माननिय गृहमन्त्री रामबहादुर थापा मगर’वादल’को कडा निर्देशन पछी, दशहजार सशस्त्र प्रहरी भारतिय सिमा क्षेत्रमा थप कडाइ!


काठमाडौं । माननिय गृहमन्त्री रामबहादुर थापा मगर’वादल’को निर्देशन पछी दशहजार भन्दा बढी थप सशस्त्र प्रहरी भारतिय सिमा क्षेत्रमा खाटाएर सो क्षेत्र कढा बनाएको छ।छिमेकी देश भारतमा कोरोनाभाइरस दिनप्रतिदिन फैलदैं गएको छ । नेपालमा त्यसको असर प्रत्यक्ष पर्ने भएकाले सीमा क्षेत्रमा बस्ने जनता निकै आत्तिएका छन्। सीमा क्षेत्रलाई थप कडाइ गर्ने माग भइरहेको छ। 

माननिय गृहमन्त्री रामबहादुर थापा मगर ‘वादल’ले पहल लिएर भारतको सीमा क्षेत्रमा सशस्त्र प्रहरीलाई थप सुदृढ गर्न संख्या थप गर्न लगाएको सशस्त्र प्रहरी कार्यालयको मुख्यालयले बताएको छ । 

भीआईपीसहित विभिन्न ठाउँमा पठाएका प्रहरीलाई कटौतीी गरेर सीमासहित समवेदनशील क्षेत्रमा खटाउन गृहमन्त्री वादलको निर्देशन वमोजिम आठ हजारभन्दा बढी सशस्त्र प्रहरी सीमा क्षेत्रमा खटाइएको छ। 

जसमा प्रदेश १ मा खटाउनका लागि मख्यालयले बराह वाहिनी मुख्यालय सुनसरीमा एक हजार पाँच सय ४९, प्रदेश दुईको छिन्नमस्ता वाहिनी मुख्यालय महोत्तरीमा तीन हजार दुई सय ६२, प्रदेश पाँचको विन्ध्यावासिनी बाहिनी मुख्यालय, रुपन्देहीमा दुई हजार चार सय २०, सुदूरपश्चिम प्रदेशको  वैद्यनाथ वाहिनी मुख्यालय कैलालीमा एक हजार एक सय १५ जना खटाइएको छ ।

यस्तै वाग्मती  प्रदेश र गण्डकी  प्रदेशमा क्रमशः १९ र १८ मात्र खटाइएको छ । यसरी जम्मा आठ हजार आठ सय ८३ जना थप सशस्त्र प्रहरी कोरोनाका विरुद्ध सीमा र समवेदशील क्षेत्रमा खटाइएको सशस्त्रको प्रधान कार्यालयले झिल्कोलाई वतायो । 
माननिय गृहमन्त्री रामबहादुर थापा मगर’वादल’ले केही दिनअघि मात्रै पहाडी र हिमाली क्षेत्रमा तैनाथ दुवै सुरक्षा निकायलाई भरतीय सीमा नाकातर्फ केन्द्रित हुने गरी सुरक्षा रणनीति बनाउन कडा निर्देशन दिएका थिए। त्यसपछि दुवै निकायले प्रदेश/वाहिनी, गण/गुल्मलगायतबाट जनशक्ति झिकेर भारतीय सीमातर्फ थप जनशक्ति खटाएका हुन्।

मचानबाट निगरानी गर्दै शसस्त्र पहरी

भारतबाट आवागमन रोक्न बाहुनडाँगी क्षेत्रका आधा दर्जन टुङ (मचान) मा बसेर सुरक्षाकर्मीले निगरानी गरिरहेका छन्। झापाका वैकल्पिक नाकाबाट अवैध आवागमनसँगै कोरोनाको जोखिम बढेको भन्दै थप सुरक्षाकर्मी खटाइएको छ। सीमावर्ती भारतीय पश्चिम बंगाल राज्यमा समेत कोरोनाको संक्रमण फैलँदो छ। मुख्य नाका बन्द हुँदा अवैध बाटो हुँदै पारिबाट आउने क्रम नरोकिएपछि पोस्ट खडा गरिएको मेचीनगरका नगरप्रमुख विमल आचार्यले बताए।

इलामको सीमावर्ती क्षेत्र तिरिडदेखि गौरीगन्जसम्मको एक सय ४४ किलोमिटर क्षेत्रमा पोस्ट राखिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी कृष्ण कोइरालाले जानकारी दिए। उनका अनुसार भीरदेखि हात्ती धपाउने मचानसम्म सुरक्षा पोस्ट राखिएको छ। तर स्रोतसाधनबिनै खडा गरिएका क्याम्पमा प्रहरी आफैं असुरक्षित देखिन्छन्।

झापा बाहुनडाँगीको तिरिडनजिकै दूधे चौरी क्षेत्रको भीरमा त्रिपाल टाँगेर पोस्ट राखिएको छ। मंगलबार स्थानीयवासीले प्रहरीलाई सुत्ने खाटको व्यवस्था मिलाएका थिए। मंगलबार अनुगमनमा गएका मेची नगरप्रमुख आचार्यले भने, ‘आज गाउँतिरै गएर खानू, भोलिदेखि यतै पकाउने व्यवस्था मिलाउँछौं।’

गाउँबाट निकै टाढा जंगल र भीरमा भएका क्याम्पमा पिउने पानीसम्म पाउन सक्ने अवस्था छैन। क्याम्पमा जुनियर अधिकृतको कमान्डमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका सात जवानलाई खटाइएको छ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar