प्रथम सहिद लखन थापा मगरको १४३ औं स्मृति दिवस नेपाल मगर संघ र प्रथम सहिद लखन थापा मगर स्मृति प्रतिष्ठानले सयुक्त रुपमा मनाउने

सुनिता सिंजाली काठमाण्डौ। प्रथम सहिद लखन थापा मगरको १४३ औं स्मृति दिवस प्रथम सहिद लखन थापा मगर स्मृति प्रतिष्ठान र नेपाल मगर संघ सयुक्त रुपमा मनाउने ।
प्रथम सहिद लखन थापा मगरको १४३ औं स्मृति दिवस प्रथम सहिद लखन थापा मगर स्मृति प्रतिष्ठान र नेपाल मगर संघ सयुक्त रुपमा मनाउने भएको छ।नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा मनाउने कार्यक्रम रहेकोले उक्त प्रथम सहिद लखन थापा मगर स्मृति प्रतिष्ठान र नेपाल मगर संघ र नेपाल मगर संघ प्रदेश नः३ (नेवाः ताम्सालिङ्ग) लगायत काठमाडौं उपत्यकामा क्रियाशिल संघ संस्थाहरु (भातृसस्थाहरु,उपत्यका (काठमाण्डौ,भक्तपुर,ललितपुर) जिल्ला समन्वय समितिहरु र आबद्ध सस्थाहरु)को सयुक्त आयोजनामा भब्यरुपमा मनाउने तयारीमा जुटेको जानकारि प्रथम सहिद लखन थापा मगर स्मृति प्रतिष्ठानको उपाध्यक्ष उमेश राना मगरले मगरात नेपाल डटकमलाइ जानकारि दिनुभएको छ।

सयुक्त बैठक पछि खिचिएको तस्बिर

नेपालको प्रथम सहिद क्याप्टेन लखन थापा मगर बारे संक्षिप्त्त जानकारी!
गोर्खा जिल्ला बुङ्कोट काहुलेमा बि स १८९१ सालमा जन्मेका लखन थापा मगर बि स १९११ सालमा नेपाली सेनामा भर्ना भै भारतिय सिपाही बिद्रोह दबाउन बि स १९१४ मा सहभागी भएर फर्किसके पछि जङ्ग बहादुरको जाहनिया निरङ्कुस सासनको विरुद्धमा क्याप्टेन जस्तो पद छोडेर बि.स. १९२७ साल देखि जयसिङ चुमी राना मगर र अन्य थुप्रै साथिहरुको सहयोग लिएर स्वतन्त्र जनमुक्तिको लागि सैनिक तयार पारे जुन सैनिक २ हजारको हाराहारीमा थिए तर यस्तो सैनिक कठन भएको खबरले जङ्ग बहादुरलाइ सैहय भएन!जङ्गेले लडाइको लागि गोर्खामा काठमाडौ देखि सैनिक पठाए भिडन्त भयो दोहोरो भिडन्त हुदा लखन थापा मगर बि.स. १९३३ फागुन २ गते साहदत हुन पुग्यो र पहिलो सहिद हुन पुगे। उहाँ लखन थापा मगर मात्रै होइन जयसिङ चुमी मगर र सुक गुरुङलाई गोर्खा जेलमा नै हत्या गरियो भने ५० औ ब्यक्तिलाइ काठमाडौ टुडिखेलमा ल्याएर झुन्ड्याइयो!केही आर्य मुलका सन्त ग्यान दिल दास कालू लम्साल जस्तोलाइ माफी गरियो! यसरी पहिलो सहिद हुन पुगेका क्याप्टेन लखन थापा मगरको बारेमा कहि कतै इतिहास वा लेख कतै लेखिएको थिएन तर नेपाल मगर संघ गठन भए पछि खोजिनिती गरे! त्यति बेलै नेपाल मगर संघले पाँच बुदा मध्य एक बुदा क्या लखन थापा मगरलाइ पहिलो सहिद घोषण गर्नु पर्छ भनेर माग अघि सारे!तर केही लागेन बल्ल तल्ल १२५ बर्ष पछि २०५६ साल फागुन ११ गते सहिद घोषणा गरे तर पहिलो सहिद घोषणा गर्न मानिन!फेरि पनि नेपाल मगर संघले आवाज उठाइ नै रहे अनि जहाँ जहाँ राजाको सालिक भत्काइएको थियो त्यहा त्यहा पहिलो सहिद क्याप्टेन लखन थापा मगरको सालिक निर्माण सुरु भयो,पोखरा धादिङ बुटवल पाल्पा दाङ घोराहिमा र जुन ठाँउमा लखन थापा मगरलाइ झुन्डिएको थियो त्यहा पनि पहिलो सहिदको सालिक बन्न सुरु भयो!यसरी नै निरन्तर नेपाल मगर संघ र आबद्ध सस्थाको अगुवाईमा बल्ल तल्ल १३५ बर्ष पछी २०७२ साल असोज ३ गतेको दिनमा मन्त्री मण्डलले पहिलो सहिद क्याप्टेन लखन थापा मगर भनेर घोषणा गर्न राज्य बाध्य भए!पहिलो सहिद क्याप्टेन लखन थापा मगरलाइ पहिलो सहिद घोषणा गरेर मात्रै पुग्दैन घोषणा गर्ने काम भयो तर अझै पनि उहाँ प्रतिको सम्मान पुगेको छैन जस अन्तरगत उहाको सम्मान प्रती मगर संघ लागेको छ र लाग्नु पर्छ!उहा प्रतिको सम्मान जब सम्म राज्यले गर्दैन तब सम्म उहाको अपमान हुन्छ!जस्तै पहिलो सहिद लखन थापा मगरलाइ
१)राष्ट्रिय बिभुती घोषित गराउनु पर्छ!
२)उहाँको जिवनी पाठ्यक्रममा राखिनु पर्छ!
३)उहाँको सालिक सहिद गेटमा राख्नु पर्छ!
४)उहाँको फोटो हरेक अफिस कार्यालयमा राखिनु पर्छ!
५)उहाँको परिवारलाइ सम्मान गर्नु पर्छ!
६)फागुन २ गते सहिद दिवसको बिदा राखिनु पर्छ!बल्ल उहाभको राणा शासन विरुद्ध जनताको स्वतन्त्रको लागि मुक्तिको लागि लड्नु भएको सपना पूरा हुनेछ!
विर सहिद अमर रहुन।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar