नेपाल मगर संघ वाग्मती प्रदेशको दोस्रो अधिवेशन असोज २र ३गते काठमाण्डौ उपत्यकामा हुने


काठमाण्डौँ । नेपाल मगर संघ नेपाल मगर संघ प्रदेश समिती प्र.न.३ नेवा:ताम्सालिङ्ग मगरात(वाग्मती)को दोस्रो अधिवेशन यहि मिति २०७९ असोज २ र ३ गते काठमाण्डौ उपत्यकामा हुने भएको छ।
नेपाल मगर संघ प्रदेश समिती प्र.न.३ नेवा:ताम्सालिङ्ग मगरात(वाग्मती) अध्यक्ष श्री राजकुमार थापा मगरको अध्यक्षतामा संघको १२ पुर्ण वैठकको निर्णय कार्यन्वयनका लागि कडा परिपत्र जारी गरिएको छ ।


नेपाल मगर संघ नेपाल मगर संघ प्रदेश समिती प्र.न.३ नेवा:ताम्सालिङ्ग मगरात(वाग्मती)को दोस्रो अधिवेशन यहि मिति २०७९ असोज २ र ३ गते काठमाण्डौ उपत्यकामा गर्ने निर्णय गरिएको छ । यस अधिवेसनलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि नेपाल मगर संघ प्रदेश समिती प्र.न.३ नेवा:ताम्सालिङ्ग मगरात(वाग्मती)भित्र पर्ने नेपाल मगर संघ जिल्ला समिति,प्रदेश भाद्री समिति, गाउँपालिका ,नगरपालिका समितिहरुले कार्यन्वयन गर्न निर्णय गरिएको छ।

प्रदेश समितिको बैठकले दोस्रोधिवेशनमा प्रतिनिधित्व गर्ने प्रतिनिधीहरु आयोजक, प्रदेश भातृसंस्था, जिल्ला समन्वय समिति,गाउँपालिका , महानगरपालिका,र नगरपालिका समितिहरुले प्रतिनिधीहरुको आवश्यक कागजपत्र, यहि भदौ २५ गते भित्र प्रदेश कार्यालयमा र प्रतिनिधी शुल्क, संस्थागत आर्थिक दायित्व वुझाउनुपर्ने छ। यदि भदौ २५ गते भित्रै नगरेमा प्रतिनिधित्वबाट बन्चित हुने निर्णय समेत गरेको छ । साथै कार्यन्वयन गर्न समन्धित निकायलाइ हार्दिक अनुरोध गर्नुभएको छ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar