लकडाउनमा टेलिकमले ल्यायो डाटा र भ्वाइसमा छुटैछुटमा गजवको अफर

काठमाण्डौं: नेपाल टेलिकमले ग्राहकहरुको लागि विभिन्न छुट अफरहरु सार्वजनिक गरेको छ । कम्पनीले सरकारले निर्देशन दिए बमोजिम छुट अफरहरु सार्वजनिक गरेको हो ।
त्यस्तै टेलिकमले चैत्र २० देखि २६ गतेसम्म लागू हुने गरी जीएसएम सेवामा डाटा प्याक उपलव्ध गराउने निर्णय गरेको छ । सो अन्तर्गत पहिलो प्याकेजमा १ सय रुपैयामा १ जीबी डाटा खरिद गर्दा ३ जीबी बोनस स्वरुप प्राप्त हुने र प्राप्त हुने बोनस कम्पनीको फोरजी नेटवर्कमा ५ दिन भित्र खपत गर्न प्रयोग गर्नु पर्ने टेलिकमले जनाएको छ । दोस्रो प्याकेजमा २ सय रुपैयामा २ जीबी डाटा खरिद गर्दा ८ जीबी डाटा बोनस स्वरूप प्राप्त हुने र प्राप्त हुने बोनस कम्पनीको फोरजी नेटवर्कमा ७ दिन भित्र खपत गर्न प्रयोग गर्नु पर्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यसरी रू. १ सयमा बोनस सहित कुल ४ जीबी र रू. २ सयमा बोनस सहित कुल १० जीबी डाटा प्राप्त हुनेछ ।
यसैगरी कम्पनीकै नेटवर्क भित्र (On Net) भ्वाइस कल गर्न जीएसएम र सीडीएमए सेवामा हाल उपलव्ध भ्वाइस प्याक खरिद गर्दा चैत्र २० देखि २६ गतेसम्म लागू हुने गरी ५० प्रतिशत छुट उपलव्ध गराउने निर्णय गरेको छ । सो अन्तर्गत पहिलो प्याकेजमा ४० मिनेटको भ्वाइस प्याक एक दिनका लागि रु. २५ मा खरिद गर्दा २० मिनेट बोनस उपलब्ध हुने कम्पनीले जनाएको छ । यसैगरी दोस्रो प्याकेजमा १९० मिनेटको भ्वाइस प्याक सात दिनका लागि रु. १०० मा खरिद गर्दा ९५ मिनेट बोनस उपलब्ध हुनेछ । कम्पनीका अनुसार यसरी रु. २५ मा एक दिनका लागि बोनस सहित ६० मिनेट र रु १०० मा ७ दिनका लागि बोनस सहित २८५ मिनेटको भ्वाइस सेवा प्राप्त हुनेछ । यो *1415*10# बाट खरिद गर्न सकिने टेलिकमले जनाएको छ ।
यी बाहेक कम्पनीले ल्यान्डलाइन सेवाको महसुल ढिलो भुक्तानी भएमा आगामी बैशाख मसान्तसम्मको लागि मिनाहा गर्ने निर्णय गरेको छ । साथै, पूर्ण लकडाउनको अवधिमा कम्पनीका एडीएसएल र एफटीटीएच लगायत वाइम्याक्स सेवाका ग्राहकवर्गलाई सेवा निरन्तर उपलव्ध गर्न यस अवधिमा समयावधि सकिएका लाइनहरुको म्याद लकडाउन अबधिभरका लागि थप गर्ने निर्णय पनि टेलिकमले जनाएको छ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar