नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले अग्नी सापकोटालाइ सभामुखको उमेरदवार बनाउने निर्णय

काठमाण्डौ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले अग्नी सापकोटालाइ सभामुखको उमेरदवार बनाउने निर्णय गरेको छ। प्रधानमन्त्री निवास वालुटारमा आइतवार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिववालय बैठकले अग्नी सापकोटालाइ सभामुख बनाउने निर्णय गरेको हो।
तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि प्रतिनिधिसभा लामो समयदेखि सभामुखविहीन रहेको छ । शीर्ष नेताबीच रस्साकस्सी भएकाले लामो समय नेकपाले सभामुखको उम्मेदवार चयन गर्न सकेको थिएन।

प्रतिनिधिसभामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्पष्ट बहुमत छ । त्यसैले सभामुख निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवारमा चयन भएका सापकोटाको जित सुनिश्चितजस्तै छ ।

यस्तो छ अग्नि सापकोटा राजनैतिक परिचय

व्यक्तिगत विवरण
जन्म मिति/स्थानः २०१४ फागुन २४, सिन्धुपाल्चोक, कुविण्डे गाउँ
आमाको नामः तिलमाया सापकोटा
बुबाको नामः धनपति सापकोटा

स्थायी ठेगानाः चौतारा साँगाचोकगढी न.पा वडा नं ४, सिन्धुपाल्चोक
शैक्षिक योग्यता: स्नातक, त्रिभुवन विश्वविद्यालय
पारिवारिक स्थितिः श्रीमती, तीन छोरा
पेशा र अनुभवः
१५ वर्ष अध्यापन, (७ वर्ष माध्यमिक विद्यालयको प्रधानाध्यापक)
पार्टी सदस्यता मिति र पार्टीको नामः
वि.सं. २०३५ साल नेकपा (चौथो महाधिवेशन)
पार्टी जिम्मेवारीः
स्थायी समिति सदस्य, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)
राजकीय जिम्मेवारीः
वि.सं. २०६४ – चैत्र २८ गते सम्पन्न पहिलो संविधानसभाको निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट निकटतम प्रतिद्धन्द्धीभन्दा २० हजार बढी मत (३०,१७५) ल्याइ निर्वाचित। देशभरि सर्वाधिक मत ल्याउने सातौं उम्मेद्वार। संविधानसभा सदस्यका रुपमा संविधान निर्माणमा सक्रियतापूर्वक क्रियाशाील।
वि.सं. २०६८ – वैशाख २२ गते नेपाल सरकारको सूचना तथा संचार मन्त्री
वि.सं. २०७० – सिन्धुपाल्चोक–२ वाट दोस्रो पटक संविधान सभा सदस्यमा निर्वाचित तत्कालीन बागमती अञ्चलबाट तत्कालीन एकीकृत नेकपा(माओवादी) बाट विजयी एकमात्र सांसद ।

वि.सं. २०७३ –नेपाल सरकारको वन तथा भू–संरक्षण मन्त्री
वि.सं. २०७४ – प्रतिनिधि सभा सदस्यमा विजयी, सिन्धुपाल्चोक–१, लगातार तीनपटक संसद सदस्यमा विजयी (ह्याट्रिक)

संक्षिप्त राजनीतिक जीवन
वि.सं. २०२९ – सालमा विद्यार्थी संगठनमा आवद्व,
वि.सं. २०३५ – पार्टी सदस्यता (नेकपा चौथो महाधिवेशन)
वि.सं. २०३७ – शिक्षक संर्घष समितिको सदस्य (ने.रा.शि.सं) जिल्ला उपाध्यक्ष, अध्यक्ष हुँदै ने.रा.शि.सं को केन्द्रीय महासचिव र उपाध्यक्ष,
वि.सं. २०४८ – मा शिक्षकवाट राजीनामा दिई पूर्णकालीन राजनीतिमा सकृय, २०४९ मा संयुक्त जनमोर्चाको केन्द्रीय सदस्य,
वि.सं. २०५१ – मा नेकपा (एकता केन्द्र) को केन्द्रीय सदस्य, २०५१ असोजमा नेकपा (माओवादी) केन्द्रीय सदस्य, २०५२ माघदेखि भूमिगत, 
वि.सं. २०५२ – फागुनवाट शुरु जनयुद्वको नेतृत्वमा, पूर्वी उपक्षेत्रिय व्यूरो इन्चार्ज, २०५७ मा दोस्रो राष्ट्रिय सम्मेलनवाट पोलिट्व्युरो सदस्यमा निर्वाचित,
वि.सं. २०५८ – पार्टीवाट गठन गरिएको ३ सदस्यीय वार्ता टोलीमा रही सरकारसँग वार्तामा सहभागि,
वि.सं. २०६२ – चैत्र १४ गते सिन्धुपाल्चोक ठोकर्पामा आयोजित कार्यक्रममा तत्कालीन शाही नेपाली सेनाले हेलिकप्टरबाट प्रहार गरेको गोली ३ ठाँउमा लागि गम्भीर घाइते
वि.सं. २०६२/२०६३ – दोस्रो जनआन्दोलनमा उपत्यका वरिपरिका जनतालाइ जनआन्दोलनमा परिचालनको नेतृत्व
वि.सं. २०६९ – साल माघमा भएको एकीकृत नेकपा (माओवादी) को हेटौडा महाधिवेशनवाट पोलिट्व्युरो सदस्य
वि.सं. २०६९ – साउनमा एकीकृत नेकपा (माओवादी) को स्थायी समिति सदस्य तथा पार्टीको केन्द्रीय प्रवक्ता
वि.सं. २०७१ – मा भएको विराटनगर सम्मेलनवाट स्थायी समिति सदस्य
वि.सं. २०७३ – नेकपा (माओवादी केन्द्र)को कार्यालय सदस्य
वि.सं. २०७५ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति सदस्य

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar