५ नं. प्रदेश लाई ‘मगरात’ सहितको प्रदेश नामाकरण गर:


काठमाण्डौ । ५ नं. प्रदेश लाई ‘मगरात’ सहितको प्रदेश नामाकरण गर्न दवाव दिदै आइरहेको छ। नेपाल मगर संघ,मगरात संयुक्त संघर्ष समिती र संयुक्त मगर मञ्च नेपालले प्रदेश ५ को नाम ‘मगरात’ हुनुपर्ने माग गर्दै आन्दोलनमा जाने भएको छ। नेपाल मगर संघ केन्द्रिय समिती अध्यक्ष एबम् अन्तराष्ट्रिय मगर महासंघ अन्तराष्ट्रिय समितीको अध्यक्ष एबम् नेपाल आदिवासी जनजाती महासंघको उपाध्यक्ष/प्रवक्ता :- नवीन रोका मगर ज्युले महान दश वर्षिय जनयुद्ध, २०६२।०६३को जनआन्दोलन रत्यस्तै सरकारले आदिवासी जनजाती महासंघसँग गरेका विभिन्न सम्झौताका आधारमा पनि यो प्रदेशको नामाकरण मगरात राख्नुपर्ने बताए । प्रदेश नम्बर ५ मा मगर बाहुल्य र ऐतिहासिक कालमा मगरात भूमि भएकाले प्रदेशको नाम मगरात राख्नुपर्ने तर्क मञ्चको छ ।
त्यसैगरी पहिलो संविधानसभाको राज्य पुनःसंरचना तथा राज्य शक्ति बाँडफाँड समितिको प्रतिवेदनले पनि पहिचानका पाँच र सामर्थ्यका चार आधार वमोजिम प्रदेशको नामाकरण गर्न निर्देशन दिएको स्मरण गर्दै प्रदेशको नामाकरण मगरात हुनुपर्ने नेपाल मगर संघ,मगरात संयुक्त संघर्ष समिती,संयुक्त मगर मञ्च नेपालको माग छ ।

त्यस्तै प्रदेश ५ को कुल जनसंख्याको १३ प्रतिशत मगर भएको तथ्याङ्कले देखाएतापनि मगर मोर्चाले १९ लाखभन्दा बढी जनसंख्या रहेको दाबी गरेकोछ । यसअघि ५नं प्रदेशमा  मगरात प्रदेशका लागि ११ लाख ७३६ हस्ताक्षर संकलन गरी ५ नं प्रदेशका मुख्यमन्त्रीलाइ नेपाल मगर संघ केन्द्रिय समिती अध्यक्ष एबम् अन्तराष्ट्रिय मगर महासंघ अन्तराष्ट्रिय समितीको अध्यक्ष एबम् नेपाल आदिवासी जनजाती महासंघको उपाध्यक्ष/प्रवक्ता :- नवीन रोका मगरको नेत्रित्वमा बुझाइसकेको छ।सो स्मरण गराउँदै रोकाले फागुन १५ सम्म माग सम्बोधन नभए प्रदेश ५ मा अनिश्चितकालिन हड्ताल गर्ने चेतावनी दिएका छन् । उनले प्रदेशको नामाकरण मगरात बनाउन दबाव दिने उद्देश्यले फागुन १५ गते मगर दिवसलाई आन्दोलनका रुपमा मनाउने तयारी गरेका छन्।
ऐतिहासिक मानवपहिचानको आधारमा ५ नं प्रदेशको नाम  मगरात प्रदेशका राख्नको लागि जस्तोसुकै मूल्य चुकाउन र आन्दोलन गर्न तयार छौं,’ उनले भने, ‘अरु प्रदेशमा जस्तो सत्तारुढ दल नेकपाले निर्णय गरेर अन्य नाम राखिए मान्य हुनेछैन ।’ नेपाल मगर संघ,मगरात संयुक्त संघर्ष समिती,संयुक्त मगर मञ्च नेपालले माग सम्बोधनका लागि दबाव दिन मगरातसहितको पहिचान सम्बन्धी १२ वटै जिल्लामा भित्तेलेखन, पर्चा वितरण, प्रदेशका राजनीतिक दल र प्रदेश सांसदलाई ज्ञापनपत्र, दिने र एकसय ९ वटै स्थानीय तहमा अन्तरक्रिया लगायतका कार्यक्रम जारि रहेको नेपाल मगर सघ प्र.नं. ५ मगरातको अध्यक्ष एबम् संयुक्त मगर मञ्च प्रदेश ५ अध्यक्ष विमल सारु मगर’विस्फोर्टले मगरात नेपाललाइ जानकारि दिनुभएको छ।

मगरात हाम्रो घर हो ,नेपाल हाम्रो देश हो,जहाँ हाम्रो भाषा,संस्कृती, धर्म, सामाजिक मूल्यमान्यता राजनैती ईतिहासले बास गर्छ अनि नेपाल हाम्रो देश हो,मगरात पहिचान मेटाउनु भनेको नेपाल मेटाउनु नै हो । मगरात नेपालको मानाव सभ्यता सँग जोडिएको एैतिहासिक नाम हो। ५ नम्बर प्रदेशको नामाकरण गर्दा खोला/नदिनाला/जंगलको नामबाट नगरी, ‘त्यस क्षेत्रको सबैभन्दा ठूलो उत्पीष्टि समुदाय मगरहरुको आदिम भूमि र आधुनिक नेपालको प्राचीन सभ्यता भएको हुनाले मगरात नामाकरण गर्न जोडदार माग सहित स्मरण पत्र बुझाइसकेको छ। त्यसैले जीवन मरणको यो अधिकार प्राप्तीको लडाईमा मगरातका सम्पूर्ण अभियान्ता,पत्रकार,शिक्षक, विद्यार्थी, युवा,उद्योग व्यवसायी, बाहुन, क्षेत्री, दलित अन्य जातिहरु र संसार भरका मगरहरु यो प्रशेन नं. ५ लाइ मगरात नामाङ्करण घोषणा गर्न मगरात आन्दोलनमा सहभागी भएर अगाडी नेपाल मगर सघ केन्द्रिय अध्यक्ष एबम् अन्तरास्ट्रिय मगर महासंघ (International Magar Federation) अन्तराष्ट्रिय समितीको अध्यक्ष नविन रोका मगरले सबैमा अपिल गर्नुभएको छ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar