महत्वपुर्ण कामबाहेक बाहिर ननिस्कन नेपाल सरकारको सबैमा अपिल

काठमाडौं । महामारीका रूपमा फैलिएको कोरोना भाइरसबाट बच्न नेपाल सरकार महत्वपुर्ण कामबाहेक बाहिर ननिस्कन सबैमा अपिल घरबाहिर ननिस्कन र सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला नहुन अपिल गरेको छ ।

उपप्रधान एवं रक्षामन्त्री तथा कोरोना भाइरस संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेलको अध्यक्षतामा बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन तथा बढी मान्छे सहभागी हुने कार्यक्रममा सहभागी नहुन सार्वजनिक रूपमा अपिल गरेको हो । ‘विश्वव्यापी महामारीका रूपमा फैलिरहेको कोरोना भाइरसबाट जोगिन हामीले सबैमा यस्तो अपिल गरेका छौं,’ उपप्रधानमन्त्री पोखरेलले भने, ‘यदि कोही कसैमा संक्रणम देखिएमा स्वास्थ्य मन्त्रालयले तोकेको अस्पतालमा उपचार गराउने व्यवस्था सरकारले गरेको छ ।’

समितिले अत्यावश्यक कामबाहेक आवतजावत तथा हिँडडुल नगर्न आग्रह गर्दै पार्टी प्यालेस, मठमन्दिर, गुम्बा, मस्जिद, गिर्जाघर जस्ता सांस्कृतिक, सामाजिक र धार्मिक स्थलमा २५ भन्दा बढी मानिस भेला हुन बन्द गर्ने निर्णय गरेको छ ।

कोरोना भाइरस रोकथामका लागि चलचित्र घर, सांस्कृतिक केन्द्र, रंगशाला, खेलस्थल, शारीरिक व्यायामस्थल, हेल्थ क्लब, संग्रहालय, स्विमिङ पुल, डान्सबार तथा क्लबलाई समितिले १८ वैशाखसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ । बाल विकास केन्द्र, आधारभूत तथा माध्यमिक विद्यालय र विश्वविद्यालयका पठनपाठन चैत मसान्तसम्मका लागि बन्द गर्ने निर्णय भएको छ।

अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाका अनुसार युरोपका सबै मुलुक, पश्चिम एसियालगायत खाडी क्षेत्रका मुलुक, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया र जापानबाट आउने तथा ती मुलुकलाई ट्रान्जिट बनाई अन्य जुनसुकै मुलुकबाट आउने सबै यात्रुलाई ७ चैत रातिदेखि लागू हुने गरी ३ वैशाखसम्म आगमनमा प्रतिबन्ध लगाउने निर्णय समितिले गरेको छ ।

कोरोना भाइरसको संक्रमण भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेका सरकारी, सामुदायिक र निजी अस्पतालबाट उपचार गराउने व्यवस्था मिलाउने निर्णयसमेत समितिको रहेको छ । त्यसको अनुगमन गृह, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गर्ने मन्त्री खतिवडाले बताए ।

यसैगरी, सवारीसाधनमा सिट क्षमताभन्दा बढी यात्रु ओसारपसार नगर्न, नगराउन यातायात व्यवसायी र सर्वसाधारण नागरिकमा समितिले अपिल गरेको छ । मानिसको बढी जमघट हुने सार्वजनिक महŒवका स्थलमा स्थानीय तहले दैनिक रूपमा निश्चित समयको अन्तरालमा सरसफाइ गर्नुपर्ने र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, प्रदेश सरकार र स्थानीय प्रशासनले आवश्यक समन्वय गरी सो कार्यको अनुगमन गरिने समितिले जनाएको छ ।

बजारमा उपभोग्य सामग्रीको कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी र मिसावट गर्ने गराउनेलाई तत्काल प्रचलित कानुनबमोजिम कारबाही गरिने उल्लेख गर्दै समितिले दैनिक उपभोग्य अत्यावश्यक सामग्रीको पर्याप्त मौज्दात भएकाले आमउपभोक्तालाई आवश्यकभन्दा बढी सामग्री खरिद र अनावश्यक सञ्चय नगर्न अनुरोध गरेको छ ।

सरकारले आवागमनमा लगाएको प्रतिबन्धका कारणले आफ्नो मुलुक फिर्ता जान नसकेका विदेशीको प्रवेशाज्ञा अवधि नियमित गर्न निर्धारित प्रवेशाज्ञा अवधिभित्र आवेदन गरेमा प्रचलित कानुबमोजिम प्रवेशाज्ञा नियमित गर्ने भएको छ ।
सार्वजनिक यातायातका सवारी धनीलाई यातायात साधन चलाउनुअघि प्रत्येक दिन समय समयमा सवारीसाधनलाई सफा गर्न लगाउनाका साथै होटल, रेस्टुरा तथा सपिङ मलमा हात सफा गर्नेलगायत सफाइका सामग्रीको प्रबन्ध गरी टेबुल, कुर्सी, बार–रेलिङ र शौचालय आदि स्थानमा नियमित रूपमा सफा गर्नुपर्ने निर्णय गरेको छ ।

यस्तै, तापक्रम मापन गर्ने उपकरण तथा सामग्रीको व्यवस्था गरी सो स्थानमा प्रवेश गर्ने व्यक्तिको स्वास्थ्य जाँच गर्नुपर्नेछ । सरकारले अवैध रूपमा लुकाइ राखिएको अवस्थामा फेला परेका र गृह मन्त्रालयबाट जफत गरिएका मास्कमध्ये ५ लाख थान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई र बाँकी साझा स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेडमार्फत बिक्री वितरण गर्ने जनाएको छ ।
१५ बुदे अपिल यस्तो छ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar