नवीन मगरात फेरि मगरात भुमिको मैदानमा

स्मरण पत्र बुझाउदै नविन मगरातको नेत्रित्वमा

वुटवल। ५ नम्बर प्रदेशको नााङ्कन मगरात पहिचान सहितको संघिय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषना गराउन स्मरण पत्र बुझाउन नवीन मगरात नेत्रित्वमा फेरि मगरात भुमिको मैदानमा पेगेका हुन। नेपाल मगर संघ केन्द्रिय समिती अध्यक्ष एबम् अन्तराष्ट्रिय मगर महासंघ अन्तराष्ट्रिय समितीको अध्यक्ष एबम् नेपाल आदिवासी जनजाती महासंघको उपाध्यक्ष/प्रवक्ता :- नवीन रोका मगर ज्युको नेत्रित्वमा प्रदेश नं. ५ को मुख्य मन्त्री शंकर पोख्रेल र प्रदेश नं. ५ सभामुख पुर्ण बहादुर घर्ति मगर ज्युलाइ स्मरण पत्र बुझाउनुभएको छ। स्मरण पत्र बुझाउदै नविन मगराले भन्नुभयो, नेपाल वहुजाती ,बहुभाषिक ,बहुसाँस्कृतिक देश ,यो कुनै जाति एक नेपालीको मात्र होइन ,सम्पर्ण आदिवासी जनजाती सवै नेपालिहरु साझा देश हो,मगर समुदायको ,भाषा,लिपी,सँस्कृती,परम्परा ईतिहास ,भुगोल सहित जोडिएको पहिचान अाधारित नाम हो मगरात। त्यसैले मगरात ऐतिहासिक पहिचान भएकाले कुुनै जात बिशेषको माग नभई राजनैतीक र ऐतिहासिक माग हो।”५ नम्बर प्रदेशको नााङ्कन मगरात पहिचान सहितको संघिय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषना गराउन स्मरण पत्र बुझाएका हौँ। मगर जातीको मौलिक संस्कार, संस्कृति, कला, भाषा बोकेको बहुआयामिक पहिचान जसको आफ्नै सरल मगराँती जीवनशैली छ । जसलाई नेपालका आदिबासी मुलबासी मगर जाती समुदायको रुपमा चिनिदै आएको छ ।नेपालमा बहसमा मगरहरुको मगरात राज्य इतिहास प्रसङ्ग इसाको एघारौं शताब्दीदेखि हो।आदिवासी, मुलवासी एसिया वा नेपाल को पुरानो जाती मगर नै हो, मगर समुदायको, भाषा, लिपी, सँस्कृती,परम्परा ईतिहास ,भुगोल सहित जोडिएको पहिचान अाधारित नाम हो मगरात।”इतिहास वर्तमानको गर्भ हो।नेपालको (मगरहरु)को इतिहास मगरात हो, मगरहरुले खोजेको मगरात हो। जहाँबाट वर्तमान जन्मिन्छ। वर्तमान फेरि इतिहास हुन्छ भविष्यका निम्ति त्यसैले मगरहरुले खोजेको मगरात ऐतिहासिक पहिचान भएकाले कुुनै जात बिशेषको माग नभई राजनैतीक र ऐतिहासिक माग हो।” नेपालको पुरानो नाम नै मगरात हो, मगरात भन्नु नेपाली माटोमै उत्पति भएका नेपाली शव्दहरु हुन् मगरात भुमी ।मगर जात हो, मगरात मगरहरुको पहिचान हो। नेपालमा बोलिने सबै मातृभाषाहरु नेपालको राष्ट्रिय भाषाहरु हुन् भनेर संविधानमा हामीले नै धेरै पहिले बोलिसकेको अवस्थामा ती नामहरु चाँही जातीय भए भन्नु तर्कसंगत र न्यायसंगत हुँदैनन् बरु आफैमा पूर्वाग्रही देखिन्छन् भाषा पहिचान सग जोडिएको छ।
स्मरण पत्र बुझाउदा मगरातको सन्देश दिदै
सम्पुर्ण मगरहरु मुख्यौली थातथलो जातीय भूमि (मगरात) जबसम्म मगरात पहिचानसहितको मगरात प्रदेश घोषणा हुदैन । जबसम्म बहुभाषिक नीति, बहुसंस्कृति, बहुधार्मिक नीति स्वकार्य गरिदैन, तबसम्म मगर जाति हजारौं पुस्तासम्म लड्न तयार छ। ऐतिहासिक मगरात भूमि, मौलिक मगर भाषा–संस्कृति, भेषभूषा र रहनसहनको संरक्षण, सम्बर्द्धन मगर पहिचान स्थापित गर्न मगर समुदायको समग्र हक हित र एकताका लागि विश्व भरि स्थायी र अस्थायी रुपमा बसोबास गरिरहेका मगरहरु एकजुट भइ मगरात आन्दोलनमा अगाडी बड्ने।मगरात हाम्रो घर हो ,नेपाल हाम्रो देश हो,जहाँ हाम्रो भाषा,संस्कृती, धर्म, सामाजिक मूल्यमान्यता राजनैती ईतिहासले बास गर्छ अनि नेपाल हाम्रो देश हो,मगरात पहिचान मेटाउनु भनेको नेपाल मेटाउनु नै हो । मगरात नेपालको मानाव सभ्यता सँग जोडिएको एैतिहासिक नाम हो।५ नम्बर प्रदेशको नामाकरण गर्दा खोला/नदिनाला/जंगलको नामबाट नगरी, ‘त्यस क्षेत्रको सबैभन्दा ठूलो उत्पीष्टि समुदाय मगरहरुको आदिम भूमि र आधुनिक नेपालको प्राचीन सभ्यता भएको हुनाले इतिहारको सम्मानार्थ पनि मगरात नामाकरण गर्न जोडदार माग सहित स्मरण पत्र बुझाएको छ।
स्मरण प्रत्रको सन्देश

५ नं. मन्त्री परिषद्को कार्यलय
त्यसैले जीवन मरणको यो अधिकार प्राप्तीको लडाईमा मगरातका सम्पूर्ण अभियान्ता, पत्रकार, शिक्षक, विद्यार्थी, युवा,उद्योग व्यवसायी, बाहुन, क्षेत्री, दलित अन्य जातिहरु र संसार भरका मगरहरु यो प्रशेन नं. ५ लाइ मगरात नामाङ्करण घोषणा गर्न मगरात आन्दोलनमा सहभागी भएर अगाडी नेपाल मगर सघ केन्द्रिय अध्यक्ष एबम् अन्तरास्ट्रिय मगर महासंघ (International Magar Federation) अन्तराष्ट्रिय समितीको अध्यक्ष नविन रोका मगर उद्घोष गर्नुभयो ।प्रदेश नंं ५ को नाम मगरात हुनु पर्ने माग राख्दै नेपाल मगर संघ मगरात संघर्ष समितिको नेतृत्वमा मुख्य राजनीतिक दलका मगर मोर्चाहरु प्रतिनिधी ,सयुक्त मगर मञ्च , मगरात संघर्ष समिती, आदिवासी जनजाती मगर संघको संयोजक भोजबिक्र बुढा मगर,नेपाल मगर संघ मगरात प्रदेश नं. ५ विमल सारु मगर’विष्फोर्ट’ लगायत उपस्थित रहेको थियो।
मगरातको सम्बोधन।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar