नेपालको दक्षिणतर्फका भारतिय सिमा नाकामा थप कडाइ गरिने

काठमाडौँ — सरकारले दक्षिण भारत तर्फका सीमा नाकामा आवतजावतमा थप कडाइ गर्ने निर्णय गरेको छ । गृह मन्त्रालयमा बिहीबार ४ मन्त्री, २१ मन्त्रालयका सचिव र सुरक्षा अधिकारीहरुको बैठकले कोरोना भाइरस भित्रन नदिन सीमा नाकामा आवतजावतमा थप कडाइ गर्ने निर्णय गरेको हो । 

गृहमन्त्री रामबहादुर थापा मगर ‘वादल’, स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल, संघीय मामला तथा सामान्य प्रशासनमन्त्री हृदयश त्रिपाठी भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङसहितको बैठकले भारतीय सीमा नाका हुँदै कोरोना भाइरस भित्रन सक्ने जोखिम औल्याउँदै मानव आवतजावतमा थप कडाइ गर्न स्थानीय प्रशासन र सुरक्षा निकायलाई निर्देशन दिएको हो ।

यसका लागि जिल्ला प्रशासन कार्यालयलाई थप सजकता अपनाउन बैठकले निर्देशन दिएको राष्ट्रिय विपत जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिए ।

सीमा नाकालाई थप व्यवस्थित बनाउन कोरोना सक्रमण भित्रन नदिने भारत सरकारसँग पनि छलफल भइरहेको प्रमुख कार्यकारी अधिकृत पोखरेलले जानकारी दिए । गृह मन्त्रालयमा भएको बैठक लगत्तै उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेल नेतृत्वको समितिको बैठक केही बेरमा सिंहदरवारमा बस्दैछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar