को हुन नेपालको ठुलो पुरानो त्रिभुवन विश्वविद्यालय हाक्ने प्रा.डा केशरजंग बराल मगर


त्रिभुवन विश्वविद्यालयको इतिहासमा पहिलोपटक खुला प्रतिस्पर्धाबाट २०औँ उपकुलपतिमा प्रा.डा. केशरजंग बराल मगर नियुक्त भएका छन् ।

प्रधानमन्त्री तथा त्रिविकाे कुलपति कार्यालयले बिहीबार पोखरा विश्वविद्यालयका पूर्वउपकुलपति बराललाई त्रिविको उपकुलपतिमा नियुक्त गरेको हो ।

उपकुलपति पदका लागि दरखास्त दिएका ४३ मध्ये प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि १४ जना सर्ट लिस्टमा छानिएकामा प्रस्तुतीकरण एवं अन्तर्वार्तापछि नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गरिएको थियो । शैक्षिक योग्यताको आधार, तालिम, अनुसन्धानमूलक लेख, अन्तर्वार्ता एवं प्रस्तुतीकरणका आधारमा नियुक्ति गरिएको जनाइएको छ ।

को हुन नेपालको ठुलो पुरानो त्रिभुवन विश्वविद्यालय हाक्ने प्रा.डा केशरजंग बराल मगर ?

पोखरा–१० का बासिन्दा बराल २०६४ देखि ०६८ सम्म पोखरा विश्वविद्यालयको उपकुलपति थिए । उनी पोखराको पृथ्वीनारायण क्याम्पसमा व्यवस्थापन सङ्कायका प्राध्यापक थिए । प्रा.डा. बरालले भारतको दिल्ली विश्वविद्यालयबाट व्यवस्थापनमा विद्यावारिधि गरेका छन् ।

२०१४ सालमा पाल्पामा जन्मिएका बराल २०३९ सालदेखि नेपालको उच्च शिक्षामा सक्रिय रहेका छन् । उनले २०३९ सालमा विराटनगरमा रहेको महेन्द्र मोरङ क्याम्पसबाट प्राध्यापन पेसा सुरु गरेका थिए । त्यसपछि उनी २०४१ सालमा पोखराको पृथ्वीनारायण क्याम्पसमा सरुवा भएर आए ।

पृथ्वीनारायण क्याम्पसमा पढाउँदै गर्दा उनी विश्वविद्यालयको वृत्ति विकास कार्यक्रम अन्तर्गत छात्रवृत्तिमा पढ्न बाहिर जाने मौका पाए । उनी २०५० सालमा विद्यावारिधि अध्ययनका लागि भारतको दिल्ली युनिभर्सिटीमा भर्ना भए । र उनले विद्यावारिधिको अध्ययन समयमै सकाए । अर्थात् २०५४ सालमा उनले पढाई सकाए । यसैगरी २०५५ सालमा दिल्ली युनिभर्सिटीले उनलाई विद्यावावारिधी (पीएचडी) को उपाधि दियाे ।

नेपाल फर्केका बरालले विश्व बैंकको हायर एजुकेसन (उच्च शिक्षा) भन्ने प्रोजेक्टमा कन्सल्टेन्ट भएर काम गर्ने मौका पाए । उनले पोखरा क्याम्पसमै हुँदै उक्त मौका पाएका थिए । त्यसपछि उनले एसियन डेभ्लपमेन्ट बैंकको प्रोजेक्टमा फाइनान्स एडभाइजर भएर समेत काम गरे । त्यहाँ उनले साढे तीन वर्ष काम गरेका थिए । त्यसपछि उनी पुनः क्याम्पसमै फर्केर अध्यापनतिर लागेका थिए ।

उनी वित्त शास्त्रको विभागीय प्रमुख भएर काम गरे । त्योसँगै उनले अनुसन्धान विभागको पनि प्रमुख भएर काम गरे । त्यही बेला उनी व्यवस्थापन संकायको वित्तशास्त्र विशेष समितिको सदस्य समेत भए । र पछि त्यसको स्थायी समितिको सदस्य भएर काम गरे ।
त्यसपछि उनी त्रिभुवन विश्वविद्यालयको विद्या परिषद्को फेकल्टी बोर्डका सदस्यमा नियुक्त भए ।

पोखरा विश्वविद्यालयको स्थापनाकालदेखि नै उनी व्यवस्थापन विशेष समितिको सदस्य भएर काम गरे ।
त्यसपछि २०६४ सालमा सरकारले उनलाई पोखरा विश्वविद्यालयको उपकुलपतिमा नियुक्त गर्‍यो । र उनले चार वर्षे कार्यकाल सम्पन्न गरेर २०६८ सालमा बिदा भए । पोखरा विश्वविद्यालयको भिसी भएर आफ्नो कार्यकाल पुरा गरेसँगै उनी पुनः त्रिभुवन विश्वविद्यालयमै फर्किए । त्यसपछि उनी अमेरिका गए । अमेरिकामा उनी पढाउन गएका थिए । २०६८ मा नेपाल आएर फेरि त्रिविमा पढाउन थाले ।

२०६४ देखि २०६८ सालमा विश्वविद्यालय अनुदान आयोगको बोर्ड मेम्बर पनि भएर काम गरे । त्रिविको व्यवस्थापन संकायको अनुसन्धान समितिको सदस्य भएर काम गरे । त्यसपछि २०६९ सालमा उनी भिजिटर प्रोफेसरको रूपमा पढाउन चीन गए । त्यहाँ एक वर्ष पढाए । र त्यसपछि नेपाल फर्किए । नेपाल फर्केर त्रिविमा नै पढाउन थाले र २०७७ सालमा त्रिविबाट सेवानिवृत्त भए ।

सरकारले गठन गरेका विभिन्न आयोग तथा समितिमा समेत रहेका काम गरेको अनुभव बरालसँग छ । त्रिभुवन विश्वविद्यालय र कृषि तथा वन विश्वविद्यालयबिच विवाद बढेको थियो । उक्त विवाद समाधान गर्न शिक्षा मन्त्रालयले उच्चस्तरीय समिति गठन गरेको थियो । बरालले उक्त समिति समस्या भएर समेत काम गरे ।

अहिले उनी विश्वविद्यालय अनुदान आयोगको गुणस्तर सुनिश्चितता तथा प्रत्यायन परिषद्मा विशेषज्ञको रूपमा काम गर्दै आएका छन् ।
.आसु आँउछ,पहिलोचोटि निरकुंश जहानियाँ राणाशासक विरुद्ध, जनस्तरबाट सशस्त्र विद्रोह देशका लागि बलिदान:प्रथम सहिद लखन थापा मगर

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar