नेपाल मगर संघ एवम् अन्तर्राष्ट्रिय मगर महासंघको अध्यक्ष नविन रोका मगरको निर्देशनमा राहत वितरण सम्पन्न


काठमाण्डौं:नेपाल मगर संघ केन्द्रिय समतीको अध्यक्ष एवम् अन्तर्राष्ट्रिय मगर महासंघको अध्यक्ष नविन रोका मगरको निर्देशनमा राहत वितरण समस्यामा परेका मगर तथा गैह्र मगर विद्यार्थी वा केही मजदुर सहित ५५ जनालाई दिनुभएको छ।
नेपाल मगर संघ केन्द्रीय समितिको पहलकदमी र व्यवस्थापनमा संघद्धारा गठित कोरोना भाइरस उद्धार समितिका संयोजक तथा नेपाल मगर युवा संघका केन्द्रीय अध्यक्ष जय प्रकाश वुढा मगर र नेपाल मगर संघका केन्द्रीय विभागका सदस्य वा उक्त समितिका सदस्य सचिव तथा माननीय गृहमन्त्री मन्त्री ज्यूको सचिवालय सदस्य राजु राना मगर द्धारा त्रिभुवन विश्व विधालय किर्तीपुरमा अध्ययनरत लकडाउनका कारणले समस्यामा परेका मगर तथा गैह्र मगर विद्यार्थी वा केही मजदुर सहित ५५ जनालाई मगर युवा अभियन्ता विवेक घर्ती मगरको संयोजनमा किर्तिपुरमा प्रत्येक व्यक्ति १० के.जी चामल, खाने तेल, सोयावीन, नुन, सावुन, दाल उपलव्ध गरिएको छ।
अन्तर्राष्ट्रिय मगर महासंघको अध्यक्ष, नेपाल मगर संघ केन्द्रिय समती अध्यक्ष एबम् आदिवासी जनजाती महासंघको प्रवक्ता नविन रोका मगरले उक्त सहयोग गर्न मद्दत गर्नुहुने सबैलाई हार्दिक आभार सहित धन्यवाद दिनुभएको छ भने कोरोनावाट बचौं र बाचौं साथै विपत्तिमा परेकालाई सकेको सहयोग गरौं सबैमा अनुरोध सहित अपिल गर्नुभएको छ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar