नेपाल मगर संघ सम्पर्क समन्वय समिती १६औँ स्थापना दिबसको सन्दर्भमा “साँगठानिक प्रशिक्षण तथा मघे सकरातीको शुभकामना आदान प्रदान-कार्यक्रम २०७६” समपन्न

नेपाल मगर संघ सम्पर्क समन्वय समिती १६औँ स्थापना दिबसको सन्दर्भमा “साँगठानिक प्रशिक्षण तथा मघे सकरातीको शुभकामना आदान प्रदान-कार्यक्रम २०७६”


अध्यक्षता:- नेपाल मगर सघ सम्पर्क समन्वय समितीको केन्द्रिय अध्यक्ष होमराज खपाङ्गी मगर
प्रमुख आतिथ्य:- नेपाल मगर संघ केन्द्रिय अध्यक्ष एबम् नेपाल मगर संघ केन्द्रिय अध्यक्ष एबम् अन्तराष्ट्रिय मगर महासंघको केन्द्रिय अध्यक्ष ,नेपाल आदिवासी जनजाती महासंघको उपाध्यक्ष/प्रवक्ता :- नवीन रोका मगर ज्युले नेपाल मगर संघले २०७६ साल यस वर्षको माघे सकराती (माघ्या सकराटी)लाई उत्सवका साथै आन्दोलनको रुपमा मनाउने घोषणा गरेको छ ।
नेपाल मगर संघले संघीय संविधानमा उल्लेख गरेको कुरालाई कार्यान्वयन नगरी राज्यले विभेद गरेको आरोप लगाउदै यस पटकको माघे सक्रान्तिलाई आन्दोलनको वर्ष मनाउने घोषणा गरेको जानकारी नेपाल मगर संघ केन्द्रिय अध्यक्ष एबम् नेपाल मगर संघ केन्द्रिय अध्यक्ष एबम् अन्तराष्ट्रिय मगर महासंघको केन्द्रिय अध्यक्ष ,नेपाल आदिवासी जनजाती महासंघको उपाध्यक्ष/प्रवक्ता :- नवीन रोका मगर ज्युले नेपाल मगर संघ सम्पर्क समन्वय समिती १६औँ स्थापना दिबसको सन्दर्भमा “साँगठानिक प्रशिक्षण तथा मघे सकरातीको शुभकामना आदान प्रदान-कार्यक्रम २०७६” बोल्दै भन्नुभएको हो ।
शनिबार काठमाडौमां नेपाल मगर संघ सम्पर्क समन्वय समिती १६औँ स्थापना दिबसको सन्दर्भमा आयोजना गरेको “साँगठानिक प्रशिक्षण तथा मघे सकरातीको शुभकामना आदान प्रदान-कार्यक्रम २०७६” कार्यक्रममा बोल्दै संघिय संविधानमा व्यवस्था गरेका समुदायका तमाम कुराहरुलाई राज्यले कार्यान्वयन नगरेको, मगरको संस्कृृतिक साथै जातीय पहिचानलाई कायम गर्न राज्य चुकेको र मौलिकतालाई वर्खीलाप गरेको आरोप लगाए।
“साँगठानिक प्रशिक्षण तथा मघे सकरातीको शुभकामना आदान प्रदान-कार्यक्रम २०७६” बोल्दै नेपाल मगर संघका अध्यक्ष नविन रोका मगरले संघिय संविधानमा समावेश गरेको आदिवासी जनजातीको पहिचान, मौलिक हक र भौगोलिक अवस्था सहितको पहिचानको व्यवस्था गरेता पनि कार्यान्वयनको लागि राज्य चुकेको आरोप लगाए । नेपाल मगर संघ केन्द्रिय अध्यक्ष एबम् अन्तराष्ट्रिय मगर महासंघको केन्द्रिय अध्यक्ष नविन रोका मगर ज्युले दशैं तिहार जस्तै मगर समुदायको राष्ट्रिय चाड माघे सक्रान्ति(माघे सकराती)लाई महत्व दिन आग्रह गरेका छन् । राज्यको पहुचबाट टाढा रहेको मगर जातीको इतिहासमा पनि कमी नरहको कुरा औल्याउँदै रोकाले मगर जातीलाई राज्यले विभेद गर्नु दुःखद् कुरो भएको बताए ।
कार्यक्रममा नेपाल मगर सघको बैदेशिक विभाग सचिव एबम् अन्तराष्ट्रिय मगर महासंघको उपमाहसचिब रक्षा बहादुर रैका मगर, नेपाल आदिवासी जनजाती अपाङ्ग महासंघको अध्यक्ष खड्क सारु मगर,बिनिता आले मगरले आ–आफ्नो धारणा व्यक्त गरेका थिए । कार्यक्रममा नेपाल मगर संघका सचिव जगत बहादुर रेश्मी मगर,नेपाल मगर सघ प्रदेस समिती प्र.न. ३ नेवा: ताम्सालिङ्गको मुख्य सचिव :- सविन पुलामी मगर साथ नेपाल मगर सघ प्रदेस समिती प्र.न. ३को संगठन सचिव :- किरण थापा मगर उपस्थित लगायत विभिन्न तहका नेपाल मगर संघ सम्पर्क समन्वय समितीको अग्रज मगर समुदायका प्रवुद्ध व्यक्तिहरुको उपस्थिति थियो ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar