हान्ता भाइरस के हो?

एजेन्सी- के हो हन्ता भाइरस ?
ठूलो संख्यामा मानिसहरुले ट्वीट गर्दै हन्ता भाइरस पनि कोरोनाजस्तै प्रकोपको रुपमा अगाडि बढ्न सक्ने चिन्ता व्यक्त गर्न थालेका छन् । भारतमा हन्ता भाइरस ट्वीटरमा ट्रेन्डिङ तेस्रो नम्बरमा पुगेको छ ।हन्ता भाइरस मुसाबाट सर्ने जीवाणु हो । मुसालाई राम्रोसँग नपकाई खाँदा हन्ता भाइरसको संक्रमण हुन्छ ।
विशेषज्ञहरुका अनुसार कोरोना भायरसजस्तै हन्ता भाइरस घातक भने छैन । कोरोनाभन्दा विपरित हावामार्फत् फैलँदैन ।यो मुसा वा लोखर्केको सम्पर्कमा आउने मानिसमा फैलन्छ । तर यो भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दैन । यदि कोही व्यक्ति मुसाको दिसा, पिसाब आदिलाई छुन्छ र आफ्नो आँखा, नाक र मुख छुन्छ भने उसमा हन्ता भाइरसको सम्भावना बढ्छ ।

यो भाइरस संक्रमण हुँदा मानिसलाई ज्वरो आउने, टाउको दुख्ने, शरीर दुख्ने, पेट दुख्ने, उल्टी हुने, झाडा पखाला लाग्ने जस्ता लक्षण देखिन्छ ।यदि समयमै उपचार नपाएमा हन्ता भाइरस संक्रमित मानिसको मृत्यू पनि हुनसक्छ ।
हन्ता भाइरस संक्रमणबाट मृत्यू हुने दर ३८ प्रतिशत रहेको छ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar