मगर जातिहरुको संस्थाले ५ लाख ५० हजार रुपैया कोरोना भाइरस नियन्त्रण प्रदेश विपद व्यवस्थापन कोषमा सहयोग


सुर्खेत । विश्वभरी नै आतंककारीरुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) को महामारीको रोकथाम तथा नियन्त्रणकाले कर्णाली प्रदेश सरकारले स्थापना गरेको प्रदेश विपद व्यवस्थापन कोषमा मगर जातिहरुको संस्थाले ५ लाख ५० हजार रुपैया रकम जम्मा गरेको गरेको जानकरी नेपाल मगर सघ जिल्ला समन्वय समितीको कोषाध्यक्ष झक्कड पुलामी मगरले मगरात नेपाल डटकमलाइ जानकारी दिनुभएको छ ।

मगर संघ सुर्खेतकाे पहल र अगुवाई र मगर जातिकाे नेतृत्व संचालित संघ संस्थाहरुले काेभिड-19 काे राेकथाम, नियन्त्रण र उपचारमा सहयाेग पुर्याउने उदेश्यले कर्णाली प्रदेश सरकारले स्थापना गरेको प्रदेश विपद व्यवस्थापन कोषमा सिद्धार्थ वहुउघेश्यीय सहकारी संस्था लि. सुर्खेतले रु.२ लाख, नेपाल मगर संघ जिल्ला समन्वय समिति सुर्खेतले रु.२ लाख, सिद्धार्थ संचार सहकारी संस्था लि. र सुनगाभा टेलिभिजन सुर्खेतले रु.७५ हजार, लगनशील महिला लघुउद्यमी सहकारी संस्था सुर्खेतले रु.५० हजार र सिद्धार्थ नेशनल एकेडेमिले रु.२५ हजार गरि जम्मा रु ५ लाख ५० हजार सहयाेग रकम उपलव्ध गराईएकाेे छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा माननीय मुख्यमन्त्री महेन्द्र बहादुर शाही ज्यूको समुपस्थितिमा सिद्धार्थ वहुउघेश्यीय सहकारी संस्था सुर्खेत, नेपाल मगर संघ जिल्ला समन्वय समिति सुर्खेत, सिद्धार्थ संचार सहकारी संस्था (सुनगाभा टेलिभिजन) सुर्खेत, लगनशिल महिला लघुउद्यमी सहकारी संस्था सुर्खेत र सिद्धार्थ नेशनल एकेडेमि सुर्खेतको तर्फवाट सिद्धार्थ संचार सहकारी संस्था (सुनगाभा टेलिभिजन) सुर्खेतका सचिव ललित गाहाज्यूले सहयोग रकमको चेक प्रदेश सरकारका माननीय कानुन तथा अान्तरिक मामिला मन्त्री नरेश भण्डारी ज्यु लाई हस्तान्तरण गर्नुभयो । साे क्रममा जिम्मेवार मन्त्री नरेश भण्डारी ज्युले संस्था र ती संस्थामा अावद्ध मनकारी ब्यक्तित्वरूप्रती कर्णाली प्रदेश सरकारकाे तर्फबाट उच्च सम्मान प्रकट गर्नु भएकाे थियाे र प्राप्त सहयाेग लक्षित पीडितहरूकाे हितमा पुर्ण सदुपयाेग हुने प्रतिवद्धता व्यक्त गर्नु भएकाे थियाे ।
यसैवीच कोषमा सिटिजन्स बैंकको तर्फवाट शाखा प्रवन्धक प्रकाश महत ले ७ लाख रुपैयाको चेक आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीलाई हस्तान्तरण गर्नुभयो ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar