मगर संघले आफन्त नभएका आर्थिक अबस्था नाजुक,असाहय ,अलपत्र पेरकालाइ आर्थिक,नैतिक,भौतिक सहयोग गर्न अपिल

काठमाण्डौं: लकडाउन घोषणा हुनु अगावै आफ्नो विभिन्न काम बिशेषले काठमाण्डौ लगायतका विभिन्न स्थानहरुमा आउनु भै सो स्थानमा आफन्त नभएका र आर्थिक अबस्था नाजुक हुनु भएकाहरु विभिन्न असाहय व्यक्तिहरु अलपत्र परेको भने सूचना नेपाल मगर संघ केन्द्रिय कार्यालयमा आएको हुनाले उहाहरुको यथोचित ब्यबस्थापन गरि स्थिति सहज भै सके पश्चात आ-आफ्नो घरमा पठाउन आवश्यक पहल गर्ने योजना गरिएकोहुनाले स्विच्छिक रुपले आर्थिक/नैतिक/भौतिक सहयोग गर्नु भै मानवीयता प्रस्तुत गरिदिुनुहुन अनुरोध गर्नुभएको छ।
अपिल पत्रमा भनिएको छ,विश्वब्यपि महामारीको रुपमा फैलिरहेको कोरना भाइरस (COVID-19) बाट नेपाल र नेपाली जनता पनि अछुतोरहेनन् । उक्त महामारीको रोकथाम नियन्त्रण ब्यबस्थापन सहित कोरनाको प्रतिरोधात्मक कार्यका लागि भनेर नेपाल सरकारले लकडाउन गरिरहेको छ जो अत्यान्तै श्राहनीय कार्य हो । कोराना संक्रमण र यसको जोखिमबाट नागरिकहरु आक्रान्त भैरहेका छन् यद्यपि उनीहरु सबै सरकार ले घोषणा गरेको लकडाउनलाई पालना गरि आ-आफ्नो घर मै बसिरहेका छन् ।
साथै लकडाउन अबधि भर घर भित्रै बस्ने, साबुन पानीले मिचिमिची हात धुने, माक्स लगाउने, भेटघाट हुदा हात नमिलाई नमस्कार (झोर्ले/जेधो/सिमेपउ) गर्ने, अनाबश्यक बाहिर हिडडुल नगर्ने आदि कार्य गर्नु गराउनु हुन् समेत सबैमा आव्हान गर्नुभएको छ।
नेपाल मगर संघ केन्द्रिय समतिको हार्दिक अपिल पत्र यस्तो छ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar