मगर समुदायको प्रमुख राष्ट्रिय सास्कृतिक चाड “माघेसकराती” पत्रकार सम्मेलन सम्पन्न

मितिः २०७६ पौष २६ गते

प्रिय मित्रहरु ।
जेधो÷झोर्ले÷सिमिङेपाऊ÷मगरात अभिवादन ।

मगर समुदायको प्रमुख राष्ट्रिय सास्कृतिक चाड “माघेसकराती” को उपलक्ष्यमा देश विदेशमा बसोबास गर्ने नेपाली दाजुभाई दिदिबहिनीहरुको सुस्वास्थ्य दिर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दर्छौ । यस अबसरमा देशमा रहेका भाषिक, साँस्कृतिक र सामाजिक विविधताको समृद्धि हुन सक्दैन तब सम्म नेपाल पूर्ण समृद्ध बन्न सक्दैन भन्ने तर्फ नेपाल सरकार र राजनैतिक पार्टीहरुको ध्यानाक्रर्षण होस भन्ने कामना समेत गर्दछौ ।

नेपालको सबै जिल्लाहरुमा बसोबास रहेको प्राचीन आदिवासी जनजाति “मगर” समुदाय भित्र पनि साँस्कृतिक, भाषिक र सामाजिक विविधता छन् । मौलिक सँस्कृतिको रुपमा मगरहरुले माघेसकराती चाड, भूम्यापूजा, बैशाखे पूर्णिमा, साउने सकराती आदि चाडपर्व सबैले मनाउने गर्दछन् भने भाषिक रुपले मगरहरुले बाह्रमगरात (मगर ढुट), अठारमगरात (मगर खाम÷पाङ) र मगर काइके बोल्ने गर्दछन् । मौलिक कला–सँस्कृतिका हिसाबले मगरहरुमा हुर्रा, सोरठी, कौडा, मारुनी, पैँस्यारु, टप्पा, घाँटु, यानीमाया आदि नाचगान प्रचलित छन् । माघेसकराती चाड विशेष त चेली तिहारकोे रुपमा मनाईन्छ । नयाँ यामको सुरुवात यसै दिन देखि उभौली सुरुभई साउने सकरातीमा समापन भई सोही दिन देखि उद्यौली सुरु हुने प्रचलन छ । यस चाडमा दाजुभाई दिदिबहिनी सबैले बिहानको पहिलो प्रहरमा मूलपानी र धारालाई जमरा र पाटीले सजाउने साथै नुहाई धुवाई गरेर चेलीहरुले मूलको पानी र जमरा स्वरुप जौं को पात लिएर घरको धूरी खाँबोमा पूजा गर्ने गरिन्छ यस दिन छोरी चेलीहरुलाई माईती दाजुभाईहरुले पूजा गर्ने गरिन्छ । चामलको सेतो टिका र जौं पाटीको फुल लगाई दक्षिणा अनि आर्शिवाद दिने चलन छ । यस दिन छोरी चेलीहरुलाई गिठ्ठा, भ्याकुर, पिडालु, तरुल, रोती सहितको परिकार मिसिएको मिस्रा दिने गरिन्छ घरमा आएका चेलीहरुलाई घरमै र आउन नसकेका छोरीचेलीलाई उनीहरु कै घर–घरमा पठाइदिने गरिन्छ । मिस्रा भन्नाले तरुल, गिठ्ठा, भ्याकुरको परिकारहरु, भुजौरी, खिचदी, घिउको परिकार बनाइको परिकार हो । यस चाडमा मौलिक रुपले भैलो खेल्ने, पुतली नाँच्ने, सिस्नो खेल्ने, पिङ खेल्ने आदि गरिन्छ । साँस्कृतिक हिसाबले यस चाड देखि कौडा नाचको सुरुवात गर्ने र मादल, बाजाहरु (चर्को आबाज निकाल्ने बाजागाजा) बन्द गर्ने गरिन्छ । यसै दिन देखि बेशीबाट लेक तिर बसाई सर्ने गरिन्छ । मगर समुदायमा यस चाड साँस्कृतिक र सामाजिक हिसाबले अत्यान्तै महत्व राख्ने गर्दछ ।
बहुजातिय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक देश नेपालको मूल मर्मलाई नेपालको संविधानले आत्मसात गर्दै यि साँस्कृतिक सभ्यताहरुको संरक्षण र प्रवद्र्धन गर्न तथा राष्ट्रिय मान्यता र सम्मान दिन नेपाल सरकारले सार्वजनिक बिदा दिइँदै आएको सर्बविदितै छ । पछिल्लो चरणको सरकारले आर्थिक समृद्धिको नाममा नेपालका आदिवासी जनजाति लगायतका लोपन्मोख सिमान्तकृत समुदायहरुले प्राचिन काल देखि मनाउदै आएको साँस्कृतिक चाडपर्वहरुमा दिइदै आएको सार्बजनिक बिदालाई कटौती गरेको प्रति हाम्रो घोर आपत्ती रहेको छ ।
मगरात ऐतिहासिक सभ्यताको जगमा विकसित मगर समुदायको प्रमुख साँस्कृतिक चाड माघेसकराती लगायतका साँस्कृतिक चाडपर्वहरुमा नेपाल सरकारले कतौती गरेका सार्बजनिक बिदाहरुलाई समानता र सामाजिक न्यायको सिद्धान्तको आधारमा पुनःस्थापना गराउनका लागि मन्त्रीस्तरीय समितिले ल्याएको सार्वजनिक विदा सम्बन्धीको प्रस्ताव प्रति हार्दिक स्वागत गर्दै यथासक्य मन्त्रीपरिषद्बाट निर्णय गरि कार्यन्वयन गर्न माग गर्दछौ ।
“माघेसकराती राष्ट्रिय चाड मनाउदै अघी बर्ढौ । मगरात पहिचान र अधिकार प्राप्तिका लागि लडौं ।।” भन्ने मूल नारा सहित नेपाल मगर संघ केन्द्रीय समितिको मुख्य आयोजना र नेपाल मगर संघ प्रदेश नः३ (नेवाः ताम्सालिङ) लगायत काठमाडौं उपत्यकामा क्रियाशिल संघ सस्थाहरु (भातृसस्थाहरु, जिल्ला समन्वय समितिहरु र आबद्ध सस्थाहरु)को सहआयोजनामा यहि मिति २०७६ माघ १ र २ गते काठमाडौको टुडिखेलमा सुसम्पन्न हुने माघेसकराती राष्ट्रिय चाड शुभकामना आदान प्रदान तथा मगर मौलिक साँस्कृतिक महोत्सव को समुद्घाटन सम्माननीय उपराष्ट्रपति ज्यू ले गर्नुहुने भएको छ । उक्त कार्यक्रममा मगरहरुको मौलिक साँस्कृतिक प्रर्दशनी, मौलिक भेषभुषा, मौलिक खानपिनको प्रर्दशनी, धनुणबाँण हान्ने तथा एक आपसमा शुभकामना आदान–प्रदान आदि हुने भएको छ । माघ १ गते मौलिक झाँकी सहित १० बजे भृकुटी मण्डपबाट ¥याली सुरुहुने प्रिय पत्रकार मित्रहरुको माध्यमबाट सबैमा जानकारी गर्दछौ ।

………………
नबीन रोकामगर
अध्यक्ष, नेपाल मगर संघ, केन्द्रीय समिति

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar