युएई:नेपाल मगर संघ शाखा युएई परिवारको तर्फ बाट २५० किलो बराबरको खाद्यान्न सामग्रीहरु युएईमा वस्ने नेपालीलाइ सहयोग गरिएको जानकारी एमबी मगर र नेपाल मगर संघ शाखा युएई अध्यक्ष शिला राना मगरले मगरात नेपाल डटकमलाइ जानकारी दिनुभएको छ। बिश्व व्यापीरुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) ले गर्दा थुप्रै नेपालीहरु जब लेस बस्नु परेको जानकारी दिनुभएको छ। युएईमा वस्ने नेपाली खाना न पाएर भुख भुखै बस्नु परेको खबर पाएपछी युएई सरकारबाट स्वीकृति लियेर NRNA युएई टीमको पहलम volunteer हरु खट्नुभएको जाकरि दिनुभएको छ।उहाले भन्नुभयो जुन ठाउम खाने समस्या त्यो ठाउमा खाने सामाग्री पुराउने देखि नेपालीहरुको अवस्था बुझदै यश मानवीय कार्यमा जुटनु हुने सहयोगी हाथहरु पासाङ शेर्पा, मनोज गोर्खाली ,प्रकाश कोइराला, मनदन अधिकारी ,नेपाल मगर संघ शाखा युएई का निवर्तमान अध्यक्ष श्री टङ्क थापा मगर, र समाजिक अभियन्ता सुनिता राना थापा मगरहरुको टिम यश बिकट घडीमा सबैले हाथमा हाथ साथमा साथ मिलाये दुखमा परेको हाम्रो नेपाली चेलीबेटी,दाजुभाई आमाबुवाहरुलाई उद्धार गरी सानो ठूलो जति भए पनि सहयोग गर्नुभएको छ उहाहरुलाइ धन्यवाद,सामाजिक अभियन्ता यो महान कामलाई हौसला दिनुपर्छ। हिजोको दिन मानवीय काम गर्दै नेपाल मगर संघ शाखा युएई परिवारको तर्फ बाट २५० किलो बराबरको खाद्यान्न सामग्रीहरु NRNA युएई टीमलाई हस्तान्तरण पनि गरिदिनुभएको छ।NRNA र नेपाल मगर संघ युएईकाे पहल (नेपाल मगर संघ शाखा युएई अध्यक्ष शिला राना मगरको नेत्रित्वको टिम) अनि मगर संघ युएईकाे निवर्तमान अध्यक्ष रुपन्देही सेवा समाजकाे बरिस्ठ उपाध्यक्ष साथ जनजाति महासंघ संरक्षक समितिकाे सदस्य टंक थापा मगरको सकृयतामा दिनरात राहात हस्तान्तरण गरिएको जानकारी एमबी मगर र नेपाल मगर संघ शाखा युएई अध्यक्ष शिला राना मगरले मगरात नेपाल डटकमलाइ जानकारी दिनुभएको हो।
नेपाल मगर संघ शाखा युएई परिवारको तर्फ बाट २५० किलो बराबरको खाद्यान्न सामग्रीहरु NRNA युएई टीमलाई हस्तान्तरण फोटो फिचर