पोखरामा हाप्किडो रेफ्री सेमिनार सम्पन्न हुँदै

पोखरामा हिजोदेखि जारी हाप्किडो रेफ्री सेमिनार आज सम्पन्न हुँदै

आगामी माघ ११ र १२ गते पोखरामा आयोजना हुने नेपाल मार्शल आर्टस् हाप्किडो संघको अन्तर्राष्ट्रिय सेमिनारको पुर्व सन्ध्यामा आयोजना गरिएको दुई दिने रेफ्री सेमिनार आज पोखरामा सम्पन्न भएको छ ।

संघको कास्की जिल्ला समितिको आयोजना तथा केन्द्रिय समितिको सहयोगमा भएको सेमिनार पोखरा महानगरपालिका वडा नं.१४ को वडा भवनमा सम्पन्न भएको हो ।

सेमिनारमा ३५ जिल्लाका ६० जना रेफ्रीहरु सहभागि भएको संघका कास्की जिल्ला अध्यक्ष मदनकुमार जि.सी.ले जानकारी दिनुभयो । रेफ्रीहरुलाई प्रशिक्षकद्धय सुस्मिता गुरुङ र भुवन बुढामगरले प्रशिक्षण दिएका थिए।

पोखरामा पहिलो पटक आयोजना हुन लागेको नेपाल मार्शल आर्टस हाप्किडो अन्तर्राष्ट्रिय सेमिनारमा २० देशका ६ सय जना खेलाडी तथा खेल प्रशिक्षकहरुको सहभागिता रहने नेपाल मार्शल आर्टस हाप्किडो संघका केन्द्रिय अध्यक्ष कालीबहादुर घर्तीमगर’बसन्त’ले जानकारी दिनुभयो ।

माघ ११ गते विहान ११ बजे भव्य झाँकी सहितको रयालीले नगर परिक्रमा गरेपछि पोखरा रंगशालाको कभडहलमा सेमिनारको उद्घाटन हुने छ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar