संयुक्त मगर मञ्च नेपालका संयोजक तथा नेपाल मगर संघका केन्द्रीय अध्यक्ष नवीन रोका मगरको अध्यक्षतामा


सविन पुलामी मगर’साकार’
मुख्यसचिव
नेपाल मगर संघ प्रदेश समिती प्र.न.३ नेवा:ताम्सालिङ्ग मगरात

काठमाण्डौँ। संयुक्त मगर मञ्च नेपालका संयोजक तथा नेपाल मगर संघका केन्द्रीय अध्यक्ष नवीन रोका मगरको अध्यक्षतामा विभिन्न राजनैतिक दलका मगर राजनैतिक मोर्चा / संगठनका प्रतिनिधि सहित बैठक सम्पन्न गर्दै प्रदेश नम्बर ५ को नामाकरण मगरात सहितको गराउनका लागि संयुक्त पहलकदमी गर्ने निर्णय सहित बैठक सम्पन्न भएको छ।

त्यसैले मगरात सहितको प्रदेश नै किन छोटो रुपमा बुझौँ।
संघीयता त्यहाँको जनता, जात जाति वा समुदायहरुलाई पहिचानको आधारमा चाहिएको हो । ५ नम्बर प्रदेश त्यहाँको भूगोल वा ढुंगा माटोलाई चाहिएको होइन भन्ने कुरा पनि प्रष्ट देखिन्छ ।मगरात नेपालको मानाव सभ्यता सँग जोडिएको एैतिहासिक नाम हो। संघीयताको निर्माण गर्दा त्यहाँका समुदायहरुको सहअस्तित्वका आधारमा तिन्को पहिचान र भूगोललाई सम्मान गरेर नै बन्दोरहेछ। भारतकै अनुभवको कुरा गर्दा भाषिक बाहुल्य क्षेत्रको आधारमा, जातीय बाहुल्य ऐतिहासिकताको आधारमा र क्षेत्रीयताको आधारमा राज्यहरु बनेको प्रष्टै देखिन्छ । यस अर्थमा, पहिचानलाई स्वीकार गर्दा देश टुक्रने होइन बरु संघीयताको मुख्य आधार नै ती समुदायहरु, भाषाहरु, सँस्कृतिहरु र भौगोलिक क्षेत्रहरु रहेछन् जसलाई संबोधन गरेर मात्र संघीयता सम्भब हुँदोरहेछ । यसले मात्र विद्यमान सबै विभेद र उत्पीडनमा परेका समुदाय, भाषासँस्कृति र क्षेत्रको जनताको भावना र आकांक्षालाई एकसुत्रमा गाँस्दोरहेछ । अतः नेपालमा पहिचानलाई स्वीकार गर्दा देश टुक्रन्छ भन्ने जे तर्क गरियो, दुनियाँका अनुभवहरुले ती गलत रहेछन् भन्ने नै देखाउँछ। सारमा भन्दा, पहिचान भनेको त्यहाँको समुदाय, भाषा, सँस्कृति तथा भूगोललाई चिनाउने नाम हो र नाम विनाको संघीयता कहीं पनि हुँदैन र छैन ।
अहिले नेपालमा बहसमा मगरहरुको मगरात राज्य इतिहास प्रसङ्ग इसाको एघारौं शताब्दीदेखि हो । मगर समुदायको,भाषा,लिपी,सँस्कृती,परम्परा ईतिहास ,भुगोल सहित जोडिएको पहिचानअाधारित नाम हो मगरात।नेपाल देश हो ,मगरात नेपालको घर हो जसमा(नेपाल मगरहरुको देश हो, मगरात मगरहरुको घर हो)। “इतिहास वर्तमानको गर्भ हो।नेपालको (मगरहरु)को इतिहास मगरात हो, मगरहरुले खोजेको मगरात हो। जहाँबाट वर्तमान जन्मिन्छ । वर्तमान फेरि इतिहास हुन्छ भविष्यका निम्ति त्यसैले मगरहरुले खोजेको मगरात ऐतिहासिक पहिचान भएकाले कुुनै जात बिशेषको माग नभई राजनैतीक र ऐतिहासिक माग हो।” मगरात भन्नु नेपाली माटोमै उत्पति भएका नेपाली शव्दहरु हुन्।मगर जात हो, मगरात मगरहरुको पहिचान हो। नेपालमा बोलिने सबै मातृभाषाहरु नेपालको राष्ट्रिय भाषाहरु हुन् भनेर संविधानमा हामीले नै धेरै पहिले बोलिसकेको अवस्थामा ती नामहरु चाँही जातीय भए भन्नु तर्कसंगत र न्यायसंगत हुँदैनन् बरु आफैमा पूर्वाग्रही देखिन्छन् । गण्डकी, लुम्बिनी ,नारायणी, कर्णाली भन्दा नेपाली हुने र नेपालकै अन्य जनसमुदायले बोल्ने भाषाका उन्का पहिचानका शव्द राख्दा जातीय र अनेपाली हुने सोच, चिन्तन आफैमा विभेदकारी मान्यतामा आधारित देखिन्छन् । यसबाट मुक्त नभई नयाँ नेपाल, साझा नेपाल, सबै समुदायको सहअस्तित्वसहितको नेपाल अर्थात् सुखी समृद्धी नेपाली सबैको नेपाल बनाउन सम्भव हुँदैन । अरुको अस्तित्वलाई स्वीकार गरेर मात्र एक ठाउँमा बस्न सकिन्छ भन्ने मान्यतालाई आत्मसात गर्दा मात्र हामी सबैको संघीय नेपाल बनाउन सक्छौं। नेपालले पनि त्यही बाटो लिन जरुरी छ।किनकी मगरात पहिचान आधारित,ऐतिहासिक, भाषिक, नाम हो, अतः पहिचान (जातीय बाहुल्य ऐतिहासिकता, भाषिक बाहुल्यता वा सांस्कृतिक सघनता) र भूगोल(क्षेत्रीयता) दुबैलाई आ आफ्नो स्थानमा संबोधन गरेर सहमतिका साथ जाने बाटो तय गर्नु अहिलेको निकासको सहज र उपयुक्त बाटो हुनसक्छ र हुनुपर्दछ । विश्वको अनुभवले पनि सबैको सहअस्तित्व र पहिचानको सम्बोधन हुने विधि र प्रक्रिया अपनाउनु निकासको एक मात्र बाटो हुनसक्छ ।मगरात सहितको प्रदेश राज्य लक्ष्य प्रतिको दृढ निश्चयता नै मगरहरु ,सम्पुर्ण नेपाली, सबै उपलब्धिको पहिलो बिन्दु हो।सिद्धान्त र नीतिगत क्षेत्रमा नयाँ सोच्ने कुरा आफैँमा पेचिलो र गम्भीर विषय हो । त्यसैले संगठन बिस्तार र बैचारिक तथा सैद्धान्तिक नीति लिएर अधिराज्य भरी मगरात सहित आम नेपाली जनसमुदायको हक अधिकारको सुनिश्चितता गर्दै मगरात सहितको गणतन्त्र नेपालको लागि आन्दोलनको (सङ्घर्ष)सहित अगाडी बड्नुपर्छ।मगरात बिरोधी तत्वहरुलाइ बाह्य र भित्री रुपमा एक² गरी सिध्याउनु पर्छ । साथै ” मगरहरुको (मगरात) बुद्धीमा नयाँ उज्यालो थप्नुपर्छ, मगरात अवस्थावारे गम्भिर भएर सोँच्दै योजना बनाउदै अनि मगरहरुको मगरात सुनिश्चिताको लागी मगरात राज्य लक्ष्य प्राप्तीको लागी ( दृढ) आन्दोलन निरन्तरता निश्चयता नै मगरहरु सबै उपलब्धिको पहिलो केन्द्र बिन्दु केन्द्रितय बनाउन आबद्ध सम्पुर्ण मगर संगठन र बैचारिक तथा सैद्धान्तिक नीती (साझा मुद्धा नै मगरात हो) मगरात स्थापित गर्न राज्य अधिराज्य भरी मगर समुदायको हक अधिकारको सुनिश्चितता गर्दै मगरात सहितको गणतन्त्र नेपालको लागि आन्दोलनमा एक जुट हुनुको विकल्प नै छैन। मगरात इतिहास हो। मगरात बर्तमानमा स्थापित हुनेछ।संविधान भनेको अन्ततः सम्झौताको दस्तावेज हो । त्यहि सम्झौताको दस्तावेजमा मगरात सहितको गणतन्त्र नेपाल हुन्छ। झोर्ले,जेदो,सिमेपउ नमस्कार धन्यवाद।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar