अलपत्र परेको जनतालाई उद्धार गरी घर पुर्‍याउन गृह मन्त्री ‘वादल’को निर्देशन

काठमाडौं:लकडाउन भएको वेला देशका विभिन्न ठाउँमा अलपत्र परेका जनता कामदारलाई उद्धार गरेर घरसम्म पुर्‍याउन गृह मन्त्री राम बहादुर थापा मगर ‘वादल’ले स्थानीय प्रशासन र सुरक्षाकर्मीलाई निर्देशन दिएको छ।

लकडाउनका कारण निर्माणको काम रोकिएको र कामदारहरु अलपत्र परेको जानकारी आएको भन्दै उनीहरुलाई आफ्नो घरसम्म पुर्‍याउने व्यवस्था गर्न गृहमन्त्रालयले निर्देशन दिएको हो।रुपन्देही, बाँके, लमजुङ, पर्वत, कास्की, स्याङ्जा, दैलेख, तेह्रथुम लगायतका जिल्लाबाट भने उद्धार भैसकेको गहृले जनाएको छ।

शुक्रबार गृहमन्त्रालयमा बसेको बैठकले खाद्य सामाग्रि ढुवानी गाडीलाई निर्वाद रुपमा सञ्चालन गर्न समेत अनुरोध गरेको छ।
स्थानीय तहहरुलाई आवश्यक समन्वय गरी बाधा अवरोध हटाउने र फोहोरमैला बिसर्जन गर्ने कार्यलाई नियमित गराउन गृहले भनेको छ।
सुरक्षा निकायका प्रमुखहरुसँग बैठक बसी मालबाहक सवारी साधनको आवागमनका विषयमा देखिएको द्विविधा अन्त्य गर्न औषधी, खाद्यवस्तु, पानी, दुध, फलफुल, तरकारी, पशुपंक्षी र माछाको दाना, कुखुराको चल्ला ढुवानी गर्ने र फर्केर जाने सवारी साधनलाई सुचारु गर्ने निर्णय भएको छ।
यस्ता सवारी साधनले यात्रु ओसारपसार गर्न नपाउने गरी कार्यन्वयन गर्न स्थानीय स्तरमा खटिएका सुरक्षाकर्मीलाई ड्युटीमा खटिनु भन्दा अगाडी नै दैनिक रुपमा जानकारी गराउन समेत निर्देशन दिइएको गहृ मन्त्रालयले जनाएको छ।
लकडाउनको सिलसिलामा केही सानातिना समस्याहरु देखिएका भएपनि शीघ्र समाधान गर्न मन्त्रालय लागिरहेको दाबी गरेको छ।विदेशबाट नेपालमा आएर देशका विभिन्न स्थानहरुमा अलपत्र परेका पर्यटकहरुलाई हवाई तथा स्थल सवारी साधनहरुबाट उद्धार गर्ने कार्य भइरहेको बताइएको छ।
मुस्ताङ, कास्की, सोलुखुम्बु लगायतका विभिन्न जिल्लाहरुमा अलपत्र परेका विदेशी पर्यटकहरुलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समन्वयमा हवाई तथा स्थल सवारी साधनहरु मार्फत बिहीबार उद्धार गरी ल्याउने कार्य भइरहेको र काठमाण्डौं ल्याइएका ३०७ जना विदेशी पर्यटकहरु जर्मन दूतावासले व्यवस्थापन व्यवस्थापन गरेको कतार एयरवेज मार्फत शुक्रबार फर्किएको गृह मन्त्रालयले जानकारी गराएको छ।

गृह मन्त्रालयको प्रेस​ विज्ञ​प्ती यस्तो छ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar