भ्रष्टचारीलाइ कारवाही गरे स्थानीय तह नै खाली हुन्छ: माननीय गृहमन्त्री रामबहादुर थापा मगर “बादल”

पर्वत : नेपाल सरकारका गृहमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका(नेकपा) सचिवालय सदस्य महान दशबर्षे जनयुद्धको महासचिव गणतन्त्र नेपालको पहिलो रक्षामन्त्री,माननीय रामबहादुर थापा मगर “बादल” ज्युले स्थानीय तहमा भ्रष्टाचार बढिरहेको भन्दै त्यसबारे चिन्ता व्यक्त गरेका छन्।
जिल्ला प्रशासन कार्यालय पर्वतको नयाँ भवन उद्घाटनका लागि पर्वत आएका गृहमन्त्री थापासँग नेकपा पर्वतले राखेको नेता तथा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले अख्तियारलाई उद्धृत गर्दै स्थानीय तहमा भ्रष्टाचार बढेको बताएका हुन्।
‘अख्तियारबाट थाहा पाएको कुरा अनुसार सबैभन्दा बढी भ्रष्टाचार स्थानीय तहमा भइरहेको छ’, उनले भने, ‘अख्तियारले भनेको छ, स्थानीय तहका भ्रष्टाचारीलाई कारबाही गर्ने हो भने तहहरू नै खाली हुने अवस्था छ।’
स्थानीय तहका जनप्रतिनिधिलाई अख्तियारले घुससहित रंगेहात पक्राउ गर्नुले स्थानीय तहमा भइरहेको भ्रष्टाचारको अवस्था देखाएको नेपाल सरकारका गृहमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका(नेकपा) सचिवालय सदस्य महान दशबर्षे जनयुद्धको महासचिव गणतन्त्र नेपालको पहिलो रक्षामन्त्री,माननीय रामबहादुर थापा मगर “बादल” ज्युको भनाई छ।
झन्डै दुईतिहाइ बहुमतको सरकार केन्द्रमा रहनु र अधिकांश स्थानीय तहमा नेकपाकै जनप्रतिनिधिको वर्चस्व रहेका कारण नेकपाले नै भ्रष्टाचार रोक्ने गरी काम गर्नुपर्ने उनले बताए।
पार्टीमा गुटबन्दी र अवैध ‘फर्मेसन’
नेकपाभित्र गुटबन्दी बिस्तार भएको बताउँदै गृहमन्त्री थापाले कुनै पनि गुटले क्रान्ति गर्न खोजेमा त्यो असफल हुने दाबी गरे। रुस, चीन, युरोपलगायतका ठाउँमा भएका क्रान्तिहरू पार्टीले गरेका कारण सफल भएको बताउँदै उनले गुटले गरेका क्रान्तिको अर्थ नभएको उल्लेख गरे।
‘हामीले पार्टी एकता गरेको पनि दुई वर्ष भएको छ। तीन महिनामा सबै काम सक्ने भनेका थियौँ,’ उनले भने, ‘हाम्रो पार्टीमा यस्तै खालको प्रवृत्ति रह्यो। त्यस्ता तीन महिना त कति बितेबिते।’
पार्टीका शीर्ष नेताहरूबाटै गुटबन्दी भइरहेका कारण विभिन्न कमिटीहरू निर्माण गर्दा आफ्ना मान्छे पार्न खोज्ने प्रवृत्ति कायमै रहेको उनको भनाई छ।
पार्टाीभित्र निर्माण गरिने विभिन्न कमिटीहरूमा महिलाको उचित प्रतिनिधित्व नभएकाले कतिपय कमिटीहरूको फर्मेसन अवैध रहेको माननीय गृहमन्त्री रामबहादुर थापा मगर “बादल”ले बताए।
पुरुष मात्र भएको पार्टीले समाजवादको यात्रा तय गर्न नसक्ने भएकोले केन्द्रीय समितिको बैठकमा पनि महिलाको सहभागिताको विषय गम्भीर रूपमा आएको उनको भनाई छ। नीतिगत रूपमा महिलाका लागि ठाउँहरू दिइएको भए पनि व्यवहारिक रूपमा त्यो लागु नहुनु दुःखद माननीय गृहमन्त्री रामबहादुर थापा मगर “बादल”ले बताए।
पार्टीको रणनीति समाजवाद नै हो
आफूले गर्दै आएको क्रान्तिको अन्तिम लक्ष्य समाजवाद नै भएको बताउँदै उनले अहिले पनि पार्टीले समाजवादको लक्ष्य राखेर त्यसैको लागि आधार तयार गर्ने काम गरिरहेको भनाई राखे। देश र पार्टी दुवै समाजवादको नयाँ चरणमा प्रवेश गरेको भए पनि सामन्तवादका कतिपय अवशेष बाँकी रहेका कारण तिनीहरूलाई पन्छाउने काम गर्नुपर्ने गृहमन्त्री थापाको भनाई छ।
‘पार्टीको रणनीति भनेको समाजवाद नै हो। अहिले रणनीतिका रूपमा विशेष योजना भनिएको छ। त्यो हाम्रो एक प्रकारको क्रान्ति नै हो’ उनले भने, ‘समाजवादमा जानको लागि हिजो पनि शत्रु थिए। अहिले पनि छन् तर फरक यत्ति हो की शत्रुको स्वरूप परिवर्तन भएको छ।’
देशले समाजवादी अर्थतन्त्र खोजिरहे पनि प्रतिगामी तत्त्वहरूका रूपमा दलकै नेता तथा कार्यकर्ता, तस्करहरू, भूमाफियालगायत सक्रिय रहेको गृहमन्त्री थापाले उल्लेख गरे।
एमसिसीबारे
बहसमा रहेको अमेरिकी एमसीसीबारेमा आफ्नाे स्पष्ट भनाई भन्दा पनि भइरहेका बहसलाई नै उनले राखे। एमसिसीको अध्ययन गरेर कार्यदलले सचिवालयमा बुझाएको प्रतिवेदनमा कतिपय बुँदाहरू राष्ट्रका लागि खतरनाक भनिएकोले तिनीहरूको संशोधन गर्नुपर्ने सुझाव अनुसार नै पास हुने अपेक्षा रहेको नेपाल सरकारका गृहमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका(नेकपा) सचिवालय सदस्य महान दशबर्षे जनयुद्धको महासचिव गणतन्त्र नेपालको पहिलो रक्षामन्त्री,माननीय रामबहादुर थापा मगर “बादल” ज्युको भनाई छ।
‘एमसिसीलाई एकाधिकार पुँजीगत चरित्रको रूपमा लिन सकिन्छ’ एमसीसीका बारेमा आफूले सुनेको कुरा बताउँदै उनले भने, ‘अमेरिकाको आफ्नो सैन्य रणनीतिका रूपमा यसलाई अगाडि सारिएको हो। यो चीनलाई घेराबन्दी गर्ने रणनीति हो सोही कारण चीन आसपासका देशमा यो लागू गर्ने प्रयास गरिएको छ भन्ने कुरा आइरहेका छन्।’
एमसिसी पास भएमा एक पक्षले छिमेकी चीनसँगको सम्बन्ध बिग्रिने खतरा रहेको बताएको र अर्को पक्षले अमेरिकाले यस्ता खालका सहयोग गर्दै आएकोले यसलाई पास गराउँदा कुनै फरक नपर्ने तर्क गरेको नेपाल सरकारका गृहमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका(नेकपा) सचिवालय सदस्य महान दशबर्षे जनयुद्धको महासचिव गणतन्त्र नेपालको पहिलो रक्षामन्त्री,माननीय रामबहादुर थापा मगर “बादल” ज्युले बताए।
सरकार ढाल्न दुस्मन लागि परेका छन्
वर्तमान सरकारले गरिरहेका राम्रा कामहरू सहन नसकेर तथा नेकपा ठूलो शक्ति भएको देख्न नसकेर शत्रुले सरकार ढाल्ने र पार्टी फुटाउने प्रयत्न गरिरहेको माननीय गृहमन्त्री रामबहादुर थापा मगर “बादल”को भनाइ छ।
केही प्रकरण र अन्य केही गल्तीका कारण दुष्मनले सरकार र नेकपालाई घेराबन्दीमा पार्ने मौकाका रूपमा लिएको बताउँदै उनले सरकारमा रहेका नेता तथा मन्त्रीको विषयमा विभिन्न प्रकरणहरू बाहिर आउनुले पनि पार्टीको छविलाई नकारात्मक असर गरिरहेको बताए।
केही प्रकरणहरू बाहिर आउँदैमा निराश हुनुपर्ने अवस्था नरहेको तर प्रतिगामीका विरुद्धमा सशक्त ढंगले लड्नु पर्ने बेला आएको भन्दै माननीय गृहमन्त्री रामबहादुर थापा मगर बादलले आफ्ना पार्टीका कार्यकर्तालाई प्रतिगामी शक्तिका विरुद्धमा क्रान्ति गरिराख्न सुझाव दिए।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar