मा. उर्जा मन्त्री ‘अनन्त’ द्धारा रोल्पामा कोभिड-१९(कोरोना भाइरसको विरुद्धको स्वस्थ्य सामाग्री प्रदान


रोल्पा । माननिय ऊर्जा, जलस्रोत तथा सिचाई मन्त्री वर्षमान पुन मगर ‘अनन्त’ ज्युले रोल्पामा कोरोना विरुद्धको अभियानलाई सघाउ पुर्याउनका लागि व्यक्तिगत रुपमा स्वास्थ्य सामाग्री प्रदान गरेका छन् । शुक्रबार स्वास्थ्य सामाग्री प्रमुुख जिल्ला अधिकारी मार्फत सबै गाउँपालिकामा पठाई दिने गरी प्रदान गरेका हुन्। विश्वमै महामारी एवं संकटको अवस्थामा रोल्पा जिल्लामा सामग्रीको अभाव भइरहेको समयमा मन्त्री पुनमगरले व्यवस्था गरेका हुन् । उर्जामन्त्रीका स्वकीय सचिव सन्तोष पुन मगरले शुक्रबार जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीलाई हस्तातरण गरेका हुन् । रोल्पा जिल्लामा स्वास्थ्य सामाग्री खड्की रहेको बेलामा ४० सेट पि.पी.ए सेट, १० सेट इन्फाइरेटर थर्ममिटर १० सेट र ४ हजार वटा माक्स प्रदान गरेका हुन् ।  यो रोल्पाका स्थानीयतहका लागि निकै राहत हुने भएको छ। मन्त्री अनन्तले रोल्पा जिल्लामा उपचार गर्ने स्वास्थ्यकर्मीहरुका लागि सामाग्री नै नभएपछि आफूले पहल गरेर नै पठाइ दिएको बताए । उनले आफूले रोल्पा जिल्लामा हुन सक्ने सम्भावति घटनालाई मध्यनजर गर्दै अझै अन्य सामाग्रीहरुको व्यवस्था पनि गर्ने प्रतिवद्धता जननएमन छन् । हस्तातरण गर्दै स्वकीय सचिव सन्तोष पुन मगरले मन्त्रीको पहलमा नै आफूले कठीन अवस्थामा सामानको जोहो गरेर लिएको त्यसलाई रोल्पा जिल्लाका स्वास्थ्यकर्मीले प्रयोग गरेर आम रोल्पालीलाई खतरामुक्त गर्नका लागि अनुरोध गरे । यस्तै प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले  मन्त्री वर्षमान पुनमगर’अनन्त ले जिल्लालाई प्रदान गर्नुभएकोमा धन्यवाद दिर्दै आगामी दिनमा पनि सहयोग गर्नुहुने विश्वावस व्यक्त गरे । साथै सो सामग्रीहरु तत्काल स्थनीय निकायमा पठाउने गरीसमेत व्यवस्था गरिएको बताए । प्रमुख जिल्ला अधिकारी ढकालले प्रत्येक स्थानीयतहलाई १ वटा इन्फाइरेटर थर्ममिटर, ४ सेट पि।पी।ए। सेट र माक्स आवश्यकताका आधारमा पठाई दिने गरी व्यवस्था गरिएको बताए । यस्तै जिल्ला अस्पतालमा भने उपचारमा खटिने स्वास्थ्यकर्मीहरुका लागि स्वास्थ्य सामाग्री नै अभाव भएको प्रमुख डा. धनमायाँ घर्तीमगरले बताए । 

फोटो साभार:स्वकीय सचिव सन्तोष पुन मगर वाट

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar