फाँसी सजाए पाएका धादिङका पहलमानलाई मगर संसारद्वारा रु.६,१५,४५६ रुपिया सहयोग


मगर समुदायको लोकप्रिय online ग्रूप/पेज मगर संसार फोटो ग्यालरीले १९० औ सहयोग सम्पन्न गरेको छ।

फेसबुकको माध्यम बाट भेषभूषा भाषा धर्म संस्कार संस्कृतिलाई ,मौलिक पहिचानलाई संरक्षण र प्रचार गर्दै लाखौ मगरलाई जोर्दै अनेक प्रकारको प्रतियोगिता सँगै गरीब बिरामी को लागि दिन रात खतीरहने मगर संसारले फेरी बिगत ५ बर्ष देखी दुबईको जेलमा मृत्युदण्डको सजाय काटिरहेका धादिङ जिल्ला नेत्रावती ४ तमाईका २५ बर्षीय युवक पहलमान थापा मगरको उद्धारको लागि रकम ५० लाख आवश्यक परेकोले सहयोगको लागि online ग्रुप/पेज मगर संसार फोटो ग्यालरीद्वारा पहलमान_बचाऊ_अभियान सुरु गरी ३ दिनमा संकलन भएको रु.६,१५,४५६/- रुपिया आज एक
कार्यक्रम बीच नेपाल मगर संघ केन्द्रीय कार्यलय कलंकी ktm मा एडमीनहरु मेक्सम राना मगर, रंजु थापा मगर, रामबाबु मगर, केंद्रित अध्यक्ष ज्ञानेन्द्र पुनमगर,मन बहादुर पुनमगर, नेपाल मगर सांस्कृतिक संघ केन्द्रको बरिष्ठ उपाध्यक्ष अमला थापा मगर ,नेपाल मगर महिला संघ केन्द्रीय संघ काठमांडू को अदक्ष्य हिरुसरा राना मगर,कोषाध्यक्ष सुधा राना मगर,मगर संसार गायन आइडल प्रदीप मगरको उपस्थितिमा सहयोग रकम पहलमान थापा मगरको आफन्ति (साइनोले जेठू) तेज आले मगरलाई चेक हस्तांतरण गरेको पहलमान बचाऊ अभियानका संयोजक अनिल लामिछाने मगर ले बताउनुभयो।

सहयोग रकम कोरिया,नेपाल, भारत,दुबई,मलेशिया, कतार ,साउदी, अमेरिका, UK, स्पेन, कुबेत,इराक,पोर्चुगल, हङकङ, अस्ट्रेलिया,माल्टा लगायत बिभिन्न देशमा रहेका मगर तथा गैर मगर समुदायबाट संकलन भएको थियो।

आवश्यक रकम नपुगेपछि मगर संसारले ग्रुप भित्र अभियान सुरु गरेको ३ दिनमै आवश्यक रकम पुगेकोले अभियान तिन दिनमै अभियान बन्द गर्नु परेको अनिल लामिछाने मगरले जानकारी दिनु भयो।

यो सहयोग सँगै १९० जनालाई मगर संसार बाट सहयोग सम्पन्न गरेको छ।
सहयोग संयोजक:- अनिल लामिछाने मगर समस्त मगर संसार परिवार
.मगर संसारको पहलमा प्यूठानका १३ बर्षीय बिरामी स्वयम पुनलाई आर्थिक सहयोग हस्तांतरण
.को हुन नेपालको ठुलो पुरानो त्रिभुवन विश्वविद्यालय हाक्ने प्रा.डा केशरजंग बराल मगर
.त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा केशरजंग बराल मगर नियुक्त
.आसु आँउछ,पहिलोचोटि निरकुंश जहानियाँ राणाशासक विरुद्ध, जनस्तरबाट सशस्त्र विद्रोह देशका लागि बलिदान:प्रथम सहिद लखन थापा मगर

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar