कालाेबजारी भए गृहमन्त्रालयकाे टाेल फ्रि नम्बर ११४९ मा फोन गर्नुहोस् ।- गृह मन्त्रालय

काठमाण्डौं: सरकारले कोरोना नियन्त्रण तथा रोकथाममा लकडाउन सहित अवलम्बन गरेका नीति र बुधबार बसेकाे सरकारकाे उच्चस्तरीय समन्वय समितिकाे बैठकले बुधबारबाट अाैषधि, खाद्यान्न, दूध, तरकारी, फलपफूल, पशुपन्छी र माछाकाे दाना, कुखुराका चल्ला ढुवानी कार्य सहज बनाउने र ती ढुवानी गरी रित्तै फर्किने गाडीलार्इ समेत खुला गर्ने निर्णय गरेकाे थियो, सरकारले लकडाउन गरे सगै कालाेबजारी भए गृहमन्त्रालयकाे टाेल फ्रि नम्बर ११४९ मा फोन गृहमन्त्री राम वहादुर थापा मगर ‘वादल’ले निर्देशन दिनुभएको छ।
कोरोना भाइरसको संक्रमण देखिएका १ लाखभन्दा बढी मानिस उपचारपछि निको भएका छन्। अमेरिकाको जोन होप्किन्स विश्वविद्यालयले तयार पारेको सूचीमा नेपाली समयअनुसार मंगलबार बिहान ८ बजेको तथ्यांक हेर्दा १ लाख ९ सय ८५ मानिस उपचार पछि निको भएका हुन्।कोरोना भाइरसको उद्गमस्थल मानिएको हुवेइमा मात्र ५९ हजार ८ सय ८२ जना उपचार पछि निको भएका हुन्। यसैगरी इरानमा ८ हजार ३ सय ७६ जना पनि उपचारपछि निको भएका छन्।

इटलीमा ७ हजार ४ सय ३२ जनामा उपचार सफल भएको छ भने स्पेनका ३ हजार ३ सय ५५ जना उपचारपछि घर फर्किएका छन्। दक्षिण कोरियाका ३ हजार १ सय ६६ जना घर फर्किए भने फ्रान्सका २ हजार २ सय उपचारपछि घर फर्किएका छन्।कोरोना भाइरसको संक्रमणका कारण १६ हजार ५ सय ८ जनाको मृत्यु भएको छ भने संक्रमित हुनेको संख्या ३ लाख ७८ हजार ६ सय ७९ पुगेको छ।
यस्ता छ वटा निर्णय कार्यन्वयन गर्न निर्देशन दिनुभएको छ।

1.काठमाण्डौं उपत्यका भित्र रहेका अत्यावश्यक खाद्य वस्तुका सबै Store एवं विक्रेताहरुले आ-आफ्ना Delivery Van मार्फत आवश्यक दैनिक उपभोग्य वस्तुहरुको सहज आपूर्तिको व्यवस्था मिलाउने ।
2.आवश्यक पर्ने Delivery Van हरुलाई सवारी पासको व्यवस्था सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुले मिलाउने।
3.पसलहरु संचालन, माग संकलन र वितरण गर्ने कार्यमा आवश्यक पर्ने सुरक्षा व्यवस्था महानगरीय प्रहरी कार्यालयले मिलाउने ।
4.माग संकलन र वितरण गर्ने कार्यलाई सहज र व्यवस्थित गर्नको लागि सबै Store एवं विक्रेताहरुले आ-आफ्नो Toll Free Number वा अन्य नम्बर उपलब्ध गराई प्रचार प्रसार गर्ने व्यवस्था मिलाउने । फोन, Online, Offline मार्फत माग संकलन गरी माग भएका आवश्यक दैनिक उपभोग्य वस्तुहरुको (Combo Pack समेत) विक्रिवितरण गर्ने ।
5.दैनिक उपभोग्य वस्तुहरुको आपूर्ति व्यवस्थापनलाई सहज गर्न गराउनको लागि सबै वडा कार्यालयहरुबाट आवश्यक सहजीकरण गर्ने गराउने व्यवस्था काठमाण्डौं महानगरपालिका र सम्बन्धित उपमहानगरपालिका/नगरपालिकाहरुले मिलाउने ।
6.काठमाण्डौं उपत्यका बाहिर रहेका अत्यावश्यक वस्तुका Store एवं विक्रेताहरुले पनि उपरोक्तानुसारको व्यवस्था मिलाई आपूर्ति व्यवस्थापनलाई सहज बनाउने र यस कार्यमा सम्बन्धित जिल्ला प्रशासन कार्यालय र स्थानीय तहहरुले सहयोग गर्ने ।
यस जटिल घडीमा कुनै समस्या परेमा त्यसको समाधानको लागि तथा कालोबजारी, कृत्रिम अभाव सिर्जना गर्ने, जम्माखोरी जस्ता कार्यहरु गरी बजारमा आवश्यक उपभोग्य खाद्यवस्तुहरुको अभाव देखिएमा यस मन्त्रालयको कुनै पनि शुल्क नलाग्ने र २४ सै घण्टा उठ्ने Toll Free नम्बर ११४९ मा फोन गरी सहयोग गरिदिनु हुन अनुरोध छ ।

गृह मन्त्रालयकाे प्रेस विज्ञप्ति

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar