बनेपा । काभ्रेमा र्यापिड टेष्टका क्रममा दुईजनामा कोरोना भाइरस(कोभिड-१९)संक्रमणको आशंका गरिएको छ । बेथान्चोक गाउँपालिका र मण्डनदेउपुर नगरपालिकाका एक-एक जनामा र्यापिड टेष्टका क्रममा कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको स्थानीय स्वास्थ्य अधिकारीले बताएका छन् ।
गाउँपालिका वडा नम्बर ५ का २८ वर्षीय युवक र मण्डन देउपुर नगरपालिमा वडा नम्बर–३ नयाँ गाउँका २३ वर्षीय युवकलाई आइसोलेसनमा राखिएको छ ।
दुवैजनाको स्वाब थप परीक्षणका लागि धुलिखेल अस्पतालमा पठाइएको छ। बेथाञ्चोकका युवक ९ चैतमा भारतबाट र मण्डनदेउपुरका युवा ७ चैतमा दुबईबाट आएका धुलिखेल अस्पताल स्रोतले जनाएको छ ।