‘मैले मान्छेलाई चेतना होस् भनेर बोल्ने हो। प्राविधिक कुरामा मात्र बोलेको हुँ :सरूवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुन मगर


कठमाण्डौं: ‘अनावश्यक कुरा बोलेको छैन, जस्तोसुकै प्रश्नको सामना गर्न तयार छु’मलाइ पहिल्यैदेखि मन्त्रालयले मलाई लक्षित गरिरहेको थियो। ढुक्क छु पत्र मलाई नै आएको हो।’सरूवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुन मगर
अस्पतालका प्रशासन शाखा प्रमुख रूपनारायण खतिवडाले मन्त्रालयबाट पत्र आएको भए पनि आफूले पत्र खोलेर हेर्न नपाएको बताए।उनले भने, ‘पत्र हिजो साँझ आएको रैछ। म बाहिर थिएँ। अब भोलि पत्र खोलेर हेरेपछि व्यहोरा थाहा हुन्छ।’

उनले पत्र नहेरी अहिले नै केही भन्न नसकिने जनाए।टेकु अस्पतालकै एक अधिकारीका अनुसार उक्त पत्र अस्पतालका सरूवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनमगरकै नाममा आएको हो। सोबारे त्यहाँ अनौपचारिक कुराकानी समेत भइसकेको छ।
पछिल्लो समय कोरोनाको विषयलाई लिएर अनावश्यक रूपमा सञ्चार माध्यममा बोलेको भन्दै अस्पतालका सरूवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनसँग मन्त्रालय रूष्ट छ। डा.पुनले पत्र आफ्नै नाममा आएको बताउँदै मगरात नेपाल डटकमसँग भने, ‘पहिल्यैदेखि मन्त्रालयले मलाई लक्षित गरिरहेको थियो। ढुक्क छु पत्र मलाई नै आएको हो।’
उनले आफूले मानिसमा चेतना जगाएको कुरा मन्त्रालयका केही व्यक्तिले नसहेको बताए।‘कुरा स्पष्ट छ। म अगाडि देखिएको कुरा केहीलाई मन परेन,’उनले भने।पुनले आफू मन्त्रालयलाई स्पष्टिकरण दिन तयार रहेको जनाए।उनले आफूले अनावश्यक कुरा नबोलेको भन्दै जस्तोसुकै प्रश्नको पनि सामना गर्ने बताए।

‘मैले मान्छेलाई चेतना होस् भनेर बोल्ने हो। प्राविधिक कुरामा मात्र बोलेको हुँ’उनले भने, ‘त्यस्तो हो भने भोलिदेखि मुटु, किड्नी सबैको विशेषज्ञलाई बोल्न रोक्नुपर्‍यो।’उनले बाँकी कुरा मन्त्रालयमा गएपछि थाहा हुने बताए।‘पत्र आएपछि जानुपर्छ। अब भोलि गएपछि बाँकी कुरा थाहा हुन्छ,’अस्पतालका सरूवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुन मगरले भने।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar