विश्वभरका मगर लगायतका सम्पुर्ण मानव समुदायलाइ लकडाउन पालना गर्न हार्दिक अपिल:अन्तर्राष्ट्रिय मगर महासंघ

काठमाण्डौ: अन्तर्राष्ट्रिय मगर महासंघ (International Magar Federation)ले प्रेस विज्ञप्ति सहित विश्वको साझा महान अभियानमा कुनै तनाव विना लकडाउन प्रक्रियालाइ अनुशासित ढङ्गले पालना गर्न विश्वभरका मगर लगायतका सम्पुर्ण मानव समुदायलाइ हार्दिक अपिल गर्नुभएको छ।
अन्तर्राष्ट्रिय मगर महासंघ (International Magar Federation)केन्द्रीय कार्यालय काठमाण्डौ,नेपालवाट प्रेस विज्ञप्ति जारि गर्दै अध्यक्ष नविन रोका मगर र महासचिव विरमान घर्ति मगरको हस्ताक्षरमा भन्नुभएको छ, मानव जातिको अस्तित्व माथी नै दावा वोल्दै संसार भर महामारिको रुपमा तिव्र ढङ्गले फैलिरहेको कोरोना भाइरस(कोभिड-१९) ले सङ्क्रमणका कारण लाखौको ज्यान जाने गरि लाखौ मानिस सङ्क्रमित हुने प्रक्रिया जारि छ।मृतकहरुप्रति हार्दिक श्रद्धानञ्जली व्यक्त गर्दै संक्रमितहरुलाई स्वास्थ्य लाभको कामना सहित शोकाकुल परिवारजनमा गहिरो संवेदना गर्नुभएको छ।
अन्तर्राष्ट्रिय मगर महासंघ International Magar Federation अध्यक्ष नविन रोका मगरले भन्नुभएको छ,कोरोना भाइरस, निकै चुनौति पुर्ण रहेको कुरो विश्व स्वास्थ्य सङ्गठन( WHO) ले समेत सवै राष्ट्रहरुलाइ सचेत गराउदै गर्दा संसारभरी छरियर रहेका मगर जातिका अधिकारमुखि सामाजिक सङ्गठनहरु आ-आफ्नो देशको मगर संघका हरेक तहका च्यानल मार्फत कोरोना भाइरस पिडित र लकडाउनको कारणले पिडित हरेक मानव समुदायलाइ आफुसुरक्षित रहेर सहयोग र उद्धार गर्ने साथै संवन्धित देशका सरकारी निकायका अधिकारिहरु सँग सम्पर्क समन्वय गरेर कोरोनाको विरुद्धमा नियमित निर्णायक लडाइ लडेर विजय प्राप्त गर्ने विश्वको साझा महान अभियानमा कुनै तनाव विना लकडाउन प्रक्रियालाइ अनुशासित ढङ्गले पालना गर्न आत्म विश्वास र वलियो मनोवलका साथ लगाडि वढ्न विश्वभरका मगर लगायतका सम्पुर्ण मानव समुदायलाइ हार्दिक अपिल गर्दछौँ भन्नुभएको छ। मानव विरोधि कोरोना भाइरस नामक (कोभिड-१९)वाट आफु पनि वचौं, अरुलाइ पनि वचाऔं। मगर संसार ग्रुपमा दुइलाख १० मगर परिवार प्रत्यक्ष लाइभमा उपस्थित भइ अपिल गर्नुभएको थियो।

अन्तर्राष्ट्रिय मगर महासंघ (International Magar Federation)प्रेस विज्ञप्ति यस्तो छ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar