चैत २५ देखि २७ गते सम्म मगरात प्रदेश दाङ घोराहीमा हुने नेपाल मगर संघको १२ औं राष्ट्रिय महाधिवेशन


चैत २५ देखि २७ गते सम्म दाङ घोराहीमा हुने नेपाल मगर संघको १२ औं राष्ट्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । नेपाल मगर संघका केन्द्रिय महासचिव ज्ञानेन्द्र पुन मगरका अनुसार लुम्वीनी प्रदेश दाङ घोराहीको जिल्ला विकास समन्वय समिती प्राङ्गणमा हुने उद्घाटन समारोहमा नेपालको ६४ जिल्ला र ९ वटा विदेश शाखाबाट गरी ५ सय बढी प्रतिनिधी तथा अन्य करिब ५० हजार मगरहरुको उपस्थिती रहने छ । 

महाधिवेशन नजिकीदै गर्दा देश तथा विदेशमा रहनुभएका मगरहरुको निकै उत्साह देखिएको छ । भौगोलिक,मौलिक र साँस्कृतिक कुरालाई मध्यनजर गर्दै दाङको घोराहीमा हुन लागेको राष्ट्रिय महाधिवेशमा खाना तथा आवासको पूणर् तयारी भएको खाना तथा आवास व्यवस्थापन संयोजक नेपाल मगर संघ लुम्बीनी प्रदेश प्रथम उपाध्यक्ष सितलाल पुन मगरले जानकारी दिनुभएको छ । 

त्यस्तै महाधिवेशनलाई पूणर्रुपमा व्यवस्थित गर्न आर्थिक संकलन भइरहेको र सहयोग आउने क्रम जारी रहेको आर्थिक संयोजक तथा नेपाल मगर संघ केन्द्रिय सदस्य दर्जीत पुन मगरले जानकारी दिनुभएको छ । 

महाधिवेशनमा राष्ट्रिय तथा स्थानिय मगर कलाकारहरुको मगर संस्कृती झल्कने विविध साँस्कृतिक कार्यक्रम पनी रहेको साँस्कृतिक संयोजक तथा नेपाल मगर संघ दाङ जिल्ला सचिव मुक्त बुढा मगरले जानकारी दिनुभएको छ । 

महाधिवेशनलाई थप आकर्षक र भव्य सभ्य बनाउन स्टेज व्यवस्थापनको काम तिव्र गतीमा अगाडी बढेको स्टेज व्यवस्थापन संयोजक तथा नेपाल मगर संघ दाङ जिल्ला अध्यक्ष खलु प्रसाद पुन मगरले जानकारी दिनुभएको छ ।

नेपाल मगर संघको १२ औैं राष्ट्रिय महाधिवेशन लाई भव्यरुपमा सफल बनाउनको लागी सम्पूर्ण मगर तथा गैरमगरहरुलाई उपस्थित भैदिनहुन नेपाल मगर संघ केन्द्रिय अध्यक्ष नवीन रोका मगरले अनुरोध गर्नुभएको छ ।
तपाइलेDigital currency exchangers

यो पनी पढौ:प्रहरीको रासन सुविधा बढाउन तयार छुः गृहमन्त्री रामबहादुर थापा मगर(वादल)
गृहमन्त्री रामबहादुर थापा मगर (बादल)सँग नेपालका लागि युरोपेली सङ्घ(इयू)का राजदूत नोना देप्रेजले बुधबार शिष्टाचार भेटवार्ता
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को पहलमा हट्यो सोलु करिडोर प्रसारण लाइन निर्माणको अवरोध
हवाई प्रतिवन्ध हटाउन इयुलाइ गृहमन्त्री रामबहादुर थापा मगर (बादल)को अपिल
आगामी वर्ष पनि विद्युत् शुल्क घटाइने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को उद्घोष
गृहमन्त्री रामबहादुर थापा मगर‘बादल’ले जनताको सुरक्षा योजना र रणनीति बनाउन मातहतका निकायलाई कडा निर्देश
प्रदेशको नाम ‘मगरात–लुम्बिनी’ राख्न नेपाल मगर संघ र मगरात संयुक्त संघर्ष समितिको माग
एसपी ओम राना मगरको नया कडा एक्सन: वडा दशै,तिहार तथा छटमा सुरक्षा योजना सार्वजानिक
आज अनसन तोडिदै:डाक्टर केसी र सरकार विच के भयो सहमती? (पुर्णपाठ सहित)
प्रदेश नं.५ लाइ मानव पहिचान र सभ्यताको आधारमा मगरात गर्न मगर संघको माग नगरे अन्तराष्ट्रिय अदालतमा दर्ज गर्ने
प्रदेश नं. ५ नामाकरण ‘मगरात थरुहट अवध’ संसदमा प्रस्ताव दर्ता गर्दै एेतिहासिक कार्य
वलात्कार तथा हत्याका अपराधीलाइ कठघरमा ल्याउन कडा कदम चालिएको छ: गृहमन्त्री राम वहादुर थापा मगर(वादल)
गृहमन्त्री रामवहादुर थापा मगर’वादल’ भन्नुहुन्छ,’सिमाको सुरक्षाको लागी सवै एक हौँ।


मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar