कुखुराले खोस्रेजस्तो, स्यालहरु कराएजस्तो सिंहको गर्जन हुँदैन : प्रचण्ड

झण्डै आठ दश लाख पार्टी सदस्य भएको पार्टीका त्यतिका सदस्य एक वर्षदेखि निष्क्रियजस्तै काम विहिन, जिम्मेवारी विहिन, छलफल विहिन अनि पत्रपत्रिका, अनलाइन, सोसल मिडिया पढ्या छ, दिमाग खराव भको छ सवको । हैरान, के हो के हो । न राम्रोसँग सर्कुल आउछ । न ब्याख्या हुन्छ । न विश्लेषण न कमिटीका बैठक न निर्णय । दश लाख मान्छे एक वर्ष निष्क्रिय बस्ने भनेको यो निकै ठूलो क्षति हो हामलाई भै नै सक्या छ । तर फेरि अर्को पाटो हुँदै हुँदैन कि भन्ने शंका मानिहरुले गरेका थिए । तर हामीले करिब करिब हात्ति चाहिँ छिर्याइ सकेका छौं । पुच्छर मात्रै बाँकी छ । त्यो सजिल्यै छिर्छ । त्यसमा तपाईहरु ढुक्क भए हुन्छ । पार्टी एकताको काम टुंगियो ।

कहिले कही कम्युनिष्टहरु, हामी पनि मान्छे नै हो नेताहरु पनि कार्यकर्ताहरु पनि । लेनिनले रोजाको सन्दर्भमा भनेको कुरा मलाई याद आउछ, कुखुरा र चिलको कुरा उहाँले गर्नुभएको छ । चिल पनि महिलेकहीँ कुखुराजस्तै गरी जमिनमा आएर घस्रिन्छ, खोस्रिन्छ । तर कुखुरा कुखरा कहिल्यै पनि चिलले जस्तो आकासमा उडान भर्न सक्दैन । कम्युनिष्टहरु चिल हुन, उड्न थालेपछि आकासको त्यो उचाइमा पुग्छ अरु कोहिले पुग्न सक्दैन । हेर्नुहोला, म अहिले लामो व्याख्या गर्दिन । हामीले निषेधको निषेध हुँदै द्वन्द्वात्मताको एउटा विकासको प्रक्रिया हुँदै केहि नियमहरुलाई पालन गर्दै नेतृत्व तहबाट केहि जोखिम उठाउँदै केहि असाधरण पहलकदमी गर्दै आजको परिस्थिति बनेको हो ।

आजको परिस्थिति त्यति सजिल्यै बनेको होइन। हामीलाई प्रतिक्रियावादीहरुले या कसैले देशभित्रका बाहिरकाले दया गरेर, माया गरुेर हामीलाई यति शक्तिशाली बन्न दिएको चाहिँहोइन । हामी आफ्नै पौरखले, आफ्नै मिहिनेतले, जनतासँगको अपार प्रेम र विस्वासको सम्बन्धका कारण हामी यो ठाउँमा आएको हो । हामीलाई उत्तार चढावको ज्ञान छ । र म तपाईहरुसँग के भन्न चाहन्छु भने, अब हाम्रो उडान सुरु भैसकेको छ । खोस्रिनुसम्म हामीले खोस्रिसकेका छौं । कुखुरासँगै झण्डै एकवर्षसम्म लुटपिटुनु लुटपिटियौं । अब चिललेजस्तै उडान भर्ने बेला आएको छ । हेर्नुहोला, अबको एक वर्षमा यो पार्टी सम्पूर्ण जनताको एक मात्र पार्टी बनाएर मात्रै विश्राम लिइन्छ । तपाईहरुले अहिलेको नेतृत्व पंक्तिको जीवनलाई हेर्नुभयो भने ठूल्ठूला फड्कोहरुको बीचबाट, ठूल्ठूला क्षति र उपलब्धिहरुका बीचबाट हामी यो ठाउँसम्म आइपुगेका छौं । हामीलाई के विस्वास छ भने, कुखुराहरुले खोस्रेजस्तो, या स्यालहरुले कराएजस्तो सिंहको गर्जन हुँदैन । सिंहले गर्जिन थालेपछि कोहि त्यसको अगाडि पर्ने हिम्मत हुँदैन । हामी त्यसैगरी अगाडि बढ्छौं ।

प्रतिक्रिया

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar