माघे सकराती सास्कृतिक महोत्सव–२०७८ सम्माननीय उपराष्ट्रपति ले नन्द बहादुर पुन मगर ‘पासाङ ‘ज्यूले समुद्घाटन गर्ने


माघेसकराती राष्ट्रिय चाड मनाउदै अघी बर्ढौ । मगरात पहिचान र अधिकार प्राप्तिका लागि लडौं ।।” भन्ने मूल नारा सहित नेपाल मगर संघ केन्द्रीय समितिको मुख्य आयोजना र नेपाल मगर संघ प्रदेश नः३ (नेवाः ताम्सालिङ्ग मगरात) लगायत काठमाडौं उपत्यकामा क्रियाशिल संघ सस्थाहरु (भातृसस्थाहरु, जिल्ला समन्वय समितिहरु र आबद्ध सस्थाहरु)को सह-आयोजनामा यहि मिति २०७८ माघ १ गते काठमाडौको टुडिखेलमा सु-सम्पन्न हुने माघेसकराती राष्ट्रिय चाड शुभकामना आदान प्रदान तथा मगर मौलिक साँस्कृतिक महोत्सव को समुद्घाटन सम्माननीय उपराष्ट्रपति ज्यू ले गर्नुहुने भएको छ ।नेपाल सरकारको सम्मानिय उपराष्ट्रपति नन्द बहादुर पुन मगर ‘पासाङ ‘ज्यूको समुद्घाटनमा राजधानिको केन्द्रबिन्दु टुडिखेलमा सम्पन्न हुन गईरहेको दुई दिने साँस्कृतिक महोत्सवमा कार्यक्रममा,भाषिक, धार्मिक, सामाजिक सद्भाव, सहिष्णुता र सामिप्यताको निरन्तरतालाई सहकार्य र कार्यगता एकता गरि राजधानीको केन्द्रविन्दु टुडिखेलमा मनाउने भएको हो।नेपाल मगर संघ केन्द्रिय अध्यक्ष एबम् अन्तराष्ट्रिय मगर महासंघको केन्द्रिय अध्यक्ष ,नेपाल आदिवासी जनजाती महासंघको उपाध्यक्ष/प्रवक्ता :- नवीन रोका मगर ज्युको सयोजकत्वमा हुने मगर समुदायको विविध मौलिक साँस्कृतिक प्रस्तुति र परम्परागत खानपिनको प्रर्दशनी सहित निम्न मिति, स्थान र समयमा “माघेसकराती सास्कृतिक महोत्सव–२०७८” आयोजना गरिएको हुनाले मौलिक भेषभूषा सहित स–परिवारलाई सहभागिताका लागि उक्त कार्यक्रममा मगरहरुको मौलिक साँस्कृतिक प्रर्दशनी, मौलिक भेषभुषा, मौलिक खानपिनको प्रर्दशनी, धनुणबाँण हान्ने तथा एक आपसमा शुभकामना आदान–प्रदान आदि हुने भएको छ । माघ १ गते मौलिक झाँकी सहित १० बजे भृकुटी मण्डपबाट ¥याली सुरुहुने भएको छ।

नेपाल मगर संघ केन्द्रिय समितिकाे बैठक सम्पन्न छ । समितिद्वारा यश वर्ष पनि मगरहरुको महान सांस्कृतिक चाड माघे संक्रान्ती पर्व टुडिखेलमा यहि माघ १ गते मनाउने भएको छ । उक्त कार्यक्रम आयोजना गर्नका लागि आज तयारी बैठक समेत सम्पन्न भएको छ ।  कार्यक्रममा केन्द्रिय समितिका सम्पुर्ण पदाधिकारीहरु, केन्द्रीय सदस्यहरु, सम्पुर्ण भातृ सस्थाका अध्यक्षहरु, प्रदेश समिति, जिल्ला अध्यक्षहरु आवद्ध संस्थाका अध्यक्षहरु लगायतकाे उपस्तिथित रहेकाे थियाे । 
नेपाल मगर संघका केन्द्रिय अध्यक्ष नवीन रोका मगरले औपचारिक कार्यक्रमको अध्यक्षता गर्नु भएको थियोे, भने कार्यक्रमकाे संचालन संघका महासचिव ज्ञानेन्द्र पुन मगरले गरेका थिए । मगर संघका भातृ संस्थाका अध्यक्ष तथा पदाधिकारीहरु तथा प्रतिनिधिहरुको उपस्थितमा मगरहरुको सांस्कृतिक पर्व माघे संक्रान्ती भब्य र सभ्य रूपमा सम्पन्न गर्ने संघले व्यापक छलफल गरेकाे साथै मगर समुदायमा रहेकाे विभिन्न अर्गानिक खानाका प्रकार,  आफ्नै भेषभुषा, भाषा, सांस्कृतिक परम्परागत अनुसार माैलिक नाच गान प्रस्तुति संगै चेलीलाई पुज्ने कार्यक्रम र विभिन्न स्थलहरुमा मगर खानाका प्रकारहरु राख्ने नेपाल मगर संघ केन्द्रिय अध्यक्ष एबम् अन्तराष्ट्रिय मगर महासंघको केन्द्रिय अध्यक्ष ,नेपाल आदिवासी जनजाती महासंघको उपाध्यक्ष/प्रवक्ता :- नवीन रोका मगरले जानकारी दिनुभएको छ। त्यस्तै मगर समुदायको सांस्कृतिक पर्व माघे सकराती चाड २०७८ सफलता पुर्बक सम्पन्न गर्ने बैठकले संघले केन्द्रिय समितिका सम्पुर्ण पदाधिकारीहरु, केन्द्रीय सदस्यहरु, सम्पुर्ण भातृ सस्थाका अध्यक्षहरु, प्रदेश समिति, जिल्ला अध्यक्षहरु आवद्ध संस्था विभिन्न जिम्मेवारी बाड् फाड गरिसकेको छ ।

केन्द्रीय स्तरकाे कार्यक्रम काठमाडौंकाे टुडिखेलमा गर्ने भएको छ । मगर उत्थान समाज गंगबु काठमाडौका अध्यक्ष चन्द्र बहादुर थापा मगरको संयोजकत्व मगर झाकी र र्यालि ब्यबस्थापन साथै भृकुटीमण्डपमा देखि र्यालि सुरु भै टुडिखेल एक राउन परिक्रमा गरि कार्यक्रम स्थलमा प्रवेश गर्ने छ ।

विभिन्न समाज, समुदाय र स्थान अनुसार माघे सकराती चाडको मूल्य मान्यता र चाल चलनहरू फरक-फरक हुन सक्छ। यहाँ मगर समुदायमा मनाइने माघे सकरातीको अवसरमा गरिने विभिन्न चालचलन र संस्कारहरूको बारेका छोटकरीमा जानकारी दिने प्रयास गरिएको छ।

मिश्रा बाँड्ने : माघे सकराती मगर समुदायका लागि छोरी, चेलीबेटीहरूको पर्व हो। त्यसैले यो चाड चेलिबेटिहरूको पुजा गरी मनाउने चलन रहेको छ। चेलीहरूलाई पुज्नका लागि जम्मा गरिएको चामल, फलफूल, तरुल, रोटी आदिलाई नै मिश्रा भनिन्छ। यसलाई ठाउँ, स्थान विशेषअनुसार निर्सो, मिश्रा आदि भन्ने चलन छ। जसलाई हामी खस भाषामा उपहार भनेर चिन्न सक्छौँ।

माघे सकराती वा माघ एक गतेको दिन बिहान सबेरै उठेर स्नान गरी बुवा दाजु या भाइले सबैको चेलिबेटीहरूलाई भेला गराएर मिश्रा चढाइ पुज्ने गर्दछन्। घरमा उपस्थित सम्पूर्ण दिदिबहिनीहरूको पूजा गरिसकेपछि फेरि विवाहित चेलीहरूको घर-घरमा पुगेर मिश्रा बाँड्ने चलन पनि रहेको छ। मिश्रा बाँड्ने क्रममा सकेसम्म दाजूभाई वा बुवा आफै चेलीको घरमा पुग्ने चलन रहेको छ। सबै चेलीहरूलाई पुजिनसक्दासम्म केही पनि खानेकुरा खानु हुँदैन भन्ने मान्यता छ।

सकरातीको दिन चेलीलाई विशेष सम्मान गरिन्छ। त्यस दिन चेलीलाई कुनैपनि काममा लगाउनुहुँदैन भन्ने मान्यता छ। उनको घरमा खानेकुराहरू केही पनि खानु हुँदैन भन्ने मान्यता रहेको पाइन्छ। यदि कुनै चेलीको घर टाढा रहेको छ भने उनको मिश्रा अर्को दिन पुर्‍याइदिने चलन छ। मिश्रा बाँड्ने काम सकरातीको दिन बिहानभरी चल्ने गर्छ।

मस्यान्द्रा खेल्ने : गाँउघरमा रहेका सम्पूर्ण अविवाहित चेलीहरू बिहान उठेर खोला नदी दोभान वा धारामा नुहाएर घर फर्किसकेपछि बुवा आमा र दाईभाईले मिश्रा चढाएर पुज्ने काम हुन्छ। त्यसपछि गाँउटोलका साथीहरूसँग टोली बनाई घर-घरमा पुगेर मस्यान्द्रा माग्ने गर्दछन्। घरबेटीले प्रत्येक मस्यान्द्रा टोलीलाई सालको पातबाट बनेका टपरीमा एक टपरी चामल, गहुँ र फापरको रोटी सहित पाँच/दश रुपैयाँ दिने चलन रहेको छ। यसरी मस्यान्द्रा माग्दै घर-घरमा डुल्ने कामलाई नै ‘मस्यान्द्रा खेल्ने’ भनिन्छ। मागेको मस्यान्द्रालाई संकलन गरेर एक दिन विषेश गरेर चेलीहरूले घरदेखि बाहिर गएर संगीहरूसंग रमाइलो गर्दै खाने गरिन्छ।

झोम्पलेनी लगाउने : डाँठ निस्कनुभन्दा अगाडिको जौ को विरुवा जसमा पात मात्र हुन्छ। त्यसलाई नै झोम्पलेनी भनिन्छ। चेलीबेटीहरू खोलाबाट नुहाएर फर्किदा बाटोमा पर्ने बारीबाट जौं को विरुवा जरैदेखि उखेलेर ल्याउँछन् र मस्यान्द्रा खेल्ने क्रममा घरबेटीहरूलाई निधारमा अबिर र कानमा जमरा लगाए जसरी झोम्पलेनी लगाइदिएर पैसा माग्ने चलन रहेको छ। यसरी चेलीहरूले निधारमा अबिर र कानमा झोम्पलेनी लगाइदिएपछि घरबेटीले आफ्नो क्षमताअनुसार दान दक्षिणा दिने गर्नुपर्छ।

श्याम्भो गाउने : स्याम्भो गाउने माघे सकरातीको विशेष परम्परात हो। सकरातीको दिन साँझपख देखि बुढापाकाहरू जम्मा भई आफ्ना दुःख सुःखका कुराहरू एकप्रकारको लया भाकामा मिलाएर गाउने गीतलाई ‘श्याम्भो गीत’ भनिन्छ। यसरी श्याम्भो गीत गाउने बुढापाकाहरू पनि एकपछि अर्को साथीको घर पुगी खानपिनमा समावेश हुने र रमाइलो तथा ख्याल ठट्टा गर्ने गर्दछन्। यो संक्रान्ति पछि दुई/तीन दिनसम्म पनि चल्न सक्छ।

तारो हान्ने : सकरातीमा तारो हान्ने मगर समुदायको विशिष्ट प्रकारको संस्कार हो। सकरातीको दिनदेखि नै पुरुषहरू खुल्ला चौर वा बारीमा गएर तारो हान्ने चलन छ। जसले निशाना लगाउन सक्छ त्यसलाई फूलपाती लगाएर सम्मान तथा पुरस्कृत गर्ने चलन पनि छ। यसरी धनुषकाँडले निशाना लगाउने प्रतियोगितालाई नै तारो हान्ने भनिन्छ। यो कार्य पनि तीन/चार दिनसम्म चल्ने गर्दछ। उहिले तारो हानेर बिहे गर्ने चलन थियो। अहिले त्यो परम्परा भने हराइसकेको छ।

पितृको सम्मान : आदिवासी समुदायमा पितृ पुज्ने, प्रकृति पुज्ने चलनलाई विशेष मानिन्छ। त्यसैगरी मगर समुदायमा पनि मातापित्रको पूजाआजा, उनीहरूलाई सम्झिने गरिन्छ। सकरातीको अवसरमा पनि मृत्यु भएका परिवारजनको अस्तु बगाउने, जलाउने र दान दक्षिणा गर्ने चलन पनि मगर समुदायमा रहेको छ। मृत्यु भएका परिवारजनको कुनै सामान वा लत्ताकपडा लिएर रिडी नदीमा पुगी बगाइदिने तथा गाडिएको ठाँउबाट हड्डी उत्खनन् गरी त्रिवेणी दोभान वा नदीनालामा लगी जलाइदिने गरिन्छ।

आफ्नो क्षमताअनुसार चेलीबेटीलाई दान दक्षिणा दिई मृत व्यक्तिको आत्मालाई स्वर्गमा चढाइदिने परम्परा छ। यस्तो गरेमा मृत आत्माले पुण्य प्राप्त गर्दछ भन्ने परम्परागत मान्यता विश्वास रहेको छ। यो काम सकरातीकै दिनमा गरिन्छ। यस बाहेक मगर समुदायले माघे सकरातीको दिन रैँया फोर्ने, पुल्ली जलाउने, रंग, अबिर वा मसी दलेर रमाइलो गर्ने चलन पनि छ।

माघे सकरातीको आफ्नै छुट्टै सामाजिक तथा धार्मिक महत्व रहेको छ। यो मगर समुदायमा सामाजिक रूपले लैङ्गिक विभेदलाई निरुत्साहित गरी समानताको प्रतिक एवं धार्मिक दृष्टिकोणले दान, दक्षिणा गरी पुण्य प्राप्ती तथा सेवा, सद्भावको महत्व बोकेको पर्व हो। त्यसो भएको हुँदा देशभित्र या बाहिर जताततै निकै हर्षोल्लाषका साथ मनाइने यो पर्वको स्थानीय तथा राष्ट्रियस्तरमा संरक्षण तथा व्यवस्थापन जरुरी छ।

अहिले यी परम्पराहरू प्रायजसो लोप हुने अवस्थामा छन्। विभिन्न ठाउँमा बसाइसराइ गर्ने क्रममा ती संस्कारहरू पनि हराउने अवस्थामा छन्। नेपाल मगर संघले संस्थागत रूपमा यस्ता चाडपर्वहरूलाई मनाउँदै आएको छ। तर, हामीले हाम्रो घरभित्रै यस्ता कुरालाई संरक्षण दिन सकेनौं भने यो हराएर जाने सम्भावना रहन्छ।

मिझोर,झोर्ले,जेदो,सिमेपउ, धन्यवाद।।
तपाइलेDigital currency exchangers

यो पनी पढौ:प्रहरीको रासन सुविधा बढाउन तयार छुः गृहमन्त्री रामबहादुर थापा मगर(वादल)
गृहमन्त्री रामबहादुर थापा मगर (बादल)सँग नेपालका लागि युरोपेली सङ्घ(इयू)का राजदूत नोना देप्रेजले बुधबार शिष्टाचार भेटवार्ता
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को पहलमा हट्यो सोलु करिडोर प्रसारण लाइन निर्माणको अवरोध
हवाई प्रतिवन्ध हटाउन इयुलाइ गृहमन्त्री रामबहादुर थापा मगर (बादल)को अपिल
आगामी वर्ष पनि विद्युत् शुल्क घटाइने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को उद्घोष
गृहमन्त्री रामबहादुर थापा मगर‘बादल’ले जनताको सुरक्षा योजना र रणनीति बनाउन मातहतका निकायलाई कडा निर्देश
प्रदेशको नाम ‘मगरात–लुम्बिनी’ राख्न नेपाल मगर संघ र मगरात संयुक्त संघर्ष समितिको माग
एसपी ओम राना मगरको नया कडा एक्सन: वडा दशै,तिहार तथा छटमा सुरक्षा योजना सार्वजानिक
आज अनसन तोडिदै:डाक्टर केसी र सरकार विच के भयो सहमती? (पुर्णपाठ सहित)
प्रदेश नं.५ लाइ मानव पहिचान र सभ्यताको आधारमा मगरात गर्न मगर संघको माग नगरे अन्तराष्ट्रिय अदालतमा दर्ज गर्ने
प्रदेश नं. ५ नामाकरण ‘मगरात थरुहट अवध’ संसदमा प्रस्ताव दर्ता गर्दै एेतिहासिक कार्य
वलात्कार तथा हत्याका अपराधीलाइ कठघरमा ल्याउन कडा कदम चालिएको छ: गृहमन्त्री राम वहादुर थापा मगर(वादल)
गृहमन्त्री रामवहादुर थापा मगर’वादल’ भन्नुहुन्छ,’सिमाको सुरक्षाको लागी सवै एक हौँ।


मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar