रामेछापका स्वतन्त्र उम्मेदवार विक्रम राना मगरका आकर्षक चुनावी एजेन्डा, जीतको सम्भावना नजिक!


रामेछाप निर्वाचन क्षेत्र रहेको रामेछापमा चुनावी घम्साघम्सी छ । यसपटकको चुनावका स्वतन्त्र उम्मेदवारले दलगत उम्मेदवारलाई टक्कर दिएका छन् ।

जिल्लामा लामो समय राजनीतिक तथा सामाजिक गतिविधिमा सक्रिय रहँदै आएका विक्रम राना मगरले आगामी मंसिर ४ आम निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर चुनावी मैदानमा उत्रिएका छन् । आफूले जित्ने दाबीसहित उनी जनताको घरदैलोमा व्यस्त छन् ।
रानामगरले आफूले ढुक्कले प्रतिनिधि सभा सदस्य चुनाव जित्ने दाबी गरेका छन् । ‘मैले विगतमा पनि यस क्षेत्रमा राम्रो गरेको हो,’ उनले भने, ‘यसपटक पनि नयाँ अजेण्डा लिएर आएको छु, ती अजेण्डा पुरा गरेरै छाड्ने छु ।’
उनले जिल्लाको विकास र राजनीतिक गतिविधिको लागि नयाँ अजेन्डा पनि तय गरेका छन् । आफू निर्वाचित भए उनले आगामी पाँच वर्षमा जिल्लालाई केन्द्र सरकारसँग नजिक गराउने, विगतमा हुन नसकेका विकास निर्माणका कामलाई तीब्रता दिने, शिक्षा, स्वास्थ्य, यातायात, रोजगारलगायत क्षेत्रमा आमूल परिवर्तन ल्याउने घोषणा पत्रमा उल्लेख गरेका छन् । उनले आफूले चुनाव जिते आगामी पाँच वर्षमा यी काम गर्ने घोषणापत्रमा उल्लेख गरेका छन् ।
– कृषिको विकास गर्ने,
– रोजगारी सिर्जना गर्ने,
– माध्यमिक तहसम्मको शिक्षालाई सहज बनाउने,
– स्कूल क्याम्पसलाई व्यवस्थित गर्ने,
– स्वास्थ्य चौकी र स्वास्थ्य संस्थाहरु व्यवस्थित गर्ने,
– भ्रष्टाचारमुक्त समाज निर्माण गर्ने,
– खानेपानीको बन्दोवस्त मिलाउने,
– नयाँ जलविद्युत परियोजना सञ्चालन गर्ने,
– खनिज पदार्थलाई व्यवस्थित गर्ने,
– पर्यटन क्षेत्र उकास्ने,
– वन जंगल संरक्षण गर्ने
– जडिबुटी संकलन गर्ने,
– सिचाँइ योजनाहरु अघि बढाउनेलगायत ।
हेर्नुहोस् रामेछापका प्रतिनिधि सभा सदस्य स्वतन्त्र उम्मेदवार विक्रम रानामगरको चुनावी घोषणापत्र








छाप माछा लगाऊँ

Facebook Notice for EU! You need to login to view and post FB Comments!
WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar