपाती ) र दीप बालिन्छ । बाराही ( देवता ) – को रुपमा आफ्ना सारा कूलदेवता , पूर्खाहरु अनि इष्ट देवहरुको स्मरण गर्दै आराधना गरिन्छ । झाँक्रीवादी मगरहरुद्वारा मङ्सिर पूर्णेको दिन सुगुर , भेड़ा , बाखा वा कुखराको पनि बलि दिइन्छ । पूजा सकिएपछि पुजारीको हातबाट काँचो वा पोलेको सकरखण्ड र बन तरुलको टिका लगाइन्छ । त्यसपछि काँचो सानो अंश खाईवरी आफूभन्दा ठूला – बढ़ालाई ढोग गरिन्छ । मङ्सीर पूर्णिमाको दिन नै ‘ बाराही – लाई जल , धूप – दीप र पाती चढ़ाएर जगाइन्छ अनि चार – दिनसम्म दिनहुँ आराधना गरेर समापन गरिन्छ । यो पाँच दिन लामो अवधिभित्र छोरी – चेली आफ्नो बाबु – माइतीकहाँ आउने गर्छन् अनि दान – दक्षिणासहित आशीर्वाद प्राप्त गर्ने गर्दछन्।
स्रोत:मगर संघ भारत
तपाइलेDigital currency exchangers

यो पनी पढौ:प्रहरीको रासन सुविधा बढाउन तयार छुः गृहमन्त्री रामबहादुर थापा मगर(वादल)
गृहमन्त्री रामबहादुर थापा मगर (बादल)सँग नेपालका लागि युरोपेली सङ्घ(इयू)का राजदूत नोना देप्रेजले बुधबार शिष्टाचार भेटवार्ता
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को पहलमा हट्यो सोलु करिडोर प्रसारण लाइन निर्माणको अवरोध
हवाई प्रतिवन्ध हटाउन इयुलाइ गृहमन्त्री रामबहादुर थापा मगर (बादल)को अपिल
आगामी वर्ष पनि विद्युत् शुल्क घटाइने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को उद्घोष
गृहमन्त्री रामबहादुर थापा मगर‘बादल’ले जनताको सुरक्षा योजना र रणनीति बनाउन मातहतका निकायलाई कडा निर्देश
प्रदेशको नाम ‘मगरात–लुम्बिनी’ राख्न नेपाल मगर संघ र मगरात संयुक्त संघर्ष समितिको माग
एसपी ओम राना मगरको नया कडा एक्सन: वडा दशै,तिहार तथा छटमा सुरक्षा योजना सार्वजानिक
आज अनसन तोडिदै:डाक्टर केसी र सरकार विच के भयो सहमती? (पुर्णपाठ सहित)
प्रदेश नं.५ लाइ मानव पहिचान र सभ्यताको आधारमा मगरात गर्न मगर संघको माग नगरे अन्तराष्ट्रिय अदालतमा दर्ज गर्ने
प्रदेश नं. ५ नामाकरण ‘मगरात थरुहट अवध’ संसदमा प्रस्ताव दर्ता गर्दै एेतिहासिक कार्य
वलात्कार तथा हत्याका अपराधीलाइ कठघरमा ल्याउन कडा कदम चालिएको छ: गृहमन्त्री राम वहादुर थापा मगर(वादल)
गृहमन्त्री रामवहादुर थापा मगर’वादल’ भन्नुहुन्छ,’सिमाको सुरक्षाको लागी सवै एक हौँ।


मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar