पैसा छर्ने महिलालाइ कोरोना सक्रमणको आशंका:र्‍यापिड टेस्टमा पोजेटिभ

जनकपुरधाम । पैसा छरेर चर्चामा आएकी नन्द भाउजुमध्ये एक जनामा कोरोना संक्रमणको आशंका गरिएको छ । शुक्रबार जनकपुरधाम उपमहानगरपालिका ६ स्थित महाबीर चोकमा १० रुपैयाँको झण्डै १५ वटा नोट छरेर चर्चामा आएकी महिलालाई शनिबार र्‍यापिड टेस्ट रिर्पोटमा पोजेटिभ देखाएको छ ।

दुबैलाई पक्राउ गरेर जनकपुर प्रादेशिक अस्पतालमा परीक्षण गर्दा कोरोना संक्रमणको आंशका जन्माउने र्‍यापिड टेस्टमा पोजेटिभ देखाएको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिएका छन ।

र्‍यापिड टेस्टमा पोजेटिभ देखाएकी महिलाको पिसिआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ र उनीहरुलाई आइसोलेसन बेडमा सुरक्षितसाथ राखिएको प्रजिअ निरौलाले बताए ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar