प्रधानमन्त्री कार्यलयमा उच्च स्तरिय समितीको वैठक २ वजे वस्दै

काठमाण्डौ:प्रधानमन्त्री कार्यलयमा उच्च स्तरिय समितीको वैठक २ वजे वस्दै छ,आजको बैठकमा लकडाउनका कारण समस्यामा परेका मजदूरहरूको बारेमा समेत छलफल हुने बताइएको छ।

काम गरिरहेको ठाउँमा ठेकेदारले निकालिदिएपछि मजदूरहरू पैदलै हिँडेर लामो यात्रामा निस्किएका छन्।

काठमाडौंमा समस्यामा परेकालाई घर फर्किनका लागि यसअघि दुई दिन समय दिने भनिए पनि सरकार पछि हटेको थियो। स्थानीय सरकारले आफ्ना क्षेत्रमा आउन नदिने भनेपछि सरकारले निर्णय गर्न नसकेको हो।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar