कोरियामा जून ९ तारिक सर्बाधिक धनराशि रहेको प्रथम मगर संसार भलिबल कप २०२४ हुने


Online फेसबुक ग्रुप मगर संसार फोटो ग्यालरीले “आपतकालीन राहतकोष सहयोगार्थ” द.कोरिया थेगु शहरको गुजीमा यही मिति २०२४ जून ९ तारिक आइतबारको दिन खुल्ला मैत्रीपूर्ण प्रथम मगर संसार भलिबल कप २०२४ ” आयोजना गरेको छ।
भलिबल आयोजना सामाजिक अभियंता तथा मगर संसार(Magar Sansar) Photo Gallery का संस्थापक अध्यक्ष अनिल लामिछाने मगरले गर्नु भएको हो।

उक्त भलिबल प्रतियोगितामा कोरियामा रहेका सम्पूर्ण भलिबल टीम संस्थालाई भलिबल कार्यक्रम नजुडाई दिनु हुन आग्रह गर्दै यो पहिलो प्रयासलाई सफल बनाई दिनु हुन सबैमा अनुरोध समेत गरेको छ।
कार्यक्रमको उद्देश्य राहतकोशलाई बलियो बनाउने र नेपाल मा आईपर्ने समस्यामा सहयोग गर्ने रहेको जानकारी दिनु भयो।
भलिबल टीम सहभागि गराई प्रतियोगिता सफल बनाई दिनु हुन कोरियामा आबद्द भलिबल खेलप्रेमी साथीहरुमा हार्दिक अनुरोध गरेकोछ ।

खेलका नियमहरु:-
१) खेल टिटि सिस्टम अनुसार खेलाइने छ।

२) रेफ्रिलाई पूर्ण अधिकार दिइएकोछ।

३) खेलाडी संख्या टीम कोच र लिबरो सहित ९ जना हुनुपर्ने छ। (जस्तै:- कोच १ + लिबरो १ + खेलाडी ७ = ९ जना)

४) आवश्यक सुरक्षाको लागि आफै साबधानी अपनाउनु पर्नेछ।

५) खेल हुने मिति :- 2024 जून 9 तारिक (२०८१ जेठ २७ गते) आइतबार समय ठीक ९ am बाट
(नोट:- खेलाडी बिहान ९ बजे ,खेल मैदान भित्र उपस्थित हुन नसकेको खण्डमा जून टीम समयमा उपस्थित हुन सक्दैन त्यो टीमको एक मिनेट बराबर १ नम्बर काटिने छ । )

६) टीम दर्ता गर्ने अन्तिम मिति २०२४ मे २५ तारिक शनिवार देखी जून २ तारिक आइतबार ६ pm सम्म

७) टाइसिट :- जून २ तारिक आइतबार ७ बजे live गोलाप्रथा द्वारा सार्बजनिक गरीने

८) खेल हुने स्थान :- 대구광역시 달성군 구지면 여현리 764-3(कोरिया थेगु स्थित खुजि भलिबल खेल मैदान)

९) कुनै बिबाद सृजना भएमा आयोजकको निर्णय नै अन्तिम निर्णय हुनेछ।

✅पुरस्कारहरु👇👇
⏭️ प्रथम :- ३० लाख वन + ट्रफी + मेडल + सम्मान पत्र
⏭️ दोस्रो :- १५ लाख वन + ट्रफी + मेडल + सम्मान पत्र
⏭️ तेस्रो :- ७ लाख वन + ट्रफी + मेडल + सम्मान पत्र

✅ दर्ता शुल्क :- २ लाख ५० हजार वन मात्र

अध्यक्ष/खेल_संयोजक तथा टिम दर्ताको लागि सम्पर्क :- अनिल लामिछाने मगर (010 3277 9710)

आयोजक :- मगर संसार(Magar Sansar) Photo Gallery
बाग्लुङका प्रिंस पुनलाई मगर संसारद्वारा रु.३४,३८१/- रूपिया सहयोग

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar