राखेपाद्धारा कोरोना विरुद्ध नियन्त्रण कोषमा ३२ लाख २६ हजार २ सय ३८ रुपैयाँ ६३ पैसा जम्मा

काठमाडौं-राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले सरकारले कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि स्थापना गरेको कोषमा ३२ लाख २६ हजार २ सय ३८ रुपैयाँ ६३ पैसा जम्मा गरेको छ ।
नेपालमा कोरोना भाइरसको सम्भावित जोखिम नियन्त्रणका लािग राखेपले उक्त रकम सहयोग गरेको जनाएको छ । राखेपका पदाधिकारी र कर्मचारीको चैत महिनाको केही प्रतिशत तलब कट्टा गरी उक्त रकम कोषमा जम्मा गरिएको राखेपअन्तर्गत प्रशासन विभागका प्रमुख एवं प्रवक्ता कुलबहादुर थापाले जनाएका छन् ।
नेपाल सरकारको निर्णयानुसार राहत कोषमा रकम जम्मा गरिएको थापाले जानकारी दिए ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar