‘कोभिड -१९(कोरोना भाइरस)विरुद्धको युद्ध’ जितेको भन्दै चीनलाई अध्यक्ष प्रचण्डको बधाई!

काठमाडौं : कोभिड-१९ (कोरोना भाइरस) विरुद्धको युद्ध जित्न सफल भएको भन्दै चिनियाँ राष्ट्रपति सी जिनपिङलाई बधाई दिएका छन्।

चीनको हिवेई प्रान्तस्थित वुहान सहरबाट सुरु भएको कोरोना भइरसको प्रकोप विश्‍वका अन्य मुलुकमा महामारी बनिरहेको छ। चीनले आफ्नो सारा शक्ति लगाएर कोरोनाविरुद्धको युद्ध जितेको घोषणा गरिसकेको छ।

युरोप र अमेरिकामा कोरोना महामारी बनिरहँदा चीनले भने सफलतापूर्वक नियन्त्रण गर्न सकेको भन्दै पुर्बप्रधानमन्त्री एबम् नेकपा अध्यक्ष प्रचण्डले बधाई दिएका हुन्। चीनमा ८१ हजार मानिसमा संक्रमित भएका थिए। हिवेई प्रान्त र वुहान सहर पुरानै लयमा फर्किइसकेको अवस्थामा प्रचण्डले राष्ट्रपति सीलाई बधाई दिएका हुन्।

आफ्ना ३ हजार ३ सय नागरिक गुमाएको चीनले अन्तत: कोरोना भाइरसलाई नियन्त्रणमा लिएरै छाड्यो। विश्‍वका लागि कोरोना टाउको दुखाई बनिरहेका बेला चीनले हाँसिल गरेको विजयका लागि अध्यक्ष प्रचण्डले राष्ट्रपति सीलाई पत्र लेखेर बधाई दिएका हुन्।

प्रचण्डले सीलाई चिनियाँ कम्युनिष्ट पार्टीको महासचिव कारुपमा सम्बोधन गर्दै नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीच राम्रो सम्बन्ध रहेको उल्लेख गरेका छन्। विश्‍वव्यापी महामारी बनेको कोरोनाविरुद्धको लडाईंमा चीनले सफलता पाएकोमा प्रचण्डले चिनियाँ नेतृत्व र त्यहाँका जनतालाई बधाई दिएका प्रेस संयोजक विष्णु सापकोटाले बताए।

प्रचण्डले दुई दिनअघि पठाएको पत्रमा कोरोनाको सम्भावित जोखिम टार्न नेपालले पनि काम गरिरहेको स्मरण गराएका छन्। यो जोखिम कम गर्नका लागि चिनियाँ सरकार र जनताको सहयोगको अपेक्षा पनि उनले गरेका छन्।

कोरोना भाइरसलाई विश्‍व स्वास्थ्य संगठनले कोभिड-१९ नाम दिएको थियो । विश्‍वभर यो महामारीबाट अहिलेसम्म ३१ हजार मानिसको ज्यान गाइसकेको छ । सबैभन्दा धेरै इटाली र स्पेनमा ज्यान गुमाएका छन्।
कोभिड-१९ (कोरोना भाइरस) विरुद्धको युद्ध जित्न सफल भएको भन्दै पुर्बप्रधानमन्त्री एबम् नेकपा अध्यक्ष प्रचण्डले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई चिनियाँ कम्युनिष्ट पार्टीको महासचिव कारुपमा सम्बोधन बधाइ पत्र यस्तो छ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar