कोरोना कविता :- गृहउपसचिव:नरेन्द्र राना मगर

तिमी आयौ
कसैलाई नसोधी
अलिकति पनि
लाज र धक नमानी
न धनी न गरिब
कुनै भेदभाव नगरी
न सहर न गाउॅं
कुनै ठाउॅं नछाडी
तिमी आयौ कसरी ?

न रोक्यो समुन्द्रले
न रोक्यो जात धर्मले
न औषधि मूलो
न भयंकर डरलाग्दो ठूलो
न दृष्यवान
न केही समाधान
तर पनि
छ भन्छन्
लाखौं निस्लोट छन्
हजारौं प्राणान्त छन्
हे भगवान्
हे ईश्वर
हे ईसा मसिह
हे अल्लाह
हे तथागत
के हो यो ?
न ज्ञान भो
न ध्यान भो
निरुपाय
बस्
हेरी बस्नुपर्ने भो
सन्त्रासमा
कठै, यो मानुष बाॅंच्नुपर्ने भो !

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar