पुर्बी नेपाल उदयपुरमा माघे सकराती राष्ट्रिय पर्व कार्यक्रम तथा हुर्रा महोत्सव २०७६ भव्य रुपमा सम्पन्न ।
काठमाण्डौ। सविन पुलामी मगर ‘साकार’
नेपाल मगर संघ केन्द्रिय समितीको अध्यक्ष एबम् अन्तराष्ट्रिय मगर महासंघ अन्तराष्ट्रिय समितीको केन्द्रिय अध्यक्ष ,नेपाल आदिवासी जनजाती महासंघको उपाध्यक्ष/प्रवक्ता :- नवीन रोका मगर ज्युको प्रमुख रुपमा पुर्बी नेपाल उदयपुरमा माघे सकराती राष्ट्रिय पर्व कार्यक्रम तथा हुर्रा महोत्सव २०७६ शुभकामना मन्तब्य सहित भन्नुभयो मगरात हाम्रो घर हो ,नेपाल हाम्रो देश हो,जहाँ हाम्रो भाषा,संस्कृती, धर्म, सामाजिक मूल्यमान्यता राजनैती ईतिहासले बास गर्छ अनि नेपाल हाम्रो देश हो ।नेपाल बहुभाषी, बहुसांस्कृतिक तथा बहुधार्मिक, विविधताले भरपूर राष्ट्र हो । त्यसैले विविधतामय पहिचान बोकेर आफ्नो छुट्टै अस्तित्व झल्काउने नेपालीहरूका आफ्नै भाषा, आफ्नै संस्कृति, आफ्नै भेषभूषा, आफ्नै परम्परा तथा आफ्नै लोक रीतिरिवाजहरू छन्। नेपाल मगर संघ केन्द्रिय समितीको अध्यक्ष एबम् अन्तराष्ट्रिय मगर महासंघ अन्तराष्ट्रिय समितीको केन्द्रिय अध्यक्ष:-नबिन रोका मगर ज्युले भन्नुभयो आफैमा सानो भौगोलिक परिवेशलाई ओगटेर पनि विविधताजन्य पहिचान दिन सक्नु नेपालको निजत्व हो।नेपाल आकारले सानो भए पनि सबैको आँखाको नानी छ । प्राकृतिक तथा भौगोलिक आश्चर्यहरूले नेपाल विश्वमै प्रतिष्ठित बन्दै छ । प्राकृतिक सुन्दरता तथा भौगोलिक विविधताले पनि नेपाललाई विश्वका अरु राष्ट्रका सामु अलग्गै पहिचान दिलाएर उभ्याएका छन् । अब हामी एकजुट भएर अघिवड्नुपर्ने जोडदार अपिल गर्नुभएको छ।
माघे सकरातीको दिन छोरी चेलीहरुलाई मिस्रा (उपहार) दिने गरिन्छ घरमा आएका चेलीहरुलाई घरमै र आउन नसकेका छोरीचेलीलाई उनीहरु कै घर–घरमा पठाइदिने गरिन्छ । मिस्रा भन्नाले तरुल, गिठ्ठा, भ्याकुरको परिकारहरु, भुजौरी, खिचदी, घिउको परिकार बनाइको परिकार हो । यस चाडमा मौलिक रुपले भैलो खेल्ने, पुतली नाँच्ने, सिस्नो खेल्ने, पिङ खेल्ने, धनुषवाँण हान्ने आदि गरिन्छ । साँस्कृतिक हिसाबले यस चाड देखि कौडा नाचको सुरुवात गर्ने र मादल, बाजाहरु (चर्को आबाज निकाल्ने बाजागाजा) बन्द गर्ने गरिन्छ। यसै दिन देखि बेशीबाट लेक तिर बसाई सर्ने गरिन्छ । मगर समुदायमा यस चाड साँस्कृतिक र सामाजिक हिसाबले अत्यान्तै महत्व राख्ने गर्दछ । हाम्रो सास्कृतिक पर्बलाइ जोगाउदै मगरात पहिचान एकजुट हुनुपर्ने बताउनुभयो। कार्यक्रममा साँस्कृतिक मगर मौलिक खानेकुरा मिस्रा भन्नाले तरुल, गिठ्ठा, भ्याकुरको परिकारहरु, भुजौरी, खिचदी, घिउको परिकार बनाइको परिकार खुवानुभयो भने मौलिक कला–साँस्कृतिका हिसाबले मगरहरुमा हुर्रा, सोरठी, कौडा, मारुनी, पैस्यारु, टप्पा, सरङ्या, झ्याम्रे, यानीमाया, फाँङ्क आदि नाँचगान प्रचलित अनुसारको मगरातमय नै भएको थियो।
साथै यहाँ मगर समुदायमा मनाइने माघे सकरातीको अवसरमा गरिने विभिन्न चालचलन र संस्कारहरूको बारेका छोटकरीमा जानकारी दिने प्रयास गरिएको छ।
मिश्रा बाँड्ने : माघे सकराती मगर समुदायका लागि छोरी, चेलीबेटीहरूको पर्व हो। त्यसैले यो चाड चेलिबेटिहरूको पुजा गरी मनाउने चलन रहेको छ। चेलीहरूलाई पुज्नका लागि जम्मा गरिएको चामल, फलफूल, तरुल, रोटी आदिलाई नै मिश्रा भनिन्छ। यसलाई ठाउँ, स्थान विशेषअनुसार निर्सो, मिश्रा आदि भन्ने चलन छ। जसलाई हामी खस भाषामा उपहार भनेर चिन्न सक्छौँ।
माघे सकराती वा माघ एक गतेको दिन बिहान सबेरै उठेर स्नान गरी बुवा दाजु या भाइले सबैको चेलिबेटीहरूलाई भेला गराएर मिश्रा चढाइ पुज्ने गर्दछन्। घरमा उपस्थित सम्पूर्ण दिदिबहिनीहरूको पूजा गरिसकेपछि फेरि विवाहित चेलीहरूको घर-घरमा पुगेर मिश्रा बाँड्ने चलन पनि रहेको छ। मिश्रा बाँड्ने क्रममा सकेसम्म दाजूभाई वा बुवा आफै चेलीको घरमा पुग्ने चलन रहेको छ। सबै चेलीहरूलाई पुजिनसक्दासम्म केही पनि खानेकुरा खानु हुँदैन भन्ने मान्यता छ।
सकरातीको दिन चेलीलाई विशेष सम्मान गरिन्छ। त्यस दिन चेलीलाई कुनैपनि काममा लगाउनुहुँदैन भन्ने मान्यता छ। उनको घरमा खानेकुराहरू केही पनि खानु हुँदैन भन्ने मान्यता रहेको पाइन्छ। यदि कुनै चेलीको घर टाढा रहेको छ भने उनको मिश्रा अर्को दिन पुर्याइदिने चलन छ। मिश्रा बाँड्ने काम सकरातीको दिन बिहानभरी चल्ने गर्छ।
मस्यान्द्रा खेल्ने : गाँउघरमा रहेका सम्पूर्ण अविवाहित चेलीहरू बिहान उठेर खोला नदी दोभान वा धारामा नुहाएर घर फर्किसकेपछि बुवा आमा र दाईभाईले मिश्रा चढाएर पुज्ने काम हुन्छ। त्यसपछि गाँउटोलका साथीहरूसँग टोली बनाई घर-घरमा पुगेर मस्यान्द्रा माग्ने गर्दछन्। घरबेटीले प्रत्येक मस्यान्द्रा टोलीलाई सालको पातबाट बनेका टपरीमा एक टपरी चामल, गहुँ र फापरको रोटी सहित पाँच/दश रुपैयाँ दिने चलन रहेको छ। यसरी मस्यान्द्रा माग्दै घर-घरमा डुल्ने कामलाई नै ‘मस्यान्द्रा खेल्ने’ भनिन्छ। मागेको मस्यान्द्रालाई संकलन गरेर एक दिन विषेश गरेर चेलीहरूले घरदेखि बाहिर गएर संगीहरूसंग रमाइलो गर्दै खाने गरिन्छ।
झोम्पलेनी लगाउने : डाँठ निस्कनुभन्दा अगाडिको जौ को विरुवा जसमा पात मात्र हुन्छ। त्यसलाई नै झोम्पलेनी भनिन्छ। चेलीबेटीहरू खोलाबाट नुहाएर फर्किदा बाटोमा पर्ने बारीबाट जौं को विरुवा जरैदेखि उखेलेर ल्याउँछन् र मस्यान्द्रा खेल्ने क्रममा घरबेटीहरूलाई निधारमा अबिर र कानमा जमरा लगाए जसरी झोम्पलेनी लगाइदिएर पैसा माग्ने चलन रहेको छ। यसरी चेलीहरूले निधारमा अबिर र कानमा झोम्पलेनी लगाइदिएपछि घरबेटीले आफ्नो क्षमताअनुसार दान दक्षिणा दिने गर्नुपर्छ।
श्याम्भो गाउने : स्याम्भो गाउने माघे सकरातीको विशेष परम्परात हो। सकरातीको दिन साँझपख देखि बुढापाकाहरू जम्मा भई आफ्ना दुःख सुःखका कुराहरू एकप्रकारको लया भाकामा मिलाएर गाउने गीतलाई ‘श्याम्भो गीत’ भनिन्छ। यसरी श्याम्भो गीत गाउने बुढापाकाहरू पनि एकपछि अर्को साथीको घर पुगी खानपिनमा समावेश हुने र रमाइलो तथा ख्याल ठट्टा गर्ने गर्दछन्। यो संक्रान्ति पछि दुई/तीन दिनसम्म पनि चल्न सक्छ।
तारो हान्ने : सकरातीमा तारो हान्ने मगर समुदायको विशिष्ट प्रकारको संस्कार हो। सकरातीको दिनदेखि नै पुरुषहरू खुल्ला चौर वा बारीमा गएर तारो हान्ने चलन छ। जसले निशाना लगाउन सक्छ त्यसलाई फूलपाती लगाएर सम्मान तथा पुरस्कृत गर्ने चलन पनि छ। यसरी धनुषकाँडले निशाना लगाउने प्रतियोगितालाई नै तारो हान्ने भनिन्छ। यो कार्य पनि तीन/चार दिनसम्म चल्ने गर्दछ। उहिले तारो हानेर बिहे गर्ने चलन थियो। अहिले त्यो परम्परा भने हराइसकेको छ।
पितृको सम्मान : आदिवासी समुदायमा पितृ पुज्ने, प्रकृति पुज्ने चलनलाई विशेष मानिन्छ। त्यसैगरी मगर समुदायमा पनि मातापित्रको पूजाआजा, उनीहरूलाई सम्झिने गरिन्छ। सकरातीको अवसरमा पनि मृत्यु भएका परिवारजनको अस्तु बगाउने, जलाउने र दान दक्षिणा गर्ने चलन पनि मगर समुदायमा रहेको छ। मृत्यु भएका परिवारजनको कुनै सामान वा लत्ताकपडा लिएर रिडी नदीमा पुगी बगाइदिने तथा गाडिएको ठाँउबाट हड्डी उत्खनन् गरी त्रिवेणी दोभान वा नदीनालामा लगी जलाइदिने गरिन्छ।
आफ्नो क्षमताअनुसार चेलीबेटीलाई दान दक्षिणा दिई मृत व्यक्तिको आत्मालाई स्वर्गमा चढाइदिने परम्परा छ। यस्तो गरेमा मृत आत्माले पुण्य प्राप्त गर्दछ भन्ने परम्परागत मान्यता विश्वास रहेको छ। यो काम सकरातीकै दिनमा गरिन्छ। यस बाहेक मगर समुदायले माघे सकरातीको दिन रैँया फोर्ने, पुल्ली जलाउने, रंग, अबिर वा मसी दलेर रमाइलो गर्ने चलन पनि छ।
माघे सकरातीको आफ्नै छुट्टै सामाजिक तथा धार्मिक महत्व रहेको छ। यो मगर समुदायमा सामाजिक रूपले लैङ्गिक विभेदलाई निरुत्साहित गरी समानताको प्रतिक एवं धार्मिक दृष्टिकोणले दान, दक्षिणा गरी पुण्य प्राप्ती तथा सेवा, सद्भावको महत्व बोकेको पर्व हो। त्यसो भएको हुँदा देशभित्र या बाहिर जताततै निकै हर्षोल्लाषका साथ मनाइने यो पर्वको स्थानीय तथा राष्ट्रियस्तरमा संरक्षण तथा व्यवस्थापन जरुरी छ।
अहिले यी परम्पराहरू प्रायजसो लोप हुने अवस्थामा छन्। विभिन्न ठाउँमा बसाइसराइ गर्ने क्रममा ती संस्कारहरू पनि हराउने अवस्थामा छन्। नेपाल मगर संघले संस्थागत रूपमा यस्ता चाडपर्वहरूलाई मनाउँदै आएको छ। तर, हामीले हाम्रो घरभित्रै यस्ता कुरालाई संरक्षण दिन सकेनौं भने यो हराएर जाने सम्भावना रहन्छ।
झोर्ले,जेदो,सिमेपउ, धन्यवाद।।