विद्युत महसुल जेष्ठ ७ गते सम्म तिर्दा जरिवाना नलगाउन ऊर्जा, जलस्रोत तथा सिचाई मन्त्री वर्षमान पुन मगर ‘अनन्त’को निर्देशन


काठमाण्डौ: उर्जा, जलस्रोत तथा सिचाई मन्त्री वर्षमान पुन मगर ‘अनन्त’ले आगामी जेठ ७ गतेसम्म विद्युत् महसुल तिर्दा जरिवाना नलागाउन निर्देशन दिएका छन्।

लकडाउनका कारण विद्युत् महसुल तिर्ने विषयलाई लिएर आम उपभोक्ताहरुमा अन्यौल सिर्जना भएपछि मन्त्री पुनले जेठ ७ गतेसम्म महसुल तिर्दा जरिवाना नलाग्ने प्रस्ट पारेका हुन्।
उनले यस विषयमा विद्युत् प्राधिकरण निर्णय गरी सम्बन्धित निकायलाई निर्देशन समेत दिइसकेको समेत बताए।

‘विद्युत् महसुलका विषयमा सार्वजनिक चासो र चर्चा देखियो। जेठ ७ गतेसम्म विद्युत् महसुल तिर्दा जरिवाना लाग्दैन’, मन्त्री पुनले शनिबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘यसबारे निर्णय र निर्देशन भइसकेको छ।’

मन्त्री पुनले जेठ ७ गतेसम्म महसुल बुझाउँदा जरिवाना नलाग्ने भए पनि अनलाइनबाट तिर्न सक्नेहरुलाई त्यअघि नै तिरेर प्राधिकरणको वित्तीय जोखिम न्युनीकरणमा सहयोग गर्नका लागि अनुरोध समेत गरेका छन्।अनलाईनबाट तिर्न सक्नेले महसुल तिरेर प्राधिकरणको वित्तीय जोखिम न्यूनीकरणमा सहयोग गर्नका लागि सबैमा अनुरोध गर्दछ’, मन्त्री पुनले लेखेका छन्।

कोरोना भाइरस (कोभिड) १९ को संभावित संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत चैत ११ गतेबाट मुलुकभर लकडाउन लाइएको छ। तेस्रोपटक यसको अवधि थप गर्दै वैशाख १५ गतेसम्म पुर्‍याएको छ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar